Friday 24 Mangshir, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

'अर्काे शक्तिशाली भूकम्प जान सक्छ'

(3 votes)
लन्डन– नेपालमा अर्को शक्तिशाली भूकम्पको सम्भावना एक बेलायती अध्ययनले औंल्याएको छ । टेक्टोनिक प्लेटको घर्षणले गत वैशाखमा गोरखा, बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पजस्तै अर्को भूकम्प फेरि जान सक्ने सम्भावना सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले जनाएको हो ।


nepali-patro-june
भूकम्पको केन्द्र काठमाडौं आसपास हुनसक्ने अध्ययनको निचोड छ ।

वैशाखको भूकम्प अध्ययनमा अनुसन्धाताले राजधानी काठमाडौंको सतहमुनि नै टेक्टोनिक घर्षणको सम्भावना औंल्याएका छन् । अनुसन्धान समूहका प्रमुखसमेत रहेका बेलायती अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जोन एलियटले विज्ञप्ति जारी गर्दै टेक्टोनिक प्लेटको घर्षणले गहिराइबाट चिरा परी सतहतर्फ आएको ऊर्जा राजधानी काठमाडौंको सतहबाट ११ किलोमिटर मुनि रोकिएर बसेको जनाएका छन् । काठमाडौंको सतहमुनि र ऊर्जा अड्किए पनि मास्तिरको भाग चिरा नपरेका कारण गत वर्ष सबै ऊर्जा बाहिर निस्कन नपाएको अध्ययनमा देखिएको छ । यसको अर्थ काठमाडौंमा फेरि अर्को ठूलो भूकम्प जाने सम्भावना बाँकी नै रहेको 'नेचर जियोसाइन्स' जर्नलमा प्रकाशित जोनकै अनुसन्धानकर्ता समूहले उल्लेख गरेका थिए ।

अनुसन्धानकर्ताका अनुसार ऊर्जा जमिनमुनि अड्किएकै कारण अर्को शक्तिशाली भूकम्प सयौं वर्षमा नभएर केही वर्ष वा केही दशकभित्रै जाने प्रबल सम्भावना छ ।

इलियटले भूउपग्रहबाट प्राप्त 'हाई रिजोल्युसन' तस्बिरको अध्ययनमा भूकम्पीय ऊर्जाको सानो अंश मात्र गत वर्ष सतहमा निस्केको देखिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनका अनुसार जमिनमुनि वैशाखको भूकम्पले पारेको चिराको माथिल्लो भागमा ऊर्जाको दबाब निरन्तर बढ्दो छ ।

'चिराको माथिल्लो भाग जमिनको सतहनजिकै रहेकाले त्यहाँ थुप्रिएको ऊर्जा भविष्यमा एकैपल्ट सतहमाथि निस्किए गत अप्रिलकै जत्रो शक्तिशाली भूकम्प जान सक्ने र त्यसको असर वैशाखको भन्दा विनाशकारी हुनसक्छ,' इलियटले भनेका छन् ।

नेपाल दुई टेक्टोनिक प्लेटको घर्षण हुने प्रमुख 'फल्ट लाइन' मा अवस्थित छ । अस्ट्रेलिया र भारत रहेको इन्डो–अस्टे«लियन टेक्टोनिक प्लेट एसिया र युरोप रहेको युरेसियन प्लेटसँग घर्षण गर्छ । इन्डो–अस्टे«लियन टेक्टोनिक प्लेट बर्सेनि दुई सेन्टिमिटर दरले उत्तरपूर्वतिर सर्दा युरेसियन प्लेटसँग हुने घर्षणबाट ऊर्जा जम्मा हुने 'फल्ट लाइन' माथि नेपाली भूमिको अवस्थिति छ ।

यही प्रक्रियाबाट हिमालय पर्वत शृंखला निर्माण भएको भूगर्भविद बताउँछन् । यही टेक्टोनिक प्लेट घर्षणबाट उत्पन्न हुने ऊर्जाको दबाबका कारण 'फल्ट लाइन' बाट ऊर्जा बाहिर निस्कँदा भूकम्प जाने गर्छ ।

'नेचर जियोसाइन्स' जर्नलमा प्रकाशित लेख नेपालमा भूकम्पबारे गरिएको पछिल्लो अध्ययनको निचोड हो । अप्रिल २५ को ७.६ म्याग्निच्युड भूकम्पअघि पनि यो जर्नलले पूर्वचेतावनी दिएको थियो । नेपालमा ८० वर्षयता गएको विनाशकारी उक्त भूकम्पपछि मे १२ मा ६.९ म्याग्निच्युडको अनुकम्प गएको थियो ।

'नेचर जियोसाइन्स' जर्नलले नै पाँच महिनापूर्व पनि 'फल्ट लाइन' मा जम्मा भएको सबै ऊर्जा वैशाखको भूकम्पमा बाहिर ननिस्केकाले त्यत्रै अनुकम्प जाने सम्भावना औंल्याएको थियो । अप्रिल २५ को भूकम्प र मे १२ को अनुकम्पले नेपालमा पहिरो जानुका साथै ९ लाखभन्दा बढी घर भत्केका थिए भने लाखौं विस्थापित भएका थिए ।

'दुर्भाग्यवश अर्को भूकम्प जाने तिथिमिति ठ्याक्कै पूर्वानुमान गर्ने कुनै पनि तरिका छैन,' इलियटले विज्ञप्तिमा भनेका छन्, 'भूकम्प जाँदा जोगिनका लागि कस्तो तयारी देश र सहरले गरेका छन्, क्षति त्यसमै भर पर्छ ।'

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...