×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 10 Bhadra, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

कोरियामा फेरि एक नेपाली मृत भेटिए

  • आइतबार १९ जेष्ठ, २०७०
  • अशोक मैनाली
  • Be the first to comment!
(0 votes)

सोल (दक्षिण कोरिया)—  नेपाली महिलाले आत्महत्या गरेको साता दिन नबित्दै दक्षिण कोरीयामा अर्का एक नेपाली मृत अवस्थामा फेला परेका छन् । इपिएसमार्फत एक वर्ष १ महिना अघि आएका भोजुर तम्मे-८ का ३१ वर्षीय लोकेन्द्र (स्माली) मगर सुतेकै कोठामा मृत फेला परेका हुन्।

nepali-patro-june
ख्यडंगीदोस्थित पुछनमा रहेको फर्निचर कम्पनीमा कार्यरत उनी आज बिहान ६ बजे मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको सोही कम्पनीमा कार्यरत एम गुरुड़्ले नागरिकन्युजलाई बताए। उनले दिएको जानकारीअनुसार मृतक मगरको नजिकैको उरी हस्पिटलमा पोष्मार्टम भएको छ। स्थानीय प्रहरीले सो कम्पनीका कोरियाली मालिक र अन्यसँग घटना बारे बयान लिइरहेको पनि उनले बताए।

प्रारम्भिक अनुसन्धानमा उनको मृत्युको कारण हृदयघात भएको बताइए पनि थप विवरण नआएको सोलस्थित नेपाली दूतावासले जनाएको छ। सो कम्पनीमा दुई जना नेपाली कार्यरत रहेकोमा एकको मृत्यु भएको हो। मृतक मगरका एक पत्नी र एक छोरी रहेको बताइएको छ। कोरीयामा पछिल्लो एक महिनाको बीचमा ३ जना नेपालीको मृत्यु भएको छ। यी मध्ये एक पुरुष र एक महिलाले आत्महत्या गरेका थिए।

प्रतिक्रिया