Thursday 13 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

राष्ट्रपतिसमक्ष निर्वाचन मिति तोक्ने अधिकार माग्दै आयोग

(0 votes)
काठमाडौँ- निर्वाचनको मिति तोक्ने अधिकार आफैँमा रहनुपर्ने प्रस्ताव निर्वाचन आयोगले गरेको छ। राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आव २०७१/७२ को वार्षिक प्रतिवेदन पेस गर्दै आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने-
nepali-patro-june
"निर्वाचनको मिति तोक्ने अधिकार आयोगमा रहेको अवस्थामा मात्र आवधिक निर्वाचन गर्ने मान्यतालाई स्थापित गर्न सहज हुन्छ ।" आयोगले दिएका सुझाव संविधानमा समावेश हुन नसकेको र आगामी संविधान संशोधनमा सो अधिकारसहित आयोगको स्वतन्त्रता अभिवृद्धिका लागि संसद्बाट एकमुष्ट बजेट प्राप्त गरी आवश्यकताअनुसार आफैँले बाँडफाँड गर्न पाउनुपर्ने उनले माग गरे।

साथै, कार्यबाहक प्रमुख डा यादवले आयोगको क्रियाकलापउपर संसदीय समितिले अनुगमन गर्ने व्यवस्था संवैधानिक अङ्गको स्वतन्त्रता प्रतिकूल हुने, आयोगका पदाधिकारीलाई महाअभियोग लगाउनुअघि संसदीय समितिका सदस्यले उजुरी हेर्ने व्यवस्था हटाउनुपर्ने र आफ्ना कर्मचारीको व्यवस्थापनमा आयोग स्वायत्त हुनुपर्नेमा पनि जोड दिए।

उनले संविधानमा व्यवस्था भए बमोजिमको निर्वाचनका लागि एकीकृत कानुन तर्जुमा गर्ने, आयोगको संस्थागत संरचना र मानवीय संशाधनको व्यवस्थापन गर्ने, मतदाता शिक्षालाई व्यापक बनाई निर्वाचनमा मतदाता सहभागिता बढाउने, बदर मत न्यून गर्ने, मतदाता नामावलीलाई पूर्ण र शुद्ध बनाउनेजस्ता काम आयोगले अघि बढाउने जानकारी दिए।

जैविक विवरणयुक्त (बायोमेट्रिक) फोटोसहितको मतदाता नामावली तथा सोका आधारमा मतदाता परिचयपत्र तयार गरी लागू गर्ने कार्य मुख्य उपलब्धिका रुपमा रहेको बताउनुभएका उनले एक प्रमुख आयुक्त र चारजना आयुक्त रहने आयोगमा हाल दुईजनामा मात्र सीमित रहनुपरेको पनि उल्लेख गरे। रासस

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...