Wednesday 22 Mangshir, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

भ्रष्टाचारमा ४ विरुद्ध मुद्दा

(0 votes)
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठसहित चार जनालाई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

nepali-patro-june
सामान खरिद एवं ढुवानीका क्रममा ८० लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै सशस्त्रका तत्कालीन महानिरीक्षक श्रेष्ठसहित लेखा प्रमुखसमेत रहेका सशस्त्र प्रहरी निरीक्षक तकमान महरा, भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक रामचन्द्र श्रेष्ठ र अदिती ट्रान्सपोर्टका सञ्चालक भरतकुमार थापाविरुद्ध अख्तियारले आइतबार मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता कृष्णहरि पुष्करका अनुसार खरिद र ढुवानी नै नगरेको विषयमा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। पुष्करका अनुसार महानिरीक्षक श्रेष्ठले ८० लाख ९३ हजार ६ सय १०, लेखा प्रमुख महराले ८० लाख ९३ हजार ६ सय १०, भण्डार प्रमुख श्रेष्ठले १८ लाख ३९ हजार ५ सय १० र अदिती ट्राभल्सका सञ्चालक थापाले ५७ लाख २१ हजार ५ सय ७० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको छ। सञ्चालनमै नरहेको सत्यम ट्रान्सपोर्टका नामबाट समेत नक्कली बिल तथा भर्पाई गराएर भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ। केही दिनअघि आयोगले सशस्त्रका अर्का महानिरीक्षक कोषराज वन्तसहित नौ जनाविरुद्ध पनि नक्कली बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...