Monday 13 Bhadra, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

नेपाली कार्गो ढुवानीमा कोलकातामा बाधा

(0 votes)
नेपाली कार्गो ढुवानीमा कोलकातामा बाधा
वीरगन्ज- नाकामा आफ्नो गाडी अनावश्यक थन्किएको र चालक सहचालकलाई अप्ठेरो भएको भन्दै कोलकताका ट्रान्सपोर्ट सञ्चालकले नेपालका लागि आयातित सामान ढुवानी गर्न नमानेको आयातकर्ताले बताएका छन्।
nepali-patro-june
'समयमा भुक्तानी नपाइएको भन्दै कोलकताका क्लियरिङ एजेन्टले पहिले नेपाली कर्गोको काम नगर्ने भनेर घोषणा गरेका थिए, भुक्तानी बाँकी राखेका आयातकर्ताको मात्र काम रोक्ने र अरुको हकमा अवरोध नगर्ने नेपाल कार्गो ह्यान्डलिङ एसोसिएसन (नेचा) ले जनाएपछि त्यो समस्या सुल्भि्कयो,' वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका आयातकर्ता प्रदीप केडियाले भने, 'अब नयाँ समस्या खडा भएको छ, सडकमार्गबाट ढुवानी तय भएको कन्साइनमेन्ट ओसार्न कोलकताका ट्रान्सपोर्टले इन्कार गरेको जानकारी आएको छ।'

कोलकातास्थित बन्दरगाहमा तेस्रो मुलुकबाट नेपालको लागि आउने कार्गो त्यहाँबाट रेल र सडकमार्गबाट आउने गरेको छ। क्लियरिङको काम गर्ने एजेन्टले कार्गो छुटाएर नेपालतर्फ पठाउँदाको लागत खर्चको बिल आयातकर्ताकहाँ पठाएर पछि भुक्तानी लिने चलन छ।

पछिल्लो समय त्यस्तो भुक्तानी यताबाट नगएको गुनासोसहित उनीहरुले गरेको अघोषित हडताल सकिएलगत्तै फेरि ट्रान्सपोर्टहरुको अर्को अवरोध तेर्सिएको छ। नाकामा जारी अवरोधले ट्रान्सपोर्टका गाडी बेलैमा फर्किन नसकेकोले उनीहरु नेपालतर्फको ढुवानी अवरोध गरेको आयातकर्ताको भनाइ छ।

नेपाली नाकामा भएको अवरोधले कोलकातामा जटिलता थपिँदै छ। केडियाका अनुसार सिपिङ कम्पनीले समेत कन्टेनर उपलब्ध गराउन इन्कार गर्न थालेका छन्।

सडकबाट ल्याउन तय भएको करिब ५ हजार कन्साइनमेन्ट ट्रान्सपोर्टरको हडताल र नाकाबन्दीका कारण नाका परिर्वतन गराउने प्रक्रिया सुरु भएको छ। कन्साइनमेन्टको नाका परिवर्तन प्रक्रियापछि रेल मार्ग भएर कोलकाता बन्दरगाह र समुद्रीबाटोमै रहेका ती कन्टेनर वीरगन्जस्थित सुक्खा बन्दरगाहमा भिœयाउन मिल्छ। 'हामीकहाँ यस्तो सूचना आएपछि यसमा सहजीकरण सुरु गरेका छौं। अन्तर्राष्ट्रिय व्यापार भन्सारसम्बन्धी मामिला मात्र नभएर वाणिज्य विभागले हेर्ने विषय पनि हो,' सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्त हरिहर पौडेलले भने, 'जे होस पहल सुरु भएको छ।'

सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सले ती कन्साइनमेन्ट ढुवानी गर्न रेलसेवा (र्याभक) उपलब्ध गराउने सहमति जनाइसकेको छ। 'भन्सार कार्यालय र अरु सम्बन्धित निकायसँग हामीले ढुवानीमा सघाउने सहमति जनाइसकेका छौं, हाम्रोतर्फबाट हुनसक्ने सम्पूर्ण सहयोग रहन्छ भनेका छौं,' हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले नागरिकलाई भने, 'मैले आवश्यक पर्ने रेलको लागि पनि कुरा गरिसकेको छु, विलम्बसँगै जरिवाना आदिले आयातित वस्तुमा बढ्ने लागतलाई लिएर व्यापारी आत्तिएका छन्। यस्तो अवरोधबारे आफूलाई जानकारी नभएको कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्र घिमिरेले बताए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...