Sunday 4 Bhadra, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

कालोबजारमै हराउँछ ग्यास

(0 votes)
कालोबजारमै हराउँछ ग्यास
काठमाडौं– भारतीय नाकाबन्दी र मधेस आन्दोलनका बाबजुद पुसमा ग्यास आपूर्ति ४२ प्रतिशतले बढेको छ। ध्वस्त वितरण प्रणाली र कालोबजारीका कारण उपभोक्ताका सिलिन्डर भने रित्तै छन्, चुलो चिसै। नेपाल आयल निगमको तथ्यांकअनुसार पुसमा मात्र ९ हजार २ सय टन ग्यास भित्रिएको छ। मंसिरमा यो परिमाण ५ हजार २ सय ८७ टन मात्र थियो। आयात यसरी बढे पनि कालोबजारीका कारण आम उपभोक्ताले ग्यासको गन्धसमेत सुँघ्न पाएका छैनन्।

nepali-patro-june
तराई बन्दसँगै भारतीय नाकाबन्दी सुरु भएपछि असोजमा स्वात्तै घटेको ग्यास आयात पुस महिनासम्म आइपुग्दा बढिरहेको छ। तैपनि उपभोक्ताहरुले सुरुकै महिना (असोज) को अभाव झेलिरहेका छन्। निगमको तथ्यांकले भने असोजदेखि पुससम्म हरेक महिना आयात बढिरहेको देखाउ"छ।

अर्कोतर्फ, ग्यास आपूर्ति तत्काल सहज हुने वा सुधार हुने कुनै संकेत देखिएको छैन। भारतबाट तत्काललाई यो भन्दा बढी आपूर्ति हुने देखिएको छैन। ...कुल मागको १७ देखि २० प्रतिशत मात्र ग्यास आपूर्ति भइरहेको छ,' नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बिहीबार संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिका सदस्यलाई जवाफ दिँदै भनेका थिए। साथै, उनले वीरगन्जको रक्सौल भन्सारमा सयौं संख्यामा ग्यास बुलेट रोकिएको जानकारी समितिलाई दिएका थिए।

निगमको तथ्यांकले असोजदेखि ग्यासको आयात नियमित रुपमा बढेको देखाउ"छ। नाकाबन्दी र आन्दोलन सुरु हुनुअघि भदौमा २० हजार ६ सय ३९ टन ग्यास आएको थियो। त्यसयता असोजमा यो मात्रा घटेर ४ हजार ४ सय ९८ टन मात्र आयात भयो। कात्तिकमा बढेर ५ हजार १३ टन पुग्यो।

मंसिर र पुसमा क्रमशः ५ हजार २ सय ८७ र ९ हजार २ सय टन ग्यास आयो।

यत्रो ग्यास कहाँ गइरहेको छ?

निगमले वितरण प्रणाली नियमित, पारदर्शी, चुस्त बनाउन नसक्दा आएको ग्यास कालोबजारियाको मुखमा परेको छ। उनीहरुले उपभोक्तालाई मनपर्दी चर्काे मूल्यमा बेचेर अर्बाैं कमाइरहेका छन्।

चुस्त वितरण मिलाउनुको साटो निगमका अधिकारी कालोबजारियालाई संरक्षण दिएर उपभोक्ता लुटिरहेका छन्।

उपभोक्ता हित संरक्षणका क्षेत्रमा कार्यरत संघसंस्था र व्यक्तिहरुले सरकारले ध्वस्त भएको वितरण प्रणाली सुधार्न र कालोबजारी नियन्त्रण गर्न नसकेका कारण सर्वसाधारणले दुःख पाइरहेको बताउ"छन्।

'आपूर्ति भइरहेको अधिकांश ग्यास रिफिलिङ कम्पनी र डिलरहरुले देशका ठूला–ठूला होटल र व्यापारिक घरानाहरुलाई प्रत्यक्ष रुपमा बेचिरहेका छन्,' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने, 'यसले गर्दा तीन महिना अघिदेखि लाइनमा बसेका उपभोक्ता मर्कामा परेका छन्। उनीहरुलाई नाम मात्रका संख्यामा ग्यास वितरण गरिएको छ।'

तिमिल्सिनाले ग्यास आपूर्ति सहज बनाउने सवालमा सरकारी नीति अस्पष्ट भएकाले पनि समस्या आएको बताए। 'ग्यास आपूर्ति र वितरण सरकारको नियन्त्रणबाहिर छ। यही काम गर्दै आएका निजी कम्पनीहरु हाबी भइरहेका छन्। उनीहरुको काम पनि अपारदर्शी छ। सरकारले मनपरी ग्यास वितरणलाई सरकारले प्रभावकारी रुपमा नियमन गर्न पनि सकिरहेको छैन,' उनले भने।

नेपाल ग्यास व्यवसायी संघका अध्यक्ष शिव घिमिरे वीरगन्ज, रक्सौल नाकामा थन्किएका २ सय ५० ग्यास बुलेट नेपाल नभित्रिएसम्म आपूर्ति सहज नहुने बताउ"छन। ...ती बुलेट त्यहा" थन्किँदासम्म भारतीय आयल निगमले अन्य बुलेटमा ग्यास भर्दैन,' उनले कारण खुलाए।

निगमले ग्यास वितरण चुस्त बनाउन मात्र नसकेको होइन, अन्तर्राष्ट्रिय बजारमा घटिरहेको पेट्रोलियम पदार्थको मूल्य समायोजनसमेत नगरी उपभोक्तालाई चुसिरहेको छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...