15 Ashwin, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

कोरियामा एक नेपालीद्वारा आत्महत्या

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • अशोक मैनाली
  • Be the first to comment!
(0 votes)

 दक्षिण कोरिया – कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन्। इपिएसमार्फत आएका गुल्मी हर्दीनेटा-६ का अर्जुन पन्तले झुन्डिएर आत्महत्या गरेका हुन्। गुल्मी सम्पर्क समिती कोरियाका अध्यक्ष शंकर रानाका अनुसार उनी थेगुस्रथित मिहोङ सान्नप कपडा कम्पनीमा कार्यरत थिए।

nepali-patro-june
पन्तले घर जाने तयारी गरेको कुरा केही समयअघि  अध्यक्ष रानालाई बताएका थिए। नेपाल फर्किने कुरा गरिरहेका पन्त गएराति १ बजे आफू कार्यरत कम्पनीको गाडी पार्किङ गर्ने ठाउँमा सल(खादा )ले झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्। एक वर्षअघि इपिएसमार्फत् कोरिया आएका २३ वर्षीय पन्त थेगुस्थित मिहोङ सान्नप कपडा कम्पनीमा कार्यरत थिए।

आगामी शुक्रवार घर जाने बताउँदै आएको उनका सहकर्मीले बताए। रात्रीकालीन र दिवाकालिन कार्य हुने सो कम्पनीमा ३ जना नेपाली कार्यरत छन्। उनी सँगै कार्यरत साथीहरूका अनुसार उनको छातीसम्बन्धी समस्या रहेको थियो। अहिले अर्जुनको शवलाई प्रहरीले नियन्त्रणमा लिएर उनका सह्कर्मी र कम्पनी मालिकसँग स्पष्टिकरण लिइरहेको सोलस्थित नेपाली दूताबासले जानकारी दियो।

केही अघी मात्र मोरङका केवल लिम्बूले कोरियाकै बुसानमा आफैलाई छुरीले हानी आत्मत्याको प्रयास गरेका थिए।

प्रतिक्रिया