×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 9 Magh, 2074 |
Menu
istl

नेपथ्यको वेम्ब्ले कन्सर्टको तयारी पूरा

  • बुधबार ९ श्रावण, २०७०
  • चिरन शर्मा
  • Be the first to comment!
(0 votes)
लण्डन — संगीतकर्मीहरूका निम्ति संसारकै प्रतिष्ठित मञ्च मानिने वेम्ब्ले एरेना, लन्डनमा नेपालको सांगीतिक समूह नेपथ्यले अगस्ट ३ तारिखमा लाइभ कन्सर्ट गर्ने तयारी पूरा भएको छ। सबै तयारी सकिएको सब्सोनिक रुट्सका प्रमुख शुभ गिरीले नागरिकन्युजलाई बताए। नेपथ्यको पुरै ब्याण्ड ३० तारिखसम्म लण्डन आइपुग्दैछ। नेपथ्य ब्याण्डको प्रमोटर रहेका गिरी नेपाली दर्शकहरुले विश्वकै उच्च प्रविधि प्रयोग गरी आयोजना गरिन लागेको कन्सर्टबाट मनोरन्जन लिन सक्ने बताए।

'वेम्ब्लेजस्तो ठूलो इतिहास बोकेको मञ्चमा कार्यक्रम गर्न पाउनु हाम्रो निम्ति गौरवको विषय हो,' नेपथ्यका गायक अमृत गुरुङले बताए- 'हाम्रो वर्षौंदेखिको सपना साकार हुने भएको छ। नेपाली संगीतको यो महत्वपूर्ण ऐतिहासिक घडिमा हिस्सेदार बन्न बेलायत र वरपर देशमा बस्ने नेपालीहरू पनि उत्साहित हुनुहोला भन्ने मलाई विश्वास छ', उनले भने

नेपालको सागीतिक समूहले पहिलो पटक वेम्बले एरेनामा कार्यक्रम गर्ने लागेको हो । करिब १२ हजार ५ सय दर्शक क्षमता रहेको सो हलमा नेपाली दर्शकका लागि ६ हजार सिट बुक गरिएको जनाकारी गिरीले दिए। 'टिकट धमाधम बिक्री भैरहेको छ पुराउन हम्मे हम्मे परेको छ २५ पाउण्डको टिकट सकिएर अहिली २८ पाउण्डको टिकट बिक्री भैरहेको छ', उनले भने।

शनिवार सांझ ७ बजे दर्शकहरुका लागि ढोका खुल्ला गरिने भए पनि कार्यक्रम भने ८ बजे मात्र सुरु हुनेछ ।

कार्यक्रमको संयोजन नेपथ्यको व्यवस्थापन कम्पनी नेपा-लयले बेलायतस्थित सब्सोनिक रुट्स र पर्चा प्रोडक्सन्सको सहयोगमा यो कन्सर्ट हुन लागेको हो। नेपथ्यले आफ्नो सांगीतिक प्रस्तुति भारतको सिक्किमदेखि अस्ट्रेलियाको सिड्नी, इजरायल, हङकङ, दक्षिण कोरिया, अमेरिका, फिनल्यान्ड, हल्यान्ड, बेल्जियम लगायतका मुलुकमा गरिसकेको छ।

प्रतिक्रिया