Friday 14 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

थापालाई जिम्मेवारीमुक्त गर्न राखेपको निर्देशन

(0 votes)
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार फिफाबाट कारबाहीमा परेका अध्यक्ष गणेश थापालाई तत्काल जिम्मेवारीबाट मुक्त गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ ।


nepali-patro-june
भ्रष्टाचार अभियोगमा फिफाले थापालाई १० वर्षको प्रतिबन्ध गर्दै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

'कारबाहीमा परेकालाई निलम्बन गर्ने एन्फाकै विधानमा व्यवस्था छ,' राखेपका प्रेस सल्लाहकार रोहित दाहालले भने, 'त्यही व्यवस्थाअनुसार कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।'

त्यस्तै राखेपले नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्ष मनोनीत गरेको र अन्य निर्वाचित तीन उपाध्यक्ष र सदस्यलाई बर्खास्त गरेको बैठकको निर्णय तीन दिनभित्र उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

'एन्फाले श्रेष्ठलाई पहिला वरिष्ठ उपाध्यक्ष र पछि कार्यवाहक अध्यक्ष नियुक्त गरिएको देखिन्छ । निर्वाचित उपाध्यक्षहरू र सदस्यलाई पनि कारबाही गरिएको छ,' दाहालले भने, 'ती सबै विषयमा अध्ययन गर्न निर्णायक कपी मगाएका हौं ।'

यसअघिको राखेपको स्पष्टीकरणको जवाफ दिँदै एन्फाले विधानसम्मत श्रेष्ठ कार्यवाहक अध्यक्ष भएको उल्लेख गरेको थियो ।

एन्फाले असोज ११ गते निर्वाचित उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्वाङलाई आउँदो साधारणसभा सम्मका लागि बर्खास्त गरेको थियो । उनीहरूलाई बर्खास्त गरेकै दिन असोज ११ मा एन्फाले नरेन्द्र श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष तथा वीरबहादुर खड्का, मणि कुँवर र सन्तोष बानियाँलाई उपाध्यक्ष मनोनीत गरेको थियो ।

जेठ २९ गते करेन्ट लागेर मृत्युभएका वरिष्ठ उपाध्यक्ष रहेका तत्कालीन कार्यवहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको ठाउँमा नरेन्द्र श्रेष्ठलाई मनोनीत गरिएको थियो ।

त्यसअघि भदौ १६ का लागि तय भएको एन्फा साधारणसभा शेर्पाको विद्रोही समूहको उजुरीका आधारमा पुनरावेदन अदालत पाटनको निर्देशनका कारण रोकिएको थियो ।

एन्फामा देखिएको पछिल्लो विवादका विषयमा छानबिन गर्न समिति बनाउने सहमतिअनुसार राखेपले प्रक्रिया पनि सुरु गरेको छ । राखेपले दुई दिनभित्र समिति गठन गर्ने तयारी गरेको छ । एसियाली फुटबल महासंघ ९एएफसी० का अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलसँगको भेटपछि युवा तथा खेलकुदमन्त्री सन्यनारायण मन्डल, राखेप सदस्यसचिव केशवकुमार विष्टले एक महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउनका लागि समिति गठन गर्ने सहमति जनाएका थिए ।

थापामाथिको कारबाहीