9 Mangshir, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

No tabs to display
सुशील भट्टराई

सुशील भट्टराई

१२ वर्षदेखि पत्रकारितामा सक्रिय सुशील भट्टराई नागरिक उड्डयन विषयमा दख्खल राख्छन्। नागरिक दैनिकको स्थापना कालदेखि नै उनले नागरिक उड्डयन र पर्यटन विधाका समाचार लेख्दै आएका छन्।  

ट्विटरः @sushbhattarai

फेसबुकः facebook.com/susheelb

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

प्रधानमन्त्री अचानक विमानस्थल छिर्दा

काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा कर्मचारीदेखि सुरक्षा अधिकारीसम्म अकमक्क परे।


वायुसेवा निगम मुख्यालयमा बहुतल्ले मल्टिप्लेक्स भवन बन्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले राजधानीको न्युरोडस्थित संस्थाको मुख्यालय भत्काएर बहुतल्ले 'मल्टिप्लेक्स' निर्माण गर्न दिने निर्णय गरेको छ।

चिनियाँ जहाजले उडायो निगमको सपना

  • अर्थ
काठमाडौं- चिनियाँ जहाज उडाएर बजार हिस्सा ओगट्दै पर्याप्त आम्दानी गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको 'सपना' सपनामात्रै हुने भएको छ। गत वैशाखमा दुई साताभन्दा बढी थन्किएर बल्लबल्ल मर्मतपछि उडेको 'मोडर्न आर्क–६०' (एमए–६०) सिरिजको चिनियाँ जहाज फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ। यो जहाजको दायाँ इन्जिनमा समस्या उत्पन्न भएपछि 'ग्राउन्डेड' भएको हो।

आठ महिनादेखि चिनियाँ जहाज उडाउन सकिएन

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजलाई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आठ महिनादेखि उडाउन गरेको प्रयास अझै सफल हुन सकेको छैन।

विमानस्थल ग्राउन्ड ह्यान्डलिङ पाँच वर्ष वायुसेवा निगमलाई

  • अर्थ
काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको 'ग्राउन्ड ह्यान्डलिङ' सेवा आगामी पाँच वर्षका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दिएको छ । उड्डयन क्षेत्रको नियामक निकाय तथा मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय प्राधिकरणको सञ्चालक समितिले ग्राउन्ड ह्यान्डलिङ सेवा वायुसवा निगमलाई नै दिने निर्णय गरेको हो।

मासिक ८१ लाख तलब दिनुपर्ने प्रशिक्षक पाइलट एयरबसबाट सिँत्तैमा

  • अर्थ
काठमाडौं–युरोपेली जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमको चालकदल, उडान सञ्चालन र इन्जिनियरिङ पक्ष अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पाँच विज्ञ निःशुल्क उपलब्ध गराएको छ । यी विज्ञ निगमले आफैं व्यवस्था गर्ने हो भने मासिक ५ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।

वायुसेवा निगम पाँच वर्षपछि दुबई जाने

  • अर्थ
काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमले पाँच वर्षपछि पुनः युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईका लागि काठमाडौंबाट सिधा उडान गर्ने घोषणा गरेको छ । दुबई निगमको आठौं अन्तर्राष्ट्रिय गन्तव्य हुने छ। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेका 'ए३२०–२००' सिरिजका जहाजबाट दुबई उडान गर्न लागेको हो।

मंगलबार डेढ दर्जन आरोही सगरमाथा शिखरमा

काठमाडौं— सर्वोच्च शिखर सगरमाथा आरोहण क्रममा मंगलबार नेपाली तथा विदेशी गरी १६ आरोहीले विजयी झन्डा फहराएका छन्। सोमबार रातिदेखि विभिन्न क्याम्पबाट शिखरतिर उक्लिएकामध्ये स्वदेश तथा विदेशका १६ आरोही मंगलबार बिहान शिखर पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बद्ध आरोहण सम्पर्क अधिकृत (लियाजों) ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

क्यासिनो नियमावली संशोधन रोक्न माग

  • अर्थ
काठमाडौं–विदेशी लगानीमा राजधानीको लाजिम्पाटमा सञ्चालित क्यासिनो मिल्लेनायर्स क्लबले विश्व व्यापार संगठनमा व्यक्त प्रतिबद्धताविपरीत 'क्यासिनो नियमावली २०७०' संशोधन गर्न भइरहेको गृहकार्य रोक्न सरकारसँग माग गरेको छ ।

तीन विमानस्थललाई १४ अर्ब रुपैयाँ

काठमाडौं–सरकारले तीन नयाँ विमानस्थल निर्माणलाई उच्च प्राथमिकतामा राख्दै सकेसम्म चाँडै काम सम्पन्न गर्न करिब १४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार संसदमा आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्य प्रस्तुत गर्दै गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उक्त परिमाण बराबरको रकम विनियोजन गरिएको घोषणा गरेका हुन् ।
Subscribe to this RSS feed