Thursday 13 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

घान्द्रुकमा हुलका हुल नेपाली पर्यटक

(0 votes)
घान्द्रुकमा हुलका हुल नेपाली पर्यटक
घान्द्रुक (कास्की)-काठमाडौंका पप्पु विष्टले यसपालिको तिहार बिदा घान्द्रुकमा मनाए । लेखापरीक्षणको काम गर्ने उनी मोटर चढेर एक्लै घान्द्रुक आइपुगेका थिए । २ दिन घान्द्रुक बसेर उनले गुरुङ कला संस्कृतिको थोरबहुत जानकारी बटुलेका छन् । उनी फर्केकै दिन काठमाडौंबाट २ दर्जनभन्दा बढी युवाको टोली घान्द्रुक आइपुग्यो ।


nepali-patro-june
दसैं र तिहारको सेरोफेरोमा घान्द्रुकेले हुलका हुल नेपालीलाई आफ्नो गाउँमा आतिथ्यता दिए । 'नाकाबन्दीले अप्ठेरो भए पनि नेपालीहरु आएका छन्,' घान्द्रुकको प्रवेशद्वार वीरेठाँटीका होटल व्यवसायी कृष्ण गौचनले भने, 'यो सिजनमा त गोराभन्दा धेरै नेपाली नै देखियो ।' भूकम्प गइसकेपछिको त्रास र नाकाबन्दीका कारण विदेशी पर्यटक घटे पनि नेपालीको संख्या बाक्लो भएको गौचन बताउँछन् । काठमाडौंबाट कलेजका विद्यार्थीको टोली कलेजबाटै र व्यक्तिगत रुपमा पनि घान्द्रुक घुम्न आउने गरेको वीरेठाँटीका उनले जानकारी दिए ।

दसैं र तिहारकै मुख्य दिनबाहेक नेपालीहरु ठूलो संख्या घान्द्रुकमा देखिए । 'यो सिजनमा दिनमै डेढ २ सयजना नेपाली आए,' गौचनले भने, 'पोहोर–परार त्यति गोरा आउँथे ।' पछिल्लो समय नेपालीमा पनि घुमफिर संस्कृति बढ्नु र घान्द्रुकनजिकै मोटरबाटो पुग्नु यसको कारण मान्छन् गौचन । पोखराबाट ५५ किलोमिटर मोटरयात्रा र १ घन्टा हिँडेपछि घान्द्रुक पुग्न सकिने हुँदा नेपालीले यो गाउँ उक्लन सजिलो मानेका छन् ।

तिहारको भोलिपल्ट काठमाडौंका दीपेन्द्र पौडेल साथीसहित घान्द्रुक उक्लिरहेका थिए । विदेशका धेरैले घुमिसकेको आफ्नै देशका चर्चित गाउँ घान्द्रुकदेखि घोरेपानीसम्म घुम्न उनको टोलीले ४ दिन छुट्ट्याएको थियो ।

घान्द्रुक किम्चेको होटल विनिश्काका सञ्चालक विकास गुरुङका अनुसार चितवन, बुटवल र काठमाडौंबाट घान्द्रुक पुग्ने धेरै छन् । भारतले लगाएको नाकाबन्दीले इन्धन अभाव हुँदाहुँदै पनि गाडी रिजर्भ गरेर र निजी मोटरसाइकलमा नेपालीहरु घान्द्रुक घुम्न आइरहेको विकासले बताए । 'नेपालीहरु आउँदा झन् राम्रो लाग्छ,' उनले भने, 'गोराले भन्दा नेपालीले खर्च गर्छन् । गोराले खर्च गर्ने सीमित हुन्छ, नेपालीले असीमित ।'

निजी सवारी साधन नभए पनि घान्द्रुक पुग्न सार्वजनिक यातायात सजिलै पाइन्छ । पर्यटन व्यवसायीका अनुसार पोखराबाट घान्द्रुकसम्म चल्ने जिपमात्रै ४५ वटा छन् । एउटाले ९ जनासम्म यात्रु ओसार्छ । एकजनाको भाडा ३ सय रुपैयाँ लिन्छ । अहिले भारतीय नाकाबन्दीका कारण इन्धन अभाव हुँदा भाडा दोब्बर छ । यो रुटमा चल्ने बस १० वटा छन् । बसमा पोखरादेखि घान्द्रुकसम्मको भाडा प्रतिव्यक्ति २ सय रुपैयाँ पर्छ । ट्याक्सीले पनि यो बाटोमा सेवा दिन्छन् । ट्याक्सी भाडाचाहिँ प्रतिव्यक्ति हजार रुपैयाँ छ ।

घान्द्रुकमा ३५ वटा जति पर्यटकीय होटल छन् । होटलबाहेक केही घरमा होमस्टे सुविधा पनि छ । वीरेठाँटी र किम्चेमा पनि केही होटल छन् । होटलहरु एट्याच बाथरुमसहितको कोठालाई दिनको ५ देखि साढे ६ रुपैयाँ लिन्छन् । खानाको ३ देखि साढे ३ सय रुपैयाँसम्म पर्छ ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...