15 Ashwin, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

गाउँको स्कुल बनाउन जापानबाट ११ लाख रुपैया संकलन

(0 votes)

टोकियो– बागलुङको दक्षिणा क्षेत्रमा रहेको पृथ्वी उच्च माध्यामिक विद्यालय अमलाचौंरको शैक्षिक गुणस्तर वृद्धिका लागि भूतपूर्व विद्यार्थीहरुले अक्षय कोष स्थापना गर्न टोकियोमा गरिएको एक च्यारिटी कार्यक्रमबाट एकै दिनमा ११ लाख रुपैया संकलन भएको छ।



nepali-patro-june
गत हप्ता पूर्व विद्यार्थी डा हेम राज शर्मा र डा सुर्य पाठकको सक्रियतामा भएको सो कार्यक्रम विविध मनोरन्जनसहित च्यारिटी डिनर आयोजना गरिएको थियो। सो कार्यक्रममा रामकृष्ण बम मल्ल, सुर्य खडका, युवराज आचार्यले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए। श्रबण सत्याल र दिनेश ज्ञवालीले हास्य प्रहसन तथा किवा बाचन गरेका थिए। विज्ञान कुमार थापा, शुष्मा ओमाता लगायतले आफ्नो सफलताको कथा प्रस्तुत गरेका थिए।

विद्यालय बारे डकुमेन्टरी प्रस्तुत गरिएको उक्त कार्यक्रमलाई चन्दा दाता दिलु खत्री, राजु खत्री लगायतकाले संवोधन गरेका थिए भने पर्वतका कुल आचार्य लगायतले बेलायतबाट भिडियो मार्फत संवोधन गरी अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए।

सो कार्यक्रममा सहयोग गुराउने चन्दादाता, कलाकार तथा सहभागिहरु पूर्वविद्यार्थीको डा. सूर्य पाठक धन्यवाद ब्यक्त गरेका छन्। उनले भने जापानवासी नेपाली समुदायलाई परोपकारी उद्देश्यले आयोजना भएको कार्यक्रममा उपस्थित भइ हौसला बढाई दिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहान्छु छन्।

भने डा शर्माले अभियानको औचित्य माथी प्रकाश पार्दै आफ्नो स्कुल आफै सक्षम भएकोले आ-आफ्नो स्कुललाई सहयोग गरी शीक्षा आमुल परिवर्तन गर्न आव्हान गरेका थिए । च्यारिटीमा कार्यक्रममा जापानस्थित नेपाली व्यवसायी, समाजसेवीलगायत विभिन्न पेशामा संलग्न मनकारी ब्यक्तित्वहरुको उपस्थिती थियो । विद्यालयमा विज्ञान प्रयोगशाला नहुदा भौतिक सामग्री प्रयोग हुन पाएको छैन। विज्ञान प्रयोगशाला निर्माणका लागि विद्यालयले पूर्वविद्यार्थीसाग आग्रह गरेको हो। विद्यालयको आग्रहपछि प्रवाश तथा नेपालमा रहेका पूर्वविद्यार्थीहरु भवन निर्माणमा जुटेका छन्।

प्रतिक्रिया