Wednesday 15 Bhadra, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

कुल नाफामा ५ बैंकको ४३ प्रतिशत हिस्सा

(0 votes)
कुल नाफामा ५ बैंकको ४३ प्रतिशत हिस्सा
काठमाडौं – गत आर्थिक वर्ष घट्दो अवस्थामा रहेको वाणिज्य बैंकहरुको नाफा चालु वर्षमा भने उच्च दरले बढिरहेको छ। समस्यामा परेका ऋणहरु विस्तारै उठ्न थालेको र ब्याज दरमा फराकिलो अन्तर (स्प्रेड) ले वाणिज्य बैंकहरुको नाफा बढेको हो। चालु आर्थिक वर्षको चैत मसान्तमा मात्रै बैंकहरुको नाफा ४५ प्रतिशतले बढेको छ। गत पुसमा नाफाको वृद्धि दर ५० प्रतिशत थियो भने असोजमा ४१ प्रतिशत। सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकले चैतसम्म १२ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएका छन्।
nepali-patro-june
नाफा वृद्धिमा सबैभन्दा बढी योगदान निजी क्षेत्रका ५ वटा बैंकको छ। नबिल, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकको कुल नाफा ५ अर्ब ४८ करोड रुपैयाँ छ। यो ३२ वाणिज्य बैंकले चैत मसान्तसम्म गरेको कुल नाफाको ४२.४८ प्रतिशत हो। यी बैंकहरुको नाफा समस्यामा परेको ऋण उठेको, फराकिलो स्प्रेड दर र शुल्क, कमिसन तथा छुट आम्दानीका कारण वृद्धि भएको हो।

सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ। बैंकको नाफा १ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ पुगेको छ। बैंकले गत पुसमै नाफा १ अर्ब नघाएको थियो। यसपछि नेपाल इन्भेस्टमेन्ट बैंकले नाफा बढाएको छ। इन्भेस्टमेन्टको नाफा १ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। एभरेस्ट बैंकले १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ नाफा गरेको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि १ अर्ब ३ करोड २५ लाख रुपैयाँ नाफा गरेको छ।

निजी क्षेत्रका अर्को बैंक हिमालयनको नाफा ७१ करोड ८० लाख रुपैयाँ पुगेको छ। स्ट्यान्डर्ड चार्टर्डको गत वर्षको भन्दा नाफा वृद्धि दर घटेपनि ८४ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

...अझै पनि बैंकहरुको नोक्सानी व्यवस्थाको रकम (प्रोभिजनिङ) उच्च नै छ, प्रोभिजनिङ घट्न थालेपछि नाफा अझ बढ्ने छ,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नागरिकसँग भने, ...बैंकहरुले यसपाली ऋण लगानी वृद्धि गरेका कारण पनि आम्दानी बढेको हो।'

नाफा वृद्धिमा सबैभन्दा बढी योगदान ब्याज आम्दानीको रहेको छ। पाँच ठूला बैंकमध्ये ब्याज आम्दानीमा बढी निर्भर एभरेस्ट बैंक छ। बैंकको कुल आम्दानीमा ब्याज आम्दानीको हिस्सा ८१.४ प्रतिशत छ। यसपछि नेपाल इन्भेस्टमेन्ट बैंकको निर्भरता ७८.१२ प्रतिशत रहेको छ। नबिल बैंकको पनि ७६.४९ प्रतिशत छ। स्ट्यान्डर्ड चार्टर्ड र हिमालयनको ७० प्रतिशतको हाराहारीमा छ। यी बैंकले बाँकी आम्दानी भने कमिसन, छुट र शुल्कबाट गरेका छन्। ब्याज आम्दानी ऋण लगानी गरेपछि मात्र हुने भएकाले यसमा जोखिम बढी हुन्छ। कार्ड कारोबार, बैंक ग्यारेन्टी (प्रत्याभूति), अन्य सेवा बिक्रीबाट शुल्क तथा कमिसन आम्दानी हुन्छ। यस्तो आम्दानीमा जोखिम कम हुन्छ।

निजी क्षेत्रका पाँच ठूला बैंकमध्ये सबैभन्दा बढी निक्षेप नेपाल इन्भेस्टमेन्ट बैंकसँग छ। इन्भेस्टमेन्टले ५८ अर्ब ५२ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यसपछि नबिलले ५७ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ। एभरेस्टको ५१ अर्ब २९ लाख, हिमालयनको ४७ अर्ब ९१ लाख र स्ट्यान्डर्ड चार्टर्डको ३८ अर्ब २५ लाख रुपैयाँ निक्षेप छ। कर्जा विस्तारमा पनि इन्भेस्टमेन्ट बैंक अगाडि छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...