×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 15 Falgun, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

हेल्प नेपाल दश करोड कोषका लागि एकै दिन ५० लाख उठाउने तयारी

  • मङ्गलबार २८ जेष्ठ, २०७०
  • चिरन शर्मा
  • Be the first to comment!
(0 votes)
लण्डन—हेल्प नेपाल नेटवर्कले स्थापना गर्न लागेको रु दश करोडको कल्याणकारी कोषका लागि बेलायतमा एकै दिन पचास लाख भन्दा बढी रकम उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ। उक्त कोषको सहयोगार्थ आउँदो अगष्ट १८, आइतबारका दिन अल्डरशटस्थित दि कनाट स्कुलमा आयोजना गर्न लागिएको एउटा बृहत् सहयोग संकलन कार्यक्रममार्फत रकम जुटाउन अभियान चालिएको आयोजकले बताएका छन्।
nepali-patro-june
उक्त कोषका लागि सहयोग जुटाउन ५५ सदस्यीय अर्थ संकलन समिति पनि गठन गरिएको छ। सहयोग संकलन अभियानबारे जानकारी दिन आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा आयोजित एक प्रेस भेटघाटमा हेल्प नेपाल नेटवर्क युकेका सल्लाहकार तथा सहयोग संकलन कार्यक्रमका मुख्य संयोजक सूर्य गुरुङले अहिलेसम्म भएको कार्यक्रमको तयारीका बारे जानकारी दिए ।

'दानदातव्य तथा धर्मकर्म हामी नेपालीको संस्कार नै हो। त्यसैले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालिन सहायता जस्ता क्षेत्रमा काम गरिरहेको कल्याणकारी संस्था हेल्पनेपाल नेटवर्कले स्थापना गर्न लागेको रु दश करोडको कल्याणकारी कोषका लागि मन खोलेर सहयोग गर्न हामी बेलायतस्थित सबै संघसंस्था तथा महानुभावहरुलाई हार्दिक अपिल गर्दछौं', गुरुङले भने ।

उपस्थित पत्रकार तथा अर्थ संकलन समितिका सदस्यहरुलाई स्वागत गर्दै हेल्पनेपाल नेटवर्क युकेका सल्लाहकार चिरन्जीवी ढकालले विदेशमा बसेर पनि स्वदेशमा सार्थक सामाजिक कामका लागि सहयोग पुराउन सकिन्छ भन्ने उदाहरण बेलायतबासी नेपाली तथा संघसंस्थाहरुले प्रस्तुत गर्दै आएको बताए। उनले कल्याणकारी कामका लागि मन खोलेर सहयोग गर्न पनि सबैलाई आह्वान गरे।

'मातृभूमिका लागि महिनाको एक डलर वा एक पाउण्ड' भन्ने सन्देश बोकेर सन् १९९९ मा स्थापना गरिएको हेल्प नेपाल अहिले विश्वभरि सबैभन्दा ठूलो सञ्जाल भएको सामाजिक संस्था बनेको छ। यसले पुस्तकालय, स्वास्थ्य चौकी, विद्यालय एवं प्राकृतिक प्रकोपका बखत आपतकालीन उद्दारमा समेत सहयोग गर्दै आएको छ।

प्रतिक्रिया