Tuesday 11 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

पूर्वी नाका पूर्ण संचालनमा

(0 votes)
झापा–एक सातायता नाका पूरै सहज बनेपछि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको राजस्व असुली दर बढेको छ । असोज ६ देखिको भारतीय नाकाबन्दीपछिको लामो समय आपूर्ति असहज बन्दा भन्सारको राजस्व असुली प्रभावित बनेको थियो।
nepali-patro-june

'अहिले भारतीय भूमिमा कुनै पनि अवरोध छैन, हाम्रा गाडी उता रोकिएका छैनन्', मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले भने, 'सात दश दिन भयो आपूर्ति व्यवस्था सहज छ ।' उनका अनुसार असोज ६ गते अघिको सहज अवस्थामा झैं अहिले दैनिक २ सय वटाको दरमा मालबाहक गाडीहरु काँकडभिट्टा नाकामा भित्रिरहेका छन् ।

त्यसमा ८० प्रतिशत हिस्सा कोइला र क्लिंकरको छ भने बाँकी २० प्रतिशत खाद्य सामग्री, इन्धन र तेस्रो मुलुकबाट आउने जुस, कपडा तथा इलेक्ट्रोनिक सामान छन् । यी सामानहरु अहिले नियमित रुपमा बिना अवरोध आइरहेका छन् । व्यवसायीहरु पनि केही समययता निर्वाध कारोबार भइरहेको बताउँछन् ।

आन्दोलनकारी मधेशी मोर्चाको कुनै अवरोध नभए पनि काँकडभिट्टा नाका पनि नाकाबन्दीको मारमा लामो समय पर्यो । शुरुको डेढ महिना जति दैनिक पाँचदेखि १० वटा मालबाहक गाडी छिर्न पनि मुश्किल थियो । जसका कारण मेची भन्सारले लक्ष्य गरेको राजस्व असुली पूरै प्रभावित भयो।

यद्यपि पछिल्लो महिना दिनयता आवागमन केही खुकुलो बन्दा चाहिँ भन्सारले राजस्व असुली बढाएको छ । यसपटकको पहिलो अर्ध वार्षिक लक्ष्य हासिल गर्न भन्सार सफल भएको छ । मेची भन्सारले साउनदेखि पुससम्मको अर्धवार्षिक लक्ष्य २ अर्ब ६१ करोड रुपैयाँ निर्धारण गरेको थियो । पुस मसान्तको एक दिनअघिसम्ममा भन्सारले २ अर्ब ९३ करोड रुपैयाँ राजस्व असुलेको छ । यो शतप्रतिशतभन्दा १२ प्रतिशतले बढी हो ।

भन्सारका अनुसार गएको साउनमा ३४ करोड ७ लाख लक्ष्यमा ४३ करोड ६५ लाख असुली भएको थियो । भदौमा लक्ष्य भेटिएको थिएन । ४८ करोड २७ लाख लक्ष्य निर्धारण हुँदा त्यो महिनामा ३४ करोड ८८ लाख मात्रै असुली भएको थियो । नाकाबन्दी शुरु भएको असोज महिनामा पनि लक्ष्य हासिल हुन सकेन ।

४२ अर्ब ५९ लाख लक्ष्य तोकिएको असोजमा ४० करोड ७ लाख मात्रै असुली भएको थियो । नाकाबन्दीको असर कात्तिकको राजस्वमा पनि देखा पर्यो । ४५ करोड ४३ लाख लक्ष्य राखेको महिनामा ४१ करोड ५९ लाख मात्रै उठ्यो । तर, पछिल्लो दुई महिना मंसिर र पुसमा भने लक्ष्यभन्दा धेरै राजस्व असुली भएको छ । दुईटै महिनाका लागि निर्धारित लक्ष्य ४५ करोड ४३ लाख हो । त्यसमध्ये मंसिरमा ७० करोड ४३ लाख र पुसमा ७४ करोड ४७ लाख असुली भएको छ ।

'पछिल्लो समयमा आपूर्ति बढेपछि यो सम्भव भयो', भन्सार प्रमुख अधिकारीले भने 'अब यस्तै अवस्था रह्यो भने वार्षिक लक्ष्य पनि पूरा हुन्छ ।' उनका अनुसार चालु आर्थिक वर्षका लागि ५ अर्ब ६४ करोड रुपैयाँ राजस्वको लक्ष्य भन्सारले निर्धारण गरेको छ ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...