Friday 15 Baishak, 2074 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

बेलायती विश्वविद्यालयमा नेपालसम्बन्धी २ दिने कार्यशाला

(0 votes)
लन्डन– लिभरपुलस्थित जोन मोर विश्वविधालयमा नेपालसम्बन्धी रुची राख्ने एक बेलायती तथा नेपाली प्राज्ञिक समूहले नेपालको वर्तमान अवस्था र भविष्यका बारेमा मन्थन गरेका छन्।
chiran1.jpg

nepali-patro-june
बेलायत नेपाल प्रज्ञा परिषद्कोको आयोजनामा 'नेपाल अध्ययन दिवस'को रुप आयोजित २ दिने कार्यशालामा बेलायतस्थित बिभिन्न विश्वविद्यालयका प्रोफेशरहरुले आ–आफ्नो शोधपत्र पेश गरेका थिए। लिभरपुल जोन मोर विश्वविधालयमा गत हप्ता सम्पन्न सो कार्याशालमा विभिन्न ८ विषयमा २३ ओटा शोधपत्र र ९ ओटा पोस्टर प्रस्तुत गरिएको थियो। लिभरपुल अध्ययन दिवसमा बेलायत, स्पेन, नर्वे र नेपालबाट आएका करिव ४ दर्जन प्राज्ञहरुले नेपालको भूकम्प र विनाशपछिका प्रयास, नेपालको भूकम्प र विनाशपछिका प्रयास, लैङगिक र द्वन्द्व, आधुनिक नेपाली पहिचानमा पश्चिमी संस्कृतिको प्रभाव, सामाजिक-आर्थिक विकासमा नेपाली 'डायस्पोरा'को योगदान, पर्यावरण र सामाजिक उद्यम, महिला स्वास्थ्य सम्बन्धि विषयमा आआफ्ना विचारहरु प्रस्तुत गरेका थिए।
chiran.jpg
सो परिषद्ले हरेक बर्ष नेपाली सांस्कृतिक संसारका विविध पक्षमा गरिएका ताजा अनुसन्धानहरु माथि छलफल गर्ने गर्छ। कार्यशालामा बोर्नमथ विश्वविद्यालयका प्रो. एडविन भ्यान-तेजलिङ्गेनले 'फोकस ग्रुप डिस्कसन्' विषयमा ज्ञान अभिवृद्धि कार्यशाला सञ्चालन गरेका थिए। कार्यशालामा युसिएल लण्डनका तेजेन्द्र फेरालीले नेपालको जनयुद्ध र शैक्षिक संस्थाहरूमा नेतृत्वको दुर्दशा, म्यानचेस्टर विश्वविद्यालयका दामोदर खनालले विद्यालयमा हुने दवाव र पछि परेका समुदायका बालबच्चामा परेको असर बिषयमा आआफ्नो शोधपत्र प्रस्तुत गरे। यस्तै बिभा सिम्खडाले नेपालमा मानसिक स्वास्थ्य र नर्सिङ शिक्षाको बारेमा शोधपत्र प्रस्तुत गरेकी थिइन्।

कार्यशालको दोस्रो चरणमा सोआस लण्डनकी डा. फेजी इस्माइलले लैङगिक र द्वन्द्व विषयमा चार वटा कार्यपत्र प्रस्तुत गरिन्। यस्तै युसिएल लण्डनकी एमली मेडेरोसले द्वन्द्वमा सङ्लग्न बालबालिकामा दिर्घकालमा देखिएको असर, लिभरपुल जोन मोर विश्वविद्यालयकाद्वय डा. के स्टान्डिङ र सेरा पार्करले नेपालमा भूकम्पपछिको महिला हिँसा, लण्डन स्कूल अभ् इकोनोमिक्सकी पुनम यादवले जनयुद्धपछि नेपालमा महिलामा आएको सामाजिक परिवर्तन र ग्लास्गो विश्वविधालयकी कुमुद राणाले तेस्रो लिङ्गी पहिचानको बारेमा शोधपत्र प्रस्तुत गरेका थिए।

दुई दिन सो कार्यशालाको पहिलो दिनको अन्तिम सत्रमा अक्स्फोर्ड विश्वविद्यालयकाद्वय कृष्ण अधिकारी र प्रो. डेविड गेल्नरले दक्षिण एसियाली परिवेशमा समाजशास्त्री वोर्डूको डिस्टिङक्शनको प्रयोग र क्म्प्लुटेंसे दे म्याड्रिड विश्वविद्यालय, स्पेनकी आन्द्रेय दे ला रुविया गोमेज मोरानले सन् १९५० को दशकमा आधुनिक नेपाली पहिचानमा पश्चिमी संस्कृतिको प्रभावबारेमा शोधपत्र प्रस्तुत गरेका थिए।

