Friday 14 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

चीनको आशामा हङकङ बाधक

(0 votes)
हङकङ– हङकङले विश्वकप फुटबल छनोटमा मंगलबार चीनलाई गोलरहित बराबरीमा रोक्दा २०२२ को आयोजक कतारले भुटानमाथि ३–० को जित निकालेको छ।
nepali-patro-june
पेरिस आक्रमणको सम्झनामा मौनधारण गरेपछि चीन र हङकङ दुवै टोलीले एउटै राष्ट्रिय धुनमा प्रार्थना गरेका थिए । त्यस्तै अस्टे«ेलियाले बंगलादेशमाथि ४–० र साउदी अरेबियाले इस्ट टिमोरमाथि १०–० को फराकिलो जित निकाल्दा एसियाली पावर हाउस जापानले कम्बोडियालाई २–० ले हरायो ।

हङकङ विजेता नबने पनि चीनलाई गोलरहित बराबरीमा रोक्दा उनीहरूले खुसी साटेका थिए । समूह 'सी' मा कतार शीर्ष स्थानमा छ भने हङकङ दोस्रोमा छ । समूहका २ खेल बाँकी रहँदा चीनको उत्कृष्ट चार उपविजेतामा अर्को चरण पुग्ने सम्भावना भने जीवितै छ । कतार १८ अंकसाथ शीर्षमा छ भने १४ अंकको हङकङ दोस्रोमा छ । चीन ११ अंक लिए तेस्रोमा छ ।

'अरुको सहरमा खेल्दा धेरै घरेलु समर्थकको दबाब हुनु स्वाभाविक हो,' चीनका प्रशिक्षक एलेन पर्रिनले भने, 'हामीले थुप्रै अवसर सिर्जना ग¥यौं तर, सदुपयोग भएन ।'

रुसमा हुने २०१८ विश्वकपमा छनोटमा हुने नसके भ्रष्टाचारबाट थलिएको घरेलु लिगलाई पुनःसंरचना गर्दै प्रतियोगिता आयोजना दाबी गर्ने योजनामा रहेको चीनलाई ठूलो धक्का लाग्नेछ ।

खेलकुदमा एकपछि अर्को सफलता पाएको कतारले भुटानलाई ३–० हराउँदै छनोटको समूह चरणमा शतप्रतिशत नजिता निकालेको छ ।

सदाबहार फरवार्ड टिम काहिलको ह्याट्रिकपे्ररित अस्ट्रेलियाले बंगलादेशलाई ४–० ले हराएको हो । ढाकामा भएको खेलमा भ्रमणकारी टोलीले सबै गोल पहिलो हाफमा ग¥यो । एसियन च्याम्पियन अस्टे«लियाका लागि कप्तान मिले जेडिनेकले गरे । टोली समूह 'बी' को शीर्ष स्थानमा छ । दोस्रो स्थानको जोर्डन किर्गिस्तानसँग १–० ले पराजित भयो ।

कोलम्बियाका लाबोरेभी खुवानको आत्मघाती गोल र अन्तिम मिनेटमा एसी मिलान मिडफिल्डर केइसुके होन्डाको गोल मद्धतमा जापानले २–० को संघर्षपूर्ण जित निकाल्यो ।

मोहम्मद अल सहल्वाईको ५ गोल मद्धतमा साउदी अरेबियाले इस्ट टिमोरविरुद्ध सहज जित निकाल्यो । सहल्वाईले दुई गोल पेनाल्टीमा गरेका थिए । साउदी समूह 'ए' को शीर्ष स्थानमा छ ।

बिना दर्शकको रंगशालामा मलेसिया युएईसँग २–१ ले पराजित भयो । पछिल्लो समय दुई टोली खेल्दा मलेसिया युएईसँग १०–० ले पराजित भएको थियो । सिरियाले १० खेलाडीमा सीमित सिंगापुरलाई २–१ ले पराजित ग¥यो । टोलीको जितमा दुवै जित ओमर खरविनले गरे ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...