×

Warning

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 9 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सिएसआरमा पनि प्रतिस्पर्धा

(0 votes)
सिएसआरमा पनि प्रतिस्पर्धा
काठमाडौं- व्यापार व्यवसायमा प्रतिस्पर्धा गरिरहेको व्यावसायिक प्रतिष्ठानहरु पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)मा पनि भिडिरहेहा छन्। कम्पनीहरुले व्यवसाय गरिरहेको समाजप्रति उत्तरदायित्व पनि छ है भनेर स्वस्फूर्त रुपमा सहयोग गर्ने परिपाटी सिएसआर हो।
nepali-patro-june
यसमा कम्पनीहरुले आर्जित नाफाको केही हिस्सा समुदायलाई कुनै न कुनै रुपमा दिने गर्छन्। यसमा नगद, भौतिक सामग्री, छात्रवृति प्रदान गर्ने लगायतका काम गरिन्छ।  
पछिल्लो समय सनादेखि ठूला व्यवसायिक प्रतिष्ठानले सिएसआरमा नाफाको केही हिस्सा खर्च गर्न थालेका छन्। यसमा ठूला र धेरै नाफा गर्नेले धेरै र थोरै नाफा गर्नेले थोरै लगानी गर्छन।
व्यवसायिक घरानामध्येको सबैभन्दा ठूलो चौधरी ग्रुपले सिएसआरमा लाखौं रकम खर्च गर्ने गरेको छ। यो समूहले शिक्षालाई प्राथमिकतामा राखेर यसको विकासमा रकम खर्च गरिरहेको छ। समता शिक्षालाई आर्थिक सहयोग गर्ने देखि  देशमा सबैभन्दा धेरै बिक्री हुने चाउचाउको नामममा सुरु गरेको वाईवाई ज्ञानज्योति छात्रवृत्ति वितरण गर्नेसम्मका सामाजिक काममा चौधरी समूहले वार्षिक लाखौं रुपैयाँ खर्च गर्ने गरेको छ।
सिजी फाउन्डेसन मार्फत उसले सिएसआरका कार्यक्रमलाई व्यवस्थित गर्दै आएको छ। केही समय अघिमात्रै उसले बंगलादेशको युनुस सेन्टरसँग मिलेर नेपालमा व्यवसायिकताको विकासका लागि सोसियल बिजनेस सञ्चालनका लागि दस लाख अमेरिकी डलरको कोष समेत स्थापना गरेको छ।
खेतान समूहको गोर्खा ब्रुअरीले पनि सिएसआरमा वार्षिक करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ। उसलेे नवलपरासीस्थित उद्योग वरपरका समुदायमा र स्कुलका लागि मासिक ७५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। नेपाली खेलकुदलाई सहयोग र प्रवर्द्धन गर्न गोर्खा ब्रुअरीले नै भर्खरै मात्र सम्पन्न भएको सहिद स्मारक 'ए' डिभिजन लिग सञ्चालनका लागि ७५ लाख रुपैयाँको पुरस्कार प्रयोजन गरेको थियो।  
बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत 'खेल पर्यटन' सहित अन्य धेरै सामाजिक कार्यका लागि लाखौ रुपैयाँ खर्च गर्ने गरेको छ। सूर्य नेपालले आशा नामक अभियान अन्तर्गत शिक्षा, प्रकृति अभियान अन्तर्गत वनजंगलको संरक्षण र वृक्षरोपण, स्वास्थ्य अभियानमा पनि जनचेतना फैलाउने काम गरिरहेको छ। खेल पर्यटन अभियान अन्तर्गत सूर्य नेपालले प्रत्येक वर्ष नेपालमै सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल मस्टर्स गल्फ प्रतियोगिता आयोजना गर्छ।
सरकारलाई सबैभन्दा धेरै कर तिर्ने मध्येका दूई दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेल पनि सिएसआरको मामिलामा अग्रपंक्तिमा छन्।
एनसेलले विगत तीन वर्षयता शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको छ। ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा  प्रदान गर्ने उद्देश्यले एनसेललेे सहयोग गरिरहेको छ। उसले मुलुकभरका ४१  जिल्लाका स्कुललाई आर्थिक सहयोग गर्ने गरेको छ। सन् २०१३ मा मात्रै उसले करिब दुई करोड ५० लाख रुपैयाँभन्दा धेरै रकम शिक्षामा खर्च गर्ने बताएको छ।  जसबाट २५ हजार विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुनेछन्। देशका विभिन्न भागहरुमा डिजिटल पुस्तकालय सञ्चालन गर्न, छात्रवृत्ति प्रदान गर्न, महिला सशक्तीकरण र खेलकुदका लागि पनि एनसेलले ठूलो रकम खर्च गर्ने गरेको छ। एनसेलले हालसम्म शिक्षामा ५ करोड रुपैयाँभन्दा धेरै रुपैयाँ खर्च गरिसकेको बताएको छ।
नेपाल टेलिकमले पनि शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक तथा सामुदायिक विकास, मानविय सहयोग जस्ता क्षेत्रमा वार्षिक रुपमा ठूलो रकम खर्च गर्दै आएको छ।
बैद्यज अर्गनाईजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेज (भ्वइथ) लेे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, गरिबी न्यूनीकरण, वातावरण संरक्षण र खेलकुदमा ठूलो रकम खर्च गर्छ। उसले आफ्ना उद्योग वरपरका समुदायमा स्कुल निर्माण गर्ने, शारिरीक रुपमा असक्षम र गरिब विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिरहको छ। उसले वार्षिक १७ जनालाई कृषि, चिकित्सा विज्ञान र इन्जिनियरिङ अध्ययनका लागि फिलिपिन्स पठाउने गरेको छ। सिएसआर अन्तर्गत उसले राजधानीका विभिन्न स्थानमा हरियाली सहितको यात्रु प्रतिक्षालय निर्माण गर्ने, नेपाल रेडक्रस सोसाइटी, परिवार नियोजन संघ, राष्ट्रिय निकुञ्जलाई सवारी साधन पनि प्रदान गरिसकेको छ। खेलकुदको प्रवर्द्धनक लागि पनि भ्वइथले अखिल नेपाल फुटबल संघ, टोयोटा गल्फ र हक्की प्रतियोगितालाई पनि सहयोग गरिरहेको छ।
मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेजले पनि वार्षिक रुपमा उलेख्य रकम सिएसआरमा खर्च गर्ने गरको छ। आफु आधिकारिक वितरक रहेको स्कोडा गाडीको प्रवर्द्धनार्थ इसिमोडसँगको सहकार्यमा वातावरण संरक्षणको अभियानमा हात बढाएको छ। त्यसैगरी उसले सवारी चालक र त्यसमा पनि मोटरसाइकल चालकहरुलाई सुरक्षित रुपमा सवार गर्न उत्प्रेरित गर्नका लागि यामाहा सेफ राइडिङ साइन्स अभियान पनि प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ।
युनिलिभर नेपाल, डाबर नेपाल, बोटलर्स नेपाल जस्ता बहुराष्ट्रिय र गोल्छा अगनाईजेसन,  लक्ष्मी इन्टरकन्टिनेन्टल, बतासजस्ता ठूला व्यवसायिक प्रतिष्ठान सिएसआरमा  अग्रपंक्तिमा आउँछन्।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...