×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Thursday 10 Chaitra, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

दिलशोभा श्रेष्ठलाई कोरियामा सम्मान गरिने

(0 votes)
अशोक मैनाली ,सोल ,कोरिया ,फाल्गुन २८- समाजसेवी दिलशोभा श्रेष्ठलाई दक्षिण कोरियामा सम्मान गरिने भएको छ। 'आमाको घर'नामक संस्था स्थापना गरेर १४ वर्षदेखि समाज सेवामा संलग्न रहेकी श्रेष्ठलाई मार्च १७ तारिखमा एक भव्य कार्यक्रम गरी सम्मान गर्न लागिएको हो।
nepali-patro-june
दोङ्देमुन स्थित ज्ञ्याङ्दोङ चर्चमा हुन लागेको उक्त सम्मान कार्यक्रम वोमेन फर वोमेन ,भिजन नेपाल नेटवर्क र नेपालकोरिया न्युजले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। भिजन नेपाल नेटवर्ककी अध्यक्ष आस्था बिन्दु मल्लका अनुसार समाजसेवी दिलशोभा श्रेष्ठले अनेकौं कठिनाईका बीच पनि वृद्धाहरूको सेवामा आफूलाई समर्पित गरेकोले उनलाई सम्मान गर्न लागिएको हो।

कार्यक्रममा 'आमाको घर 'को लागि सहयोग रकम संलन गरिनेछ। सो सम्मान कार्यक्रममा सहभागी हुन श्रेष्ठ मार्च १५ मा यहाँ आइपुग्ने आयोजकले बताएका छन्।

केही महिनायतादेखि उनले वृद्धाहरूसँगै ३० जना बालबालिकाहरूलाई पनि आश्रय दिएकी छिन्| १ सय वृद्धा आमालाई स्याहार गरीरहेकी दिलशोभाले आफुलाई कोरिया बोलाएर सम्मान गर्न लागेकोमा खुशी लागेको बताउँदै यसले झन् आफूलाई उत्साहित बनाएको बताइन्।

प्रतिक्रिया