Monday 10 Ashwin, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

रंगेली मारिएकाको शव यात्रामा हजारौं सहभागी (भिडियाे)

(0 votes)
रंगेली मारिएकाको शव यात्रामा हजारौं सहभागी (भिडियाे)
विराटनगर— प्रहरीले हानेको गोली लागेर रंगेलीमा मृत्यु भएका तीनजनाको शव यात्रामा हजारौं सहभागी भएका छन्। शव यात्रामा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव र राजेन्द्र महतो समेत सहभागी छन्।
nepali-patro-june

विराटनगरस्थित कोसी अञ्चल अस्पतालबाट निस्केको शव यात्रा अहिले विराटनगर बजार क्षेत्र परिक्रमा गर्दैछ। शव यात्रामा विराटनगर र गाउँ–गाउँबाट आएका सर्वसधारणले सहभागिता जनाएका हुन्।

शान्तिपूर्ण रुपमा शवयात्रा निकालिएको मोर्चाका नेताहरुले बताएका छन्। शव यात्रालाई दृष्टिगत गर्दै विराटनगरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बजार, स्कूल र कलेज बन्द छ ।

भिडियाे

सवारी साधनहरुमा चढेर हजारौंको संख्यामा मोर्चा समर्थकहरु शव यत्रामा सहभागी भएका छन्। विराटनगरको परिक्रमा पछि शव यात्रा रंगेली लगिनेछ। बिहीवार मोरङको पुरानो सदरमुकाम रंगेलीमा एमाले समर्थित युवा संघले गरेको कार्यक्रम बिथोल्ने क्रममा प्रहरीले गोली चलाउँदा द्रोपतीदेवी चौधरी, शिबु माझी र महादेव ऋषिदेवको मृत्यु भएको थियो ।

राज्यद्वारा नरसंहार : यादब

शव यात्रामा सहभागि हुन विराटनगर आइपुगेका संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले रंगेलीमा राज्य आंतक भएको आरोप लगाएका छन्। उनले राज्य आंतक गरेर रंगेलीमा नरसंहार गरेको बताउँदै रंगेली घटनाको न्यायिक छानविन हुनुपर्ने माग गरे। 'आन्दोलन जारी रहन्छ,' पत्रकारहरुसित कुरा गर्दै नेता यादवले भने, 'रंगेली घटनाको न्यायिक छानविन हुनुपर्छ ।'

 

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...