Thursday 23 Mangshir, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

गोली हानी असईको हत्या

(0 votes)
राजविराज- सप्तरी, बनैनियाँ गाविसस्थित झौहराचोकमा सोमबार प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको सोमबार गोली हानी हत्या भएको छ। सुब्बालाई साँझ ७ बजेतिर मोटरसाइकलमा आएका दुई जना अपरिचितले गोली हानी फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। छाती र तिघ्रामा गोली लागेका घाइते सुब्बाको साँझ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजका इन्स्पेक्टर सुरज खड्काले जानकारी दिए।

nepali-patro-june
भद्रपुर–१०, झापाका उनी सप्तरी, गोबरगाढा प्रहरीचौकी दरबन्दी भई झुटकी चौकीमा काज ड्युटीमा थिए।

घटना भएको स्थान सीमावर्ती चौकी हो जुन सदरमुकाम राजविराजबाट करिब २० किलोमिटर पश्चिम–दक्षिण पर्छ। यहाँबाट दक्षिण भारतीय सहर अनरमठ नजिकै पर्छ।

सुब्बामाथि गोली प्रहार गर्नेको खोजी तिब्र पारिएको सप्तरी प्रहरी प्रमुख (एसपी) भीम ढकालले जानकारी दिए। 'घटनास्थल वरपर सर्च अप्रेसन तीव्र पारिएको' उनले जनाए।

यसैबीच, सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सुब्बाको हत्याको जिम्मा लिएका छन्। उनले सञ्चारकर्मीलाई फोन गरेर प्रहरी निर्दोष जनताको हत्यामा संलग्न भएकाले चेतावनीस्वरुप असई सुब्बाको हत्या गरेको बताए।

यसैबीच, करिब पाँच महिनादेखि जारी मधेस अन्दोलनको माग पूरा गराउन सरकारलाई दबाब दिन युवा विद्यार्थीले सोमबार राजविराजमा संयुक्त जुलुस प्रदर्शन गरे। 'मधेसका माग पूरा गर, प्रहरी दमन बन्द गर, विद्यार्थी मार्न पाइँदैन, अभिभावक मार्न पाइँदैन' लगायत नारा लगाउँदै स्थानीय रंगशालाबाट निस्केको विद्यार्थीको जुलुस नगरको विभिन्न भाग परिक्रमापछि गजेन्द्र चौकमा विरोध सभामा परिणत भएको थियो। सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा विद्यार्थी फोरमका केन्द्रीय इन्चार्ज अशोककुमार यादवले मधेसी मोर्चाले राख्दैआएको ११ बँुदे माग पूरा नभएसम्म आन्दोनल जारी रहने बताए।

उक्त सभालाई सम्बोधन गर्दै अन्दोलनरत मधेस मोर्चा आबद्ध विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले मधेसी मोर्चाको माग पूरा गर्न सरकारले गम्भीरता नदेखाए देशमा अर्को संकट उत्पन्न हुनसक्ने चेतावनी दिए।

'यतिखेर मधेसी समुदायले स्वायत्त मधेस प्रदेश माग्दै आएको छ,' चिन्ता व्यक्त गर्दै उनले भने, 'अहिले राज्यले सम्झौता नगरे मुलुक विखण्डनतर्फ जान सक्छ।'

मधेसी युवा विद्यार्थी मोर्चा सप्तरी संयोजक तारकेश्वर यादवको अध्यक्षतामा आयोजित विरोध सभामा मोर्चाका पूर्व संयोजक एवं सल्लाहकार शम्भु यादव, सहसंयोजक फणिकान्त झा, सदस्य दीपेन्द्र यादवले पनि माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...