×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 13 Falgun, 2073 |
Menu

प्रवास

istl

जनसम्पर्क समिति डेनमार्कका भूपू अध्यक्ष कोपनहेगनमा कुटिए

(0 votes)

कोपनहेगन– डेनमार्कको राजधानी कोपनहेगनमा एकजना नेपाली कुटिएका छन्। जनसम्पर्क समिति डेनमार्कका भूतपूर्व अध्यक्ष त्रिलोचन सापकोटालाई बुधबार बिहान अपरिचित गैरनेपालीको समूहले आक्रमण गरेको हो।

nepali-patro-june
चितवनका स्थायी बासिन्दा सापकोटालाई कोपनहेगनस्थित निवासबाट काममा जान लाग्दा निलो टोयोटा गाडीमा आएका व्यक्तिले आक्रमण गरेका हुन्। सापकोटाको नाक, कान, घाँटी, मुख र आँखामा चोट लागेको कोपनहेगनबाट पत्रकार शशि ढकालले जानकारी दिए।

पीडितका अनुसार गाडीमा रहेकामध्ये केही व्यक्ति ओर्लेर आक्रमण गरेका थिए। गाडीबाहिर निस्केका व्यक्तिले हातपात गरिरहँदा भित्र बस्नेले निर्देशन दिएको सापकोटाले बताए। उनका अनुसार आक्रणमकारी सबै अपरिचित गैरनेपाली हुन्।

उनले आक्रमणबारे प्रहरीलाई जानकारी गराएका छन्। आफ्नो कसैसँग दुश्मनी नरहेको जानकारी दिँदै सापकोटाले यो आक्रमणबाट निकै चिन्तित बनेको बताए। डेनमार्कमा रहेका नेपाली सम्बद्ध विभिन्न संघसंस्थाले आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन्। जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष यमलाल सुबेदीले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गरेका छन्।

प्रतिक्रिया