×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Monday 10 Ashwin, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

अस्ट्रेलियाका नेपाली समेट्दै सुधीरा

  • बुधबार १९ असार, २०७०
  • ऋषि आचार्य
  • Be the first to comment!
(0 votes)
अस्ट्रेलियाका नेपाली समेट्दै सुधीरा

काठमाडौं — अस्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको इतिहलाई चित्र पुस्तकमा उतारिने भएको छ। दक्षिण अस्ट्रेलियाको एडिलेटमा बसेर फोटोग्राफी पेशा गर्दै आएकी सुधिरा शाहले सचित्र पुस्तक (पिक्टोरियल बुक)  मार्फत यहाका नेपालीको इतिहासलई संग्रह गर्न लागेकी हुन्।

 

nepali-patro-june
शाहको यो अभियानको अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले एक कार्यक्रममा शाहको क्यामरा क्लिक गरी उदघाटन गरेका थिए। पुस्तकले अस्ट्रेलियाभरि छरिएर बसेका नेपालीहरु बीच सेतुको रुपमा काम गर्ने बताउँदै राजदुत नेपालले सबै नेपालीहरुलाई शाहको ऐतिहासिक अभियानमा साथ दिन आह्वान गरे। पुस्तकमा अस्टेलियाभरि छरिएर बसेका करिब ४०० नेपाली परिवारलाई समेट्ने लक्ष्य रहेको फोटोग्राफर शाहले नागरिकन्युजलाई बताइन्।
'यो एकदमै चुनौती भरिएको प्रोजेक्ट हो', शाहले भनिन्, 'मेरा तस्बीरहरु बिभिन्न कारणबस नेपालबाट बसाइ सरेर अस्टेलियामा आएका नेपाली परिवारहरुमा आधारित हुनेछ, जसले ती सबै परिवारको भिन्ना भिन्नै कथाहरुलाई तस्वीरमा समेट्ने प्रयत्न गर्नेछ।' यो परियोजनामा एडिलेटमा लामो समयदेखि बसेर ब्यवसाय गर्दै आएका दिपक विष्टले सल्लाहकारको रुपमा सहयोग गर्दैछन्। नेपाल अस्ट्रेलिया फ्रेण्डसीप एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका विष्टको भनाइमा नेपाली समुदायको अस्ट्रेलियमा बिकासबारे लिखित कुनै दस्तावेज नभएको बेला यो परियोजना शुरु भएको हो। 'भनेको जस्तो मिल्दै गएमा लगभग डेढबर्षमा पुस्तक प्रकाशित हुन समय लाग्ने छ।'


सन् १९९९ देखि नेपालमा कान्तिपुर पब्लिकेशन्सबाट फोटोग्राफीलाई व्यवसाय बनाएकी हुन्।  एक सानी बालिकाले कठिनसँग तुइनबाट त्रिशुली नदी तर्दै स्कुल गइरहेको उनको तस्वीरले सन् २००२ मा राष्टिय फोटो प्रतियोगितामा दोस्रो उत्कष्ट तस्वीरको उपाधि जितेको थियो। उनका तस्वीरहरुले अहिले सम्ममा चीन, मलेसिया, बेलायत र अष्टेलियामा थुप्रै उपाधिहरु जित्न सफल भइसकेको छन्। सन् २००४ मा बेलायतको वेष्ट मिनिस्टर विश्वविध्यालयबाट फोटो पत्रकारितामा स्नाकोत्तर गरेकी शाहले अस्टे्रलियामा विगत ४ वर्षदेखि एसएस स्टुडियोमार्फत् र्सिजनात्मक फोटोग्राफी गर्दै आएकी छिन्।

प्रतिक्रिया