Tuesday 26 Mangshir, 2074 |
Menu

प्रवास

republica-headerdiscount-subscribe1

istl

कर्णेल लामा मुद्दामा राउत र हुसैनको बयान सुरु

  • शुक्रबार २८ जेष्ठ, २०७३
  • दुर्गा दुलाल/चिरन शर्मा
  • Be the first to comment!
(1 Vote)
काठमाडौं/लन्डन- यातना दिएको अभियोगमा अन्तर्राष्ट्रिय क्षेत्राधिकारअर्न्तगत युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाविरुद्ध दुई नेपालीहरुको बयान सुरु भएको छ। कपिलवस्तुको गोरुसिंगेमा यातना पाएका जनक राउत र करम हुसैनले शुक्रबार लामाविरुद्ध अन्तिम फैसलाका लागि बयान दिन लागेका हुन्।
nepali-patro-june
गत सोमबारबाट लन्डनस्थित फौज्दारी अदालत ओल्डवेलीमा जस्टिज स्वीनीको इजलासमा सुनुवाईसम्बन्धी प्रकृयामा सुरु भएको थियो। बयान दिन अभियोजन पक्षको तर्फबाट आफूहरु जान लागेको राउतले बताए। स्काइपमा कुरा गर्दै उनले यातना दिएकोबारे बयान दिन लागेको र बयानपछि मुद्दा फैसलाको चरणमा प्रवेश गर्ने बताए।

उनीहरुले मंगलबारको सुनुवाईमा कर्णेल कुमार लामाले सन् २००५ मा कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित सैनिक व्यारेकमा थुनामा रहेका बेला आफूलाई आँखामा पट्टी लगाई चरम यातना दिएको जिकीर गर्दैआएका छन्। 'हामीलाई जुन सजाय दिएका थिएँ त्यसको बयान न्यायाधीशसमक्ष गर्ने तयारी हामीले गरेका छौं,' राउतले भने, 'आँखा छोपेर निर्ममतापूर्वक दिएको यातना भुलेका छैनौं।'

बेलायती समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरु रहेको निर्णायक मण्डली (जूरी)मा भैरहेको सुनुवाइमा घटनाका प्रमाण प्रस्तुत अभियोग पक्षका वकिल डन्कन पेन्नी क्यूसीले अभियोजक राउतलाई आँखामा पट्टी लगाई यातना दिएको, यातनाका निक्रिस्ट उपायहरु अवलम्बन गराई दीर्घकालीन अपांग बनाएको र विभिन्न त्रासहरु देखाई जबर्जस्ती अपराध स्वीकार गर्न लगाएको बाध्य पारेको जिकीर अदालतमा पेस गरेका थिए। उक्त कुरा पीडितबाटै अदालतले सुन्न चाहेपछि राउत गत साता लण्डन गएका थिए।

लामाको सुनुवाई चार हप्तासम्म चल्नेछ। सुडान मिसनमा कार्यरत रहेको बेला उनी छुट्टीमा बेलायतमा बसोबास गर्ने आफ्नो परिवारलाई भेटन आएका बेला सन् २०१३ को जनवरीमा पक्राउ परेका थिए। पछि उनलाई धरौटीमा रिहा गरिएको थियो। धरौटीमा रिहा गरिए पनि लामालाई बेलायत बाहिर भने जाने अधिकार दिइएको थिएन।

प्रतिक्रिया