×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 19 Mangshir, 2073 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

एनआरएनए डेनमार्कमा दिपक सापकोटा

(0 votes)

कोपनहेगन (डेनमार्क)— गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यध्मा दिपक सापकोटा निर्वाचित भएका छन्। राजधानी कोपनहेगनमा सम्पन्न संघको दोस्रो अधिवेशनमा भएको निर्वाचनबाट उनी चयन भएका हुन् । उनले प्रतिद्वन्द्वी त्रिलोचन सापकोटालाई पराजित गरेका थिए।
nepali-patro-june


अध्यक्षमा विजयी दिपकले २ सय ४४ मत पाएका थिए भने त्रिलोचनलाई २ सय २१ मतदाताले पत्याए अध्यक्ष जितेपछि सापकोटाले संघलाई अझै सक्रिय र सफल बनाउँदै विदेशमा भएको नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा सहयोग गर्न प्रेरित गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

झापा जलथलमा जन्ममेका ३९ वर्षीय सापकोटा २००७ मा डेनमार्क आएका थिए। डेनमार्कको रसकिल्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर सापकोटा श्रीमती र छोरीसहित डेनमार्कमा बसोबास गर्छन्।

अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) मा १ सय ८८ मत ल्याएर सूर्यप्रकाश खनाल चिर्वाचित भएका छन् । दुई उपाध्यक्षमा डम्बरकुमार बस्नेत र दिपेन्द्रमान श्रेष्ठ चुनिएका छन्। महासचिवमा बिरेन्द्रसिंह कार्की, सचिवमा गोविन्द पौडेल र कोषाध्यक्षमा निरेन्द्रसिंह रावल निर्वाचित भए। त्यसैगरी, सदस्यहरुमा रबिन्द्र खड्का, राजमान तामाङ, कृष्णप्रसाद कँडेल, निमेष श्रेष्ठ, राजेन्द्र पौडेल चुनिएका छन्। युवा तथा विद्यार्थी प्रतिनिधिमा लोकराज शर्मा निर्वाचित भए। महिला प्रतिनिधिमा कल्पना बस्नेत, जमुनादेवी रिजाल र सुशीला हमाल यसअघिनै निर्विरोध भएका थिए।

निर्वाचन ज्यादै उत्साहपूर्वक सम्पन्न भएको निर्वाचन संयोजक नविन पौडेलले बताए। उनका अनुसार कूल मतदाताको ८६.९३ प्रतिशतले मतदान गरेका थिए। निर्वाचनप्रति आफू ज्यादै उत्सुक रहेको र जीवनमा पहिलो पल्ट भोट खसाल्दा निकै रोमान्चित अनुभव गरको यहाँ अध्ययनरत आकाश खड्काले बताए। डेनमार्कमै बसोवास गर्ने गृहणी गीतादेवी पाण्डेले पनि जीवनमा पहिलो पल्ट भोट हाल्ने रहर डेनमार्कमा पूरा भएको भन्दै खुसी व्यक्त गरिन्।

निर्वाचनले गर्दा एनआरएनए, राष्ट्रिय समन्वय परिषद (एनसीसी) डेनमार्कको अधिवेशन छायामा परेको प्रस्ट देखिन्थ्यो। कोपनहेगनस्थित नेपाली राजदूतावासका काउन्सिलर रामकाजी खड्का र अन्तर्राष्ट्रिय समन्वय समितिका प्रतिनिधि सोमनाथ सापकोटाले संयुक्त रुपमा अधिवेशनको उद्घाटन गरेका थिए।

अधिवेशनमा डेनमार्कमा विभिन्न पेसा र व्यवसायमा आबद्ध गैरआवासीय नेपालीका साथै विद्यार्थीको उत्साहजनक सहभागिता थियो।

प्रतिक्रिया