Friday 14 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

प्रसारण लाइनमा सघाउने एडिबी रणनीति

  • मङ्गलबार २२ श्रावण, २०७०
  • लीला घिमिरे
  • Be the first to comment!
(0 votes)
काठमाडौं - एसियाली विकास बैंक (एडिबी)ले आगामी दुई वर्षका लागि नेपालका ठूला जलविद्युत परियोजना र सम्बन्धित प्रसारण लाइन निर्माणका लागि लगानी बढाउने रणनीति लिएको छ।
nepali-patro-june

बैंकले सन् २०२३–१५ सम्मका लागि तयार गरेको 'नेपालका लागि सहकार्यको रणनीतिक योजना'मा यी दुई क्षेत्रमा लगानी बढाएको बैंकका एकजना उच्च अधिकारीले नागरिकलाई बताए।
बैंकले निजी क्षेत्रको सहभागितमा जोड दिँदै नेपाल सरकारको २०७०–२०७२ को अन्तरिम योजनासँग तालमेल मिलाएर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहयोग र लगानी बढाउन लागेको पछिल्लो परिस्कृत रणनीतिमा उल्लेख छ।
एक सय ४४ मेगावाटको देशकै सबैभन्दा ठूलो जलविुद्यत परियोजनामा लगानी गरिसकेको एडिबीले गत वर्ष जलाशययुक्त तनहुँ जलविद्यतु परियोजनामा लगानी गर्ने निर्णय गरेको थियो। यसबाहेक उसले केही प्रसारण लाइनमा लगानी गरिसकेको छ।
नेपालको ऊर्जा मामिला हेर्ने एडिबी अधिकारी प्रियान्था विजयाथुङ्गाले सन् २०१४/१५ मा बैंकले थप केही प्रसारण लाइन र ठूला जलविद्युत परियोजनामा लगानी गर्ने जानकारी दिए। 'हामी अबको केही वर्ष प्रसारण लाइन र ठूला जलविद्युत परियोजनामा लगानी बढाउने रणनीतिमा छौं,' उनले भने, 'मर्स्याङ्दी र कालीगण्डकी करिडोरमा प्रसारण लाइन निर्माणमा हामीले लगानी गर्ने तय गरिसकेका छौं।'
जाइकाले पहिचान गरेका १० जलविद्युत आयोजनामा लगानी गर्नेबारे एडिबी सकारात्मक भएको पनि उनले बताए। 'अन्तरदेशीय प्रसारण लाइनमा पनि हामी लगानी गर्नेछौं,' उनले भने। जाइकाले दूधकोसी (३००), कोखाजोर–१ (१११), सुनकोसी–३ (५३६), तल्लो झिमरुक (१४२), मादी (२००), नौमुरे (२४५), आँधीखोला (१८०) लगायतका ठूला र जलाशययुक्त परियोजना पहिचान गरेको छ। एडिबीले तीमध्ये व्यावसायिक रुपले सम्भाव्य चयन गरी लगानी गर्ने योजना बनाएको हो।
बैंक ग्रामीण विद्युतीकरणको क्षेत्रमा समेत लगानी गर्ने योजनामा छ। नेपालमा आन्तरिक माग पूर्तिको लागि जलाशयुक्त आयोजना आवश्यक रहेको उनले औंल्याए।
ऊर्जा क्षेत्रको दिगो विकासका लागि समयानुकूल विद्युत महसुल समायोजन, नेपाल विद्युत प्राधिकरणको वित्तीय पुनर्संरचना योजना कार्यान्वयन, बलियो नियामक निकाय स्थापना र प्राधिकरणको पारदर्शिताजस्ता विषयमा काम गर्नुपर्नेमा बैंकले जोड दिएको विजयाथुङ्गाले नागरिकलाई बताए। विद्युत आयात–निर्यातका लागि एउटा विशेष प्रकारको व्यापारिक संस्था स्थापना गर्नुपर्ने उनले औंल्याए।
'विद्युत आयात वा निर्यात भन्ने वहसमा अल्मलिनुभन्दा नेपालले दुवै विषयलाई साथसाथै लैजानुपर्छ भन्नेमा एडिबी स्पष्ट छ,' उनले भने, 'देशको आन्तरिक खपत र छिमेकी देशमा निर्यातको प्रचुर सम्भावना भएका कारण एउटामात्रै मुद्दामा अल्झेर समय बर्बाद नगर्नुने बुद्धिमानी हुनेछ।'
यसका लागि परियोजनाको लागत न्यून कायम गर्नुपर्ने उनले सुझाए। विजयाथुङ्गाले भने, 'बिक्रीका लागि उत्पादन गरिने विद्युत मूल्यमा प्रतिस्पर्धी हुनुपर्छ।'
नेपाल सरकारको तर्फबाट परियोजनामा गर्नुपर्ने लगानी र निर्माणमा जानुपूर्व गर्नुपर्ने प्रशासनिक, सामाजिक, वातावरणीय काममा ढिलासुस्ती भएकाले एडिबीले लगानी गरेका परियोजना अन्योलमा पर्ने गरेकोतर्फ बैंकको ध्यानाकर्षण भएको उनले बताए।
'यस्तो अवरोधले बैंकको वार्षिक कार्यसम्पादन समीक्षामै असर पर्ने गरेको छ,' उनले भने, 'आगामी दिनमा यस्तो नहोस् भन्नेतर्फ हामी सचेत छौं।'
जग्गा अधिग्रहण, वन र वातावरण मन्त्रालयसँगको समन्वय, वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति जस्ता विषयमा धेरै समय लाग्दा परियोजना तोकिएको समयमा सुरु गर्न नसकिनेतर्फ संकेत गर्दै उनले भने, 'एडिबीले अबदेखि सबै प्रक्रिया सम्पन्न भएर आयोजना निर्माणमा जाँदाको अवस्थामा मात्रै लगानी गर्नेछ।'
यसले सरकारलाई पनि सबै प्रक्रिया समयमै सक्ने दबाब पर्ने र बैंकले पनि कार्यसम्पादन समीक्षा सकारात्मक हुने उनले बताए। नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि बैंकले नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) सँग मिलेर भदौ १२ र १३ मा काठमाडौंमा लगानीकर्ताको भेला आयोजना गर्न लागेको छ। उसले आफ्नो एकल प्रयासमा गत वर्ष पनि यस्तै भेला आयोजना गरेको थियो।
यो भेला पहिलेकै सम्मेलनको निरन्तरता भएको विजयाथुङ्गाले बताए। 'यसलाई आगमी दिनमा पनि निरन्तरता दिइनेछ,' उनले नागरिकसँग भने।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...