Friday 13 Falgun, 2073 |
Menu

प्रवास

istl

क्यानडामा नरेन्द्र प्यासीले गीत गाउने

  • शुक्रबार ७ भाद्र, २०७०
  • यम घिमिरे
  • Be the first to comment!
(0 votes)
क्यानडा —  के भुल भयो प्रिया मसँग बोल्दिनौंका गायक गायक नरेन्द्र प्यासीको स्वर पहिलो पटक क्यानडामा सुन्न पाइने भएको छ। लाली गुराँस स्पोर्टस् एण्ड कल्चर क्लबको आयोजनामा टोरोन्टोसँगै जोडिएको शहर मिसिसागामा अगस्ट २४ मा उनको एकल प्रस्तुति हुन लागेको हो।

क्लबले दोस्रो वर्ष यस पटक पनि नेपाली टिमबीच उत्तर अमेरिकाब्यापी भलिवल प्रतियोगिताको आयोजना सँगसँगै गायक नरेन्द्र प्यासीलाई पनि प्रस्तुत गर्न लागेको हो। क्लबले गत वर्ष गायक राजु लामाको एकल कन्सर्टको आयोजना गरेको थियो।

क्लबका महासचिव तथा एनआरएन क्यानडाका उपाध्यक्ष अभिमन्यु बस्नेतले बिरानो देशमा खेलकूद र सांगीतिक कार्यक्रमका माध्यमबाट नेपाली भाषीलाई जोड्ने प्रयन्तका रुपमा कार्यक्रम गर्न लागिएको बताए। 'कार्यक्रममा विविधता थप्न यसपटक भलिबल प्रतियोगिता लगत्तै प्रख्यात नेपाली गायक नरेन्द्र प्यासीको प्रस्तुति पनि राखेका हौं', महासचिव बस्नेतले भने।

यस पटकको प्रतियोगितामा अमेरिका र क्यानडाका हालसम्म ५ वटा नेपाली टोलीले भाग लिने पक्का भइसकेको छ। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न क्लबले तयारी गरिरहेको संस्थाले जनाएको छ। क्लबले गत वर्ष गायक राजु लामाको एकल कन्सर्ट गर्नुका साथै अन्य बिभिन्न सामुदायिक गतिविधि पनि सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया