×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 8 Falgun, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

पाण्डे अमेरिकाका लागि पर्यटन दूत

(0 votes)

सानफ्रान्सिस्को – नेपाल पर्यटन बोर्डले सानफ्रान्सिस्कोमा रहेर विभिन्न व्यवसाय गर्दै आएका अनिल पाण्डेलाई अवैतनिक पर्यटन दूतका रुपमा प्रतिनिधि नियुक्त गरेको छ।
नेपालमा अमेरिकी पर्यटक बढाउनको लागि आवश्यक भूमिका सहित पाण्डेलाई नियुक्त गरिएको पर्यटन बोर्डले जनाएको छ। उनलाई दुई वर्षका लागि नियुक्त गरिएको हो।

nepali-patro-june

झण्डै दुई दशकदेखि क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा रहेर व्यबसाय गर्दै आएका पाण्डेले बोर्डको निर्णयअनुसार अमेरिकी पर्यटक बढाउन नेपाली संघसंस्थाहरुको सहयोग लिएर नेपालको बारेमा प्रचार प्रसार कार्यक्रम गर्ने बताएका छन्।

पाण्डेको सक्रियतामा गत वर्ष सरकारले मनाएको नेपाल पर्यटन बर्ष–२०११ को लागि सानफ्रान्सिस्कोमा बिभिन्न प्रचारात्मक कार्यक्रम राखिएको थियो।

सन् २०१२ मा झण्डै ४२ हजार अमेरिकीले नेपाल भ्रमण गरेका थिए। अघिल्लो बर्षभन्दा यो संख्या सात प्रतिशतले बढी हो। गत वर्ष पाँचलाख ९८ हजार पर्यटक हवाइमार्गबाट नेपाल प्रवेश गरेका थिए।


पाण्डेले आउँदो बर्ष अझै बढी अमेरिकीलाई नेपाल भ्रमणमा पठाउन नेपालको बारेमा प्रचारात्मक अभियान थाल्ने पाण्डेले बताए।

प्रतिक्रिया