Sunday 4 Kartik, 2075 |
Menu

अर्थ

istl

गबारोले घटायो कफी उत्पादन

(0 votes)
गुल्मी- कफीमा लागेको सेतो गबारो नियन्त्रण नहुँदा यस वर्ष गुल्मीमा कफीको उत्पादन ह्वात्तै घटेको छ। गबारोका कारण उत्पादन घटेपछि किसान पनि कफी खेतीबाट विकर्षित हुन थालेका छन्। १५ वर्षअघि ७० मेटि्रकटन कफी उत्पादन गरेको गुल्मीमा यस वर्ष १५ मेटि्रकटन मात्र उत्पादन भएको छ। 'अहिले उत्पादन घटेको छ,' कफी बिक्री वितरणमा समन्वय गरिरहेको जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले भने, 'उत्पादन घट्नुको मुख्य कारण सेतो गवारो नै हो।'
nepali-patro-june
अर्ग्यानिक कफी उत्पादनमा विषादी प्रयोग गर्न नहुने भएकाले पनि उत्पादन घटेको हो। अर्ग्यानिक कफीको जिल्ला भनेर चिनिने गुल्मीमा कफी उत्पादनमा कुनै पनि विषादी प्रयोग गर्न जिल्ला कृषि विकास कार्यालयले निरुत्साहित गरेको छ। तर सेतो गबारो नियन्त्रणका लागि विषादीबाहेक कुनै अचुक जैविक उपाय पनि छैन।

संघको ११ औं राष्ट्रिय कफी दिवस कार्यक्रममा सहभागी जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनारायण पाण्डेले सेतो गबारो नियन्त्रण हुन नसकेको स्विकार्दै कार्यालयले कफी खेती गर्न किसान प्रोत्साहित गरीरहेकेा बताए। कार्यालयका बागबानी विकास अधिकृत फटकबहादुर थापाले जिल्लामा वर्षेनी करिब ८६ मेटि्रकटन कफी उत्पादन हुँदै आएको जानकारी दिए। उनका अनुसार जिल्लाभर कुल १ सय ५५ हेक्टरमध्ये ९१ हेक्टर जमिनमा कफी खेती गरिन्छ।

जिल्ला सहकारी संघका व्यवस्थापक युवराज अर्यालका अनुसार यस वर्ष संघमार्फत् कोरिया र जापानमा ७ मेटि्रकटन तयारी कफी निर्यात भयो। आन्तरिक बजारमा ३ मेटि्रकटन खपत भएको छ। 'गत वर्ष १८ मेटि्रकटन तयारी कफी उत्पादन र बिक्री भएको थियो,' उनले भने, 'अहिले जिल्लामा सरदर १६ मेटि्रकटन बिक्री हुन्छ।' किसानले व्यक्तिगत सम्पर्कका माध्यमबाट समेत कफी बिक्री गर्ने गरेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले सेतो गबारो रोग नियन्त्रणका लागि राष्ट्रिय स्तरमै अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...