Friday 14 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

'आधारहीन आरोप' ले म्यागी तनावमा

  • बिहीबार ३० पुष, २०७२
  • टेकेन्द्र बस्याल
  • Be the first to comment!
(0 votes)
'आधारहीन आरोप' ले म्यागी तनावमा
सुर्खेत- नेपाली बालबालिकाको जीवन बदल्न योगदान गरेको भन्दै विश्वचर्चित सिएनएन हिरो अवार्ड पाएकी अमेरिकी युवती म्यागी डोयन अहिले सुर्खेतमा आफूमाथि लागेको अनावश्यक आक्षेपले तनावमा छिन्। उनीद्वारा स्थापित कोपिला भ्याली सेवा समाजका पूर्वकर्मचारी र केही पत्रकार आफूमाथि खनिएको म्यागीको आरोप छ। उनीहरूको निरन्तरको 'प्रहार' ले आफ्नो ज्यान खतरामा परेको भन्दै उनले सरकारसँग सुरक्षा मागेकी छन्।

nepali-patro-june
समाजका अध्यक्ष टोपबहादुर मल्लबाट यौनदुर्व्यवहारको सिकार भएको भन्दै एक पूर्वकर्मचारीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन्। सोही आधारहीन आरोपलाई मसला बनाउँदै केही मिडियाले आफूमाथि लाञ्छना लगाएको म्यागीको भनाइ छ।

आर्थिक हिनामिना गरेको आरोपमा दुई महिनाअघि जागिरबाट निकालिएकी कौशिला मैनालीले यौनदुर्व्यवहार, आर्थिक हिनामिना, बालबालिकाको किर्ते कागज बनाएर रकम लिएको भन्दै पुस २० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन्। आरोप मुख्य रूपमा समाजका अध्यक्ष मल्लमाथि लगाइएको छ। 'तर मिडियाले मेराविरुद्ध समाचार लेखिरहेका छन्,' उनले भनिन्, 'हुँदाहुँदा अस्ति १०–१२ जना पत्रकारको समूह आक्रोशित हुँदै आएर जबरजस्ती हाम्रो स्कुलमा पस्न खोज्यो, अनुमति नलिई तस्बिरसमेत खिच्यो, यो कस्तो पत्रकारिता हो?'

पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीको योजनामा षड्यन्त्र भइरहेको म्यागीको आरोप छ। भारतीका जेठान नाता पर्ने कर्मचारीलाई एक वर्षअघि आचरणविपरीत काम गरेको आरोपमा निस्कासन गरिएपछि उनी योजनाबद्ध रुपमा लागेको उनले बताइन्। 'भारतीका जेठानलाई निस्कासन गरेपछि उनले लगातार झूठा र भ्रामक समाचार प्रकाशित गरिरहेका छन्,' उनले भनिन्, 'यसविरुद्ध मैले पत्रकार महासंघ केन्द्रीय कार्यालयदेखि प्रेस काउन्सिलमा समेत उजुरी दिएकी छु तर सुनुवाइ भएको छैन।' भारतीद्वारा सम्पादित स्थानीय पत्रिकाले आफ्नो खण्डनसमेत नछापेको उनको गुनासो छ।

पूर्वकर्मचारी मैनालीले महिला केन्द्रको इन्चार्ज हुँदा १ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको खुलेपछि जागिरबाट निलम्बन गरिएको समाजका अध्यक्ष मल्ल बताउँछन्। 'पदीय आचरणविपरीत काम गरेकाले कात्तिक १५ गतेदेखि निलम्बन गर्यौं ,' उनले भने, 'तर अहिले आएर ममाथि यौनदुर्व्यवहार आरोप लगाइन्, जसमा कुनै सत्यता छैन।' आरोप सावित भए आफू जस्तोसुकै कारबाहीसमेत भोग्न तयार रहेको मल्लले बताए।

महासंघ अध्यक्ष भारती भने आफूले पूर्वाग्रह नराखी समाचार सम्प्रेषण गरेको बताउँछन्। उनले केही दिनअघि आफूसहित पत्रकारको समूह कोपिला भ्यालीमा जाँदा दुर्व्यवहार भएको बताए। 'यो सब मेरै कारणले भएको हो भन्ने उहाँहरूको सोचाइ छ,' भारतीले भने, 'तर समाचार त मैनालीले पत्रकार सम्मेलन गरेपछि स्थानीय पत्रिकामा आएका छन्, यसमा मेरो कुनै दोष छैन।'

दश वर्षअघि नेपाल आएर सुर्खेत, भैरवस्थानमा कोपिला भ्याली सेवा समाज नामक संस्था स्थापना गरी अनाथ र टुहुरा बालबालिकाको सेवामा तल्लिन म्यागीलाई अमेरिकी टेलिभिजन सिएनएनले सन् २०१५ मा सिएनएन हिरो घोषणा गरेको थियो। पुरस्कारबापत प्राप्त झन्डै १ करोड रकमबाट सुर्खेतमा भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण गर्ने घोषणा उनले गरेकी छन्।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...