Sunday 17 Baishak, 2074 |
Menu

प्रवास

istl

प्रधानमन्त्रीको चीन भ्रमण नभएसम्म राजदूत मास्केको कार्यकाल थप

(0 votes)
काठमाठौं– सरकारले अबको सात दिनभित्र आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सामान्य प्रशासन मन्त्री रेखा शर्माले नागरिकन्यूजलाई बताएकी छन्।


त्यस्तै, अबको १० दिनभित्रमा भूकम्पपीडितलाई जाडो छल्ने न्यानो कपडा किन्न दिने भनिएको १० हजार रुपैयाँ पीडितको हातमा पु¥याइ सक्न गृह मन्त्रालय तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

त्यसैगरी, प्रधानमन्त्रीको चीन भ्रमण नभएसम्मका लागि चीनका लागि नेपाली राजदूत महेश मास्केको कार्यकाल चार महिना थप गर्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया