Monday 9 Shrawn, 2074 |
Menu

अर्थ

istl

व्यक्तिगत र तेस्रो पक्ष धितो कर्जाको समय थप

(0 votes)
काठमाडौं - नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षबाट व्यक्तिगत प्रयोजन, तेस्रो पक्षको धितो राखेर दिइएको ऋण र ब्याज आउने गरी एक वित्तीय संस्थाले अर्कोमा पैसा राख्न नपाउने व्यवस्थालाई खुकुलो बनाउने भएको छ। केन्द्रीय बैंकले सोमबार एकीकृत निर्देशिका जारी गर्दै पुरानो व्यवस्था खुकुलो बनाउन लागेको हो।

बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा राष्ट्र बैंकले समय थप गर्ने भएको हो। राष्ट्र बैंकले एक पटकका लागि भन्दै समय थप्न लागेको हो। राष्ट्र बैंकले तेस्रो व्यक्तिको धितोमा दिइएका पुराना ऋण परिपक्व नभएसम्मलाई समय बढाएको हो। व्यक्तिगत ऋण १ करोड रुपैयाँमा झार्नुपर्ने र ब्याज आउने गरी अर्को संस्थामा पैसा राख्ने व्यवस्था एक वर्ष थपिएको हो। सर्वसाधारण, उद्यमी र बैंकरको आग्रहमा राष्ट्र बैंकले यसको समय बढाइदिएको हो।
व्यक्तिगत प्रयोजनका लागि दिइएको ऋण करोडभन्दा तल झार्न राष्ट्र बैंकले निर्देशन दिएपछि मासिक किस्ता तिर्ने योजना बनाएर ऋण लिएकाहरु अप्ठेरोमा परेका थिए। अरुको सम्पत्ति धितो राखेर लामो अवधि ऋण लिएका उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई बैंकहरुले तुरुन्त ऋण तिर्न वा तेस्रो व्यक्तिलाई पनि कम्पनीको स्वामित्व प्रदान गर्न दबाब दिन थालेपछि ऋणी अप्ठेरोमा थिए।
व्यक्तिगत ऋण रियलस्टेट तथा प्लटिङको किस्ता तथा ब्याज तिर्न प्रयोग हुन थालेको शंका गर्दै राष्ट्र बैंकले यसको सीमा १ करोडमा झारेको थियो। ग्राहकले दुई/चार वर्षका लागि लगेको ऋण एक वर्षमै तिर्न समस्या हुने भन्दै बैंकरहरुले समय बढाउन माग गरेका थिए।
राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई १ करोडभन्दा बढीको रकम भुक्तानी गर्न वा व्यक्तिगतलाई व्यावसायिकमा परिवर्तन गर्न दबाब दिन थालेका थिए। केन्द्रीय बैंकको निर्देशनपछि बैंकहरुले १ करोडभन्दा बढी रकमको व्यक्तिगत ऋण लगानी गर्न छाडेका भए पनि पुरानो ऋण उठाउन र मिलान गर्न उनीहरुलाई समस्या परिरहेको छ। यसपछि तेस्रो पक्षको धितोमा ऋण दिन पनि छाडिसकेका छन्।
भोलि सोमबार आउने नयाँ व्यवस्थापछि बैंक र ग्राहक दुवैलाई सहज हुनेछ। बैंक तथा वित्तीय संस्थाले दिएका अधिकांश व्यावसायिक कर्जामा तेस्रो व्यक्तिको सम्पत्ति धितो छ। खासगरी उद्योग, व्यवसाय सञ्चालन, रियलस्टेट, सेयर, निर्माण तथा बैंक ग्यारेन्टी ऋणमा तेस्रो व्यक्तिको धितो प्रयोग भएको छ।
बैंकरका अनुसार नयाँ बैंकको तुलनामा ठूला र पुराना बैंकमा तेस्रो व्यक्तिको धितोमा ऋण बढी गएको छ। प्रत्येक बैंकमा यस्तो ऋण ६० करोड देखि १ अर्ब रुपैयाँसम्म छ।
बैंकहरुले चैतसम्म घरजग्गाका लागि १ करोडसम्मको व्यक्तिगत कर्जा ४० अर्ब ७७ करोड रुपैयाँ दिएका छन्। आवासीय, व्यावसायिक तथा प्लटिङका लागि बैंकहरुले १ खर्ब ६२ अर्ब ऋण लगानी गरेका छन्। ४० अर्बबाहेकको कुल रियलस्टेट ऋणको ब्याज तथा किस्ता तिर्न बैंकहरुले ग्राहकलाई अन्य सम्पत्ति धितो राखेर व्यक्तिगत ऋण लगानी गरेको राष्ट्र बैंकको सुपरीवेक्षण प्रतिवेदनमा पनि देखिएको थियो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबीच ब्याज पाउने गरी निक्षेप राख्न नपाउने व्यवस्था हटाएपछि ९० विकास बैंक र ६० फाइनान्स कम्पनीलाई राहत पुग्नेछ। केन्द्रसँग पहुँच नभएका क्षेत्रीय स्तरका विकास बैंकलाई यसले राहत दिनेछ। अहिले विकास बैंक र फाइनान्स कम्पनीको करिब २० अर्ब निक्षेप वाणिज्य बैंकहरुमा छ।
विकास बैंक संघ र वित्त कम्पनी संघले क्षेत्रीय स्तरका संस्थाको ट्रेजरी व्यवस्थापन चुस्त र दुरुस्त हुन नसक्ने, संस्थामा रहने मौज्दात परिचालन गर्ने छुट्टै मौद्रिक औजार आइनसकेको अवस्थामा ब्याज पाउने गरी निक्षेप राख्दा वित्तीय क्षेत्रलाई नै फाइदा गर्ने भन्दै समय थप्न माग गरेका थिए। वित्तीय संस्थाले एक अर्कामा निक्षेप राखेर प्रवर्द्धक, सञ्चालकले ऋण चलाउने गरेको अनुमानमा असार मसान्तपछि ब्याज आउने खातामा पैसा राख्न नपाउने राष्ट्र बैंकले व्यवस्था गरेको थियो।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...