Tuesday 11 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

मध्यरातमा पेट्रोल ओसार्ने चार मोटरसाइकलमा आगजनी

(0 votes)
जनकपुर- सीमापारीबाट डिजेल-पेट्रोल ल्याएर राजधानी पठाउन लागेको भन्दै प्रदर्शनकारीले सोमबार राति ढल्केवरमा चार वटा मोटरसाइकलमा आगजनी गरी ध्वस्त बनाएका छन्। राजमार्गमा सवारी स्कर्टिङ अवरुद्ध पार्न रातिको समय ढल्केवर चोकमा धर्ना बसिरहेका आन्दोलनकारीले ग्यालनमा इन्धन राखेर बर्दिवासतर्फ गइरहेका ती मोटरसाइकलहरु जलाएको हो।
nepali-patro-june
ढल्केवर चोक आसपास क्षेत्रमा रातभर जलाइएका चार वटा मोटरसाइकलका अवशेष प्रहरीले मंगलबार बिहान संकलन गरेर लगेको छ।

सोमबार दिउँसैदेखि पूर्व-पश्चिम राजमार्गको ढल्केवर चोकमा धर्ना बसिरहेका आन्दोलनकारीले राति स्कर्टिङ गरी ल्याइएका करिब ५० वटा यात्रुबाहक बस र मालबाहक ट्रकमा ढुंगामुढा गरी तोडफोड गरेका छन्। बीच सडकमै धर्ना बसेका आन्दोलनकारीलाई लखेटेर प्रहरीले सवारी स्कर्टिङ गरेपछि गुडिरहेकै गाडीमा आन्दोलनकारीले ढुंगा हानेर सीसा फुटालेका छन्।

गुडिरहेको गाडीमा आक्रमण गर्ने आन्दोलनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको थियो। प्रहरीको लाठी लागेर संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष चन्देश्वर महतो र जिल्ला सदस्य हरिनारायण यादवलगायत मोर्चाका करिब एक दर्जन कार्यकर्ता घाइते भएका छन्।

यसैबीच, जनकपुरबाट धर्ना बस्न ढल्केवर पुगेका आन्दोलनकारीको ५० भन्दा बढी हेल्मेट प्रहरीले नियन्त्रणमा लिएको छ। हेल्मेटका लागि मंगलबार बिहान आन्दोलनकारीले इलाका प्रहरी कार्यालय ढल्केवरलाई घेराउ गरेको छ। मातृका यादव नेतृत्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको धर्नास्थलमा टाँगिएको टेन्ट पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...