Friday 8 Ashad, 2075 |
Menu

प्रवास

एमालेसँग छलफलपछि मात्र एमाओवादी मन्त्रीको टुङ्गो लगाउने

(0 votes)
काठमाडौँ-प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्रै एकीकृत नेकपा (माओवादी)ले सरकारमा सहभागी गराउने मन्त्रीको टुङ्गो लगाउने भएको छ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको पदाधिकारी बैठकले सरकारमा नयाँ तथा पुरानालाई मिलाएर पठाउने विषयमा छलफल भएको थियो। एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल भएपनि एमालेसँग छलफल गरेर मात्रै अन्तिम निष्कर्ष निकालिने जानकारी दिए।

सोमबार प्रधानमन्त्री ओलीले शपथ लिनुभएपछि एमाओवादीले कृषि विकास मन्त्रीको रुपमा हरिबोल गजुरेललाई सरकारमा सहभागी गराएको छ । एमाओवादीले गृहलगायत महत्वपूर्ण मन्त्रालय पाउने भएकाले सोहीअनुसार मन्त्री चयन गर्ने बताएको छ। एमालेसँगको छलफलपछि आजै अपराह्न पुनः बैठक बसेर मन्त्रीको नाम टुङ्गो लगाइने बताइएको छ । रासस

प्रतिक्रिया