×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Wednesday 15 Bhadra, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

लण्डनमा 'वाक फर नेपाल' सम्पन्न

  • मङ्गलबार १५ श्रावण, २०७०
  • चिरन शर्मा
  • Be the first to comment!
(0 votes)
लण्डन - युरोपमै पहिलो पटक आयोजित 'वाक फर नेपाल' (लागि हिंडौं) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार बिहान लण्डनको रोयल रिचमण्ड पार्कमा भेला भएका डेढ सयभन्दा बढी नेपाली युवा , युवती, कल्याणकारी संस्थाहरुसंग संवद्ध स्वयमसेवकहरु,गैरआवासीय नेपाली संघका पदाधिकारी लगायत सहभागीहरुले घमाइलो वातावरणमा झण्डै डेढ घन्टा पदयात्रा गरेका थिए।
nepali-patro-june
हेल्प नेपाल नेटवर्क युके तथा युके जीमीनलगायतका संस्थाहरुको सदस्यहरु आआफ्नो संस्थाको लोगो सहितका टिशर्ट लगाएर कार्यक्रममा सहभागी भएका थिए।

पदयात्रा समापनपछि बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले रमाइलो वातावरणमा बिहानै सामूहिक पदयात्रा गर्न पाउँदा आफू निकै खुसी भएको बताए। खासगरी युवा, किशोर तथा किशोरीहरुको उत्साहजनक सहभागिताबाट आफू प्रभावित भएको बताउँदै उनले आगामी दिनमा गैरआवासीय नेपाली अभियानको नेतृत्व लिन तयार रहन युवा सहभागीहरुलाई आह्वान गरे।

पदयात्रामा सहभागी हेल्प नेपाल नेटवर्क युकेका सल्लाहकार सूर्य गुरुङले कल्याणकारी तथा रचनात्मक कामकालागि बेलायतमा पहिलो पटक आयोजित यस्तो कार्यक्रमले नेपालको कल्याणमा समर्पित विभिन्न संघसंस्थाहरुबीच समझदारी र सहकार्यको भावनालाई बढावा दिने आशा व्यक्त गरे।

'वाक फर नेपाल लण्डन' को एउटा सहआयोजक संस्था 'ग्रासरुट मुभमेन्ट इन नेपाल' (जिमिन युके) का जीवन गुरुङले हिडाइमा सहभागी, प्रायोजक तथा शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद ‌दिंदै आउंदा वर्षहरुमा पनि 'वाकफर नेपाल' अभियानलाई निरन्तरता दिइने बताए। 'यो अभियानमा सहभागी भएर एउटा सकारात्मक सन्देश पठाउने अवसर पाएकोमा हामी सबै खुसी छौं ,उनले भने ।

'नेपालको युवा' नामक संस्थाद्वारा शुरु गरिएको यो अभियान अन्तर्गत सबैभन्दा पहिले सन् २०११ मा संयुक्तराज्य अमेरिकाको बस्टन शहरमा 'नेपालका लागि हिडौं' कार्यक्रम शुरु गरिएको थियो। त्यसयता डलास , न्यूयोर्क, वाशिङटन डिसी लगायतका शहरहरुमा आयोजित कार्यक्रमहरुमा एघार सयभन्दा बढी सहभागी भैसकेका छन् भने कल्याणकारी कामहरुकालागि त्रियान्नब्बे हजार डलर भन्दा बढी संकलन गरिएको छ।

वाक फर नेपालका सहभागी संस्थाहरुले उठाएको रकममध्ये ८० प्रतिशत संबन्धित संस्थाले नै राख्छन् भने बांकी २० प्रतिशत 'वाकफर नेपाल युवा इनोभेसन कोष' मा जान्छ। नेपालको युवाका महासचिव पुकार मल्लका अनुसार कोषले फेरि उक्त रकम पनि नेपालका विभिन्न संस्थाहरुबाट प्राप्त प्रस्तावलाई छनोट गरी अनलाईन मतदान प्रकृया मार्फत नेपाली गैरसरकारी संस्थाहरुलाई उपलब्ध गराउंछ।

प्रतिक्रिया