कार्यशालाको अन्तिम दिन बसाइँसराइ र गतिशीलता विषयमा तीनओटा शोधपत्रहरू प्रस्तुत गरिएका थिए। कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न सो सत्रमा लिभरपुल विश्वविद्यालयका हेमराज शर्माले नेपालको सामाजिक-आर्थिक विकासमा नेपाली 'डायस्पोरा'को योगदान, प्रो. द्वय पदम सिम्खडा र एडविन भ्यान-तेजलिङ्गेनले नेपालमा बसाइँसराइको प्रभाव र सिएनएसयुकेका चन्द्र लक्सम्बा र अन्यले बेलायतका नेपालीहरूको सामाजिक गतिशीलताको बारेमा शोधपत्र प्रस्तुत गरे।

नेपालको स्वास्थ्यसम्बन्धी विषयको सत्रमा सेफिल्ड विश्वविद्यालयका जीवन कार्कीले नेपालको प्राथमिक स्वास्थ्य सेवामा सरोकारवालाको सहभागिता, लिभरपुल जोन मोर विश्वविद्यालयका एकनारायण पौडेल र अन्यले नेपालमा एचआईभीरएड्ससम्बन्धी विभेद, एवर्डिन विश्वविद्यालयका यज्ञप्रसाद सुवेदीले नेपालमा पोषण र आर्थिक क्षेत्रमा परिवर्तन, र वेस्ट अभ् इंग्लैंड विश्वविद्यालयका पुष्पराज पन्त र ब्रिष्टल विश्वविद्यालयका जुली मिटनले नेपालमा वेवास्ता गरिएको चोटपटकको महामारीको बारेमा शोधपत्र प्रस्तुत गरेका थिए।

द्रहम विश्वविद्यालयका बेन क्याम्पबेलले अध्यक्षता गरेको शक्ति (इनर्जी), पर्यावरण र सामाजिक उद्यम विषयको छैटौं सत्रमा तीन ओटा शोधपत्रहरू प्रस्तुत गरिएको थियो। रोयल बोटानिकल सोसाईटी एडिनबराका डा. कोलिन ए पन्ड्रीले नेपालको ऐतिहासिक पर्यावरणीय निमार्ण, ओस्लो विश्वविद्यालय नर्वेका मिकेल भिन्डेगले नेपालमा इन्धनबारे मानवशास्त्रीय दृष्टिकोण र स्वान्जी विश्वविद्यालयका रविन्द्र न्यौपानेले नेपालमा सामाजिक उद्यम विषयमा शोधपत्र प्रस्तुत गरेका थिए। सेरा पार्करले अध्यक्षता गरेको सैन्य तथा श्रम आप्रवासीको अधिकार सम्बन्धी (सातौंं)सत्रमा सोलिडारिटी इन्टर्न्याशनलका कृष्ण उपाध्यायले कतारका नेपाली आप्रवासी र गेसोका चन्द्रबहादुर गुरुङले गोर्खा भर्ति र नेपाल-बेलायत सम्बन्धमा प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्तिम सत्रमा नेपालको भूकम्प र विनाशपछिका प्रयासहरूको बारेमा सावर्जनिक छलफल चलाइएको थियो। कार्यक्रममा बोर्नमथ विश्वविद्यालयका जीव आचार्य र अन्यको पोषणसम्बन्धी, सेफिल्ड विश्वविद्यालयकी सरिता पाण्डे र अन्यको महिला स्वास्थ्य स्वयसेविकासम्बन्धी, श्रद्धा मानन्धर र अन्यको सुर्तीसेवन परित्यागसम्बन्धी, ब्रुस एण्डरसन र अन्यको बृद्धबृद्धासम्बन्धी, लिभरपुल जोन मोर विश्वविधालयका भक्त गुरुङको बृद्धबृद्धा गोर्खाको सेवामा पहुँचसम्बन्धी, पार्करको 'फेयर ट्रेड'सम्बन्धी, डा. स्ट्यान्डिङ र अन्यको नेपालमा अनुकरणीय महिलाहरूसम्बन्धी, आदि पोस्टरहरू प्रस्तुत र छलफल भएको थियो।

विगत १४ देखि सक्रिय सो परिषदले सन् २०११ देखि दुई दिने नेपाल अध्ययन दिवस सम्बन्धी कार्यशाला संचालन गर्दै आएको छ। स्थापित प्राध्यापकदेखि नयाँ विद्यार्थी र नेपालसम्बन्धी रुची हुने जोसुकैको लागि एकै ठाउँमा जमघट हुने, सो कार्यशाला नयाँ नयाँ अनुसन्धान प्रस्तुत गर्ने, सुन्ने र प्राज्ञिक बहस गर्ने यूरोप क्षेत्रमै एक मात्र फोरम रहेको परिषद्का महासचिव कृष्ण अधिकारीले बताए।

प्रतिक्रिया