×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Monday 18 Baishak, 2074 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

कांग्रेस सभापति कोइरालाले कोरियाको भिसा पाए, शनिबार सोल आउने

  • बिहीबार १० श्रावण, २०७०
  • अशोक मैनाली
  • Be the first to comment!
(0 votes)

सोल — कांग्रेसका सभापति सुशील कोइराला दक्षिण कोरिया आउने भएका छन्। पार्टीको प्रवासको संगठन नेपाली जनसम्पर्क समिति कोरियाको अधिवेशनको लागी कोइराला सोल आउन लागेका हुन्। जुलाई २८ मा हुने तेस्रो अधिवेशनको लागि पार्टी सभापति कोइराला र जनसम्पर्क समितिका इन्चार्ज अर्जुन जोशी आउने निश्चित भएको जनसम्पर्क समिति कोरियाका सभापती गंगा थापा (श्रेष्ठ )ले बताए।

nepali-patro-june
उनकाअनुसार उहाँहरू दुवैको भिषा लागिसकेको र २७ तारिख दिउसो दुवै नेता सोल आइपुग्नेछन्। संघियता र अन्य विभिन्न एजेण्डामा स्पष्ट हुन नसकेको भन्ने आरोप खेप्दै आएकोले आफूहरूले सभापति कोइरालालाई नै बोलाएर कांग्रेसको धारणा स्पष्ट पार्न लागेको जनसम्पर्क समिति कोरियाका प्रेस विभाग संयोजक सूर्य छेत्रीले बताए।

पछिल्लो समय विभिन्न देशका जनसम्पर्क समितिभित्र विवाद बढ्दै गएको सन्दर्भमा कोरियामा पनि त्यस्तै रहेको आँकलन गरी कोइराला आफै आउन लागेको बताइएको छ। यो अधिवेशनमा नवराज सिवाकोटी ,मनिचन्द्र चेम्जोङ् ,गिरीराज कुवंर र आस्था बिन्दु मल्लले अध्यक्षको दावी गर्दै आएका छन्। उनीहरुले आ-आफ्नो पक्षमा लविङ तीब्र पारेका छन्। संगठन भित्रका अग्रजहरूको पहलमा सहमतीको प्रयास भए पनि ती प्रयास सफल हुन सकिरहेका छैनन्।

कतिपयले कोइराला आफै उपस्थित भएको अधिवेशनमा चुनावी पक्रियामा जाँदा गलत सन्देश जाने भन्दै सहमतीमा जानुपर्ने बताउन थालेका छन्।

प्रतिक्रिया