Sunday 8 Falgun, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

नेतृत्व दौड, आकांक्षी धेरै

(0 votes)
सिन्धुपाल्चोक- नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा जिल्ला नेतृत्वको दौड सुरु भएको छ। आधा दर्जनभन्दा बढी नेता प्रतिस्पर्धामा छन्। पूर्वसभापति भूपेन्द्र थापा, वर्तमान जिल्ला सचिव कृष्ण न्यौपाने, महाधिवेशन प्रतिनिधहरू हरिशरण श्रेष्ठ, विकास लामा, प्रेमध्वज लामा, विष्णु खत्री र पुराना नेता भोला बोहरा जिल्ला सभापतिको आकांक्षी हुन्।

nepali-patro-june
कार्यकाल हदका कारण वर्तमान सभापति मोहनबहादुर बस्नेत पुनः सभापति हुन नपाउने भएपछि नेताहरुले सार्वजनिक रुपमै दाबेदारी प्रस्तुत गर्न थालेका हुन्।

आकांक्षी थापा स्वाभाविक रूपमा नेतृत्वमा दाबेदारी रहने बताउँछन्। 'मनस्थिति बनाएर साथीभाइबीच निस्किसकेको छु,' उनले भने, 'पार्टीमा लामो समयदेखि योगदान गरेकाले जित्नेमा ढुक्क छु।'

संस्थापन कांग्रेसको पक्कड रहेको जिल्लामा यसपटक वरिष्ठ नेता देउवापक्षीय उम्मेदवार कोही देखिएको छैन। देउवापक्षीय एक्ला नेता बस्नेतले कसलाई समर्थन दिन्छन्, त्यो बढी महत्वपूर्ण रहने छ। उनको समर्थन प्राप्त नेताले नै भावी नेतृत्व सम्हाल्ने जिल्लाका कांग्रेसी स्वीकार्छन्।

अर्का आकांक्षी नेता श्रेष्ठ नेतृत्व लिन सबैभन्दा पहिले सार्वजनिक घोषणा गरेकाले पछि नहट्ने बताउँछन्। 'तयारीमा जुटिसकेको छु, सबैको साथसहयोग पाउने बचन पाएकाले नेतृत्व लिने सम्भावना देखेको छु,' उनले भने। जिल्ला सचिव न्यौपाने सभापतिका लागि दाबी प्रखर रहने बताउँछन्। नेता लामा (विकास) ले अहिलेसम्म सार्वजनिक रुपमा दाबेदारी पेस नगरे पनि आन्तरिक तयारी थालिसकेका छन्।

युवा नेता तथा उपप्राध्यापक लामा (प्रेमध्वज) ले त केही महिनाअघि नै स्थानीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उम्मेदवारी घोषणा गरिसकेका थिए। नेतृत्वका अर्का आकांक्षी महाधिवेश प्रतिनिधि खत्री तातोपानी नाकाका व्यवसायी हुन्। आधिकारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि आफूनिकट व्यवसायी र नेतासँग उनले नेतृत्व दाबी गर्ने गरेका छन्। नेता बोहराले भने दाबेदारी प्रस्तुत गरिनसकेको दाबी गरे। 'दाबी गर्नुअघि गाउँ अधिवेशन नै भिड्नु छ। त्यसपछि मात्रै बाँकी कुरा हुन्छन्,' उनले भने।

जिल्लापछि महाधिवेशनमा भाग लिन पाउने र केन्द्रमा दाबेदारीसमेत प्रस्तुत गर्न पाउने क्षेत्रीय अधिवेशनमा ठूलो प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसमा विधानअनुसार महाधिवेशन प्रतिनिधि बन्न र जिल्ला चुनावमा आफूअनुकूल नेतृत्व ल्याउन गाउँ र क्षेत्रबाट चुनिनुपर्छ। तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्रीय अधिवेशनमा झन्डै आधा दर्जनको दरले उम्मेदवारी पर्ने देखिएको छ।

असन्तुष्टद्वारा तालाबन्दी

गाउँ र नगर वडा इकाइ अधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। मुलुकभरका गाउँ तथा वडा इकाइमा शुक्रबार अधिवेशन हुँदैछ। क्रियाशील सदस्यताका विषयमा असन्तुष्टि जनाउँदै काँग्रेस बाँकेका संगठन विभाग प्रमुख अमर खड्काको समूहले तालाबन्दी गरेको हो।

पार्टी सचिव रवीन्द्र हमालका अनुसार खड्काकी पत्नीसहित २४ जनाले सदस्यता स्थानान्तरणका लागि यसअघि नै निवेदन दिएका थिए। त्यसमध्ये दुईजनाको सदस्यता मात्र स्थानान्तर भएर आएपछि असन्तुष्टि जनाउँदै बिहीबार बेलुका पौने ६ बजेतिर खड्काको समूहले तालाबन्दी गरेको सचिव हमालले बताए।

नेपालगन्ज–१३ स्थित कार्यालयको मूलगेटमा लगाइएको तालाबन्दीका कारण पार्टीको महत्वपूर्ण काम प्रभावित हुने देखिएको छ। क्रियाशील सदस्यतामा नाम र ठेगाना फरक परेको, मृतक व्यक्तिको नाम सदस्यताबाट नहटाइएको, पार्टी छाडेर गएकालाई पनि सदस्यता दिएको लगायत गुनासो काँग्रेस कार्यकर्ताले लगाउँदै आएका छन्।

म्याग्दीमा चुनावी सरगर्मी

नेपाली कांग्रेसको अधिवेशन नजिकिएसँगै जिल्लाभर चुनावी सरगर्मी बढेको छ। शुक्रबार (माघ १५) गाउँ तथा नगर वडा अधिवेशन र २५ गते जिल्ला अधिवेशन हुँदैछ। जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा चुनिनका लागि गाउँबाटै निर्वाचित हुनुपर्ने प्रावधान भएकाले नेताहरूलाई गाउँका कार्यकर्ता रिझाउन भ्याइनभ्याइ छ।

पुराना नेता सर्वसम्मति खोजिरहेका छन् भने नयाँचाहिँ निर्वाचनै गरेर भए पनि प्रतिनिधि हुने दाउमा छन्। संस्थापन र देउवा पक्षबीच गाउँदेखि जिल्लासम्म निकै प्रतिस्पर्धा हुने देखिएको छ। 'अधिवेशनको तयारी पूरा भएको छ, धेरै ठाउँमा चुनावबाटै प्रतिनिधि छनोटको सम्भावना छ,' सभापति रेशमबहादुर बानियाँले भने। उनका अनुसार निर्वाचन अधिकृतलाई प्रशिक्षण दिएर सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ। नेपाली कांग्रेसको म्याग्दीमा १ हजार ५ सय १९ जना क्रियाशील सदस्य छन्।
ध्रुव दङ्गाल/सिन्धुपाल्चोक, अर्जुन ओली/नेपालगन्ज, हरिकृष्ण गौतम/म्याग्दी

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...