Sunday 16 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

संयुक्त राष्ट्रसंघले भन्यो: आपूर्ति अवरोध मानवीय कानुनविपरीत

(0 votes)
काठमाडौं– संयुक्त राष्ट्रसंघले भारतको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले अत्यावश्यक वस्तु आपूर्तिमा भएको अवरोधलाई 'अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन' भनेको छ । नेपाल–भारत सीमाबाट हुने आपूर्तिमा अवरोध पुर्याउन संलग्न सबै पक्षलाई आपूर्ति सहज पार्ने सुनिश्चितता गर्न राष्ट्रसंघले आग्रहसमेत गरेको छ ।
nepali-patro-june
'कुनै पनि अत्यावश्यक वस्तुको आपूर्तिमा हुने गतिरोध अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र मौलिक अधिकारको हनन हो,' मानवअधिकारसम्बन्धी राष्ट्रसंघीय उच्चआयुक्तको कार्यालय (युएनएचसिएचआर) ले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'नेपाल–भारत सीमाका दुवैतर्फ संलग्न सबै पक्षलाई हामी प्रभावकारी, सुरक्षित र द्रुत गतिमा अत्यावश्यक वस्तु आपूर्तिको सुनिश्चितता गर्न आग्रह गर्छौं ।'

केही दिनअघि मात्र राष्ट्रिय मानवअधिकार आयोगले समेत प्रतिवेदन सार्वजनिक गर्दै भारतको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले आपूर्तिसेवा रोकिँदा इन्धन, खाना पकाउने ग्यास, औषधि, खाद्यान्न र अत्यावश्यक वस्तुको चरम अभाव भएको उल्लेख गरेको थियो । राष्ट्रसंघका महासचिव बान कि मुनले दुईपटक विज्ञप्ति जारी गर्दै नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताइसकेका छन् ।

युएनएचसिएचआरले आइतबार सप्तरीमा तीन आन्दोलनकारीको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । आन्दोलनका कारण हजारौं विद्यार्थी विद्यालय जान नसकेको र बिरामीले उपचार पाउन नसकेकोमा विज्ञप्तिमा चिन्ता दर्साइएको छ । युएनएचसिएचआरले आइतबार प्रहरीले अस्पतालमा गरेको दुव्र्यवहारको घटनाप्रति स्वतन्त्र छानबिन माग गरेको छ । 'आन्दोलनकारीलाई हिंसात्मक गतिविधि नगर्न र सुरक्षानिकायलाई संयमित हुन आग्रह गर्छौं,' विज्ञप्तिमा उल्लेख छ ।

संविधान ऐतिहासिक: इयु

युरोपेली युनियन (इयु) ले लोकतान्त्रिक प्रक्रियाबाट संविधानसभामार्फत जारी गरेको संविधानलाई ऐतिहासिक भन्दै नेपाल अब नयाँ लोकतान्त्रिक युगमा प्रवेश गरेको जनाएको छ । नेपाल–इयु संयुक्त आयोगको नवौं बैठकमा सहभागी हुन काठमाडौं आएको इयु टोलीले नयाँ संविधानको खुलेर प्रशंसा गरेको हो ।

आयोगको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा नेपाल र इयुबीच आपसी हितका विभिन्न मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली पक्षले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि इयु टोलीलाई जानकारी गराएको थियो ।

भारतले लगाएको नाकाबन्दीका कारण औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुको अभाव हुँदा नेपालको जनजीवन कष्टकर बन्दै गएको जानकारी इयु प्रतिनिधिलाई गराइएको थियो ।

'बैठकमा भूकम्पपछिको पुनर्निर्माण, इयुको सहयोगमा सञ्चालन भएका विकास कार्यक्रम, भावी कार्यक्रम लगायतका विषयमा विचारआदान प्रदान भएको थियो,' बैठकपछि मंगलबार साँझ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'व्यापार, वाणिज्य तथा लगानी, मानवअधिकार, शरणार्थी मामिला, जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा पनि दुई पक्षबीच छलफल भएको थियो ।'

बैठकमा नेपाल र इयु दवैले हासिल गरेका महŒवपूर्ण उपलब्धि एकअर्कालाई जानकारी गराएका थिए । क्षेत्रीय तथा विश्वव्यापी मुद्दामा दुवै पक्षले धारणा राखेका थिए ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गरेका थिए । इयुका लागि नेपाली राजदूत राममणि पोखरेल र विभिन्न मन्त्रालयका उच्च अधिकारीको पनि उपस्थिति थियो । इयुको नेतृत्व भने युरोपेली विदेश सेवाको एसिया एन्ड प्यासेफिक हेर्ने कार्यकारी महाप्रबन्धक युगो अस्टुटोले गरेका थिए । नेपालका लागि इयुकी राजदूत रेन्जी टिरिंक पनि बैठकमा उपस्थित थिइन् ।

कार्यकारी महाप्रबन्धक अस्टुटोले मंगलबार नै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ । मन्त्री थापाले पनि अस्टुटोलाई नाकाबन्दीपछि नेपालले भोगिरहेको अप्ठेरोबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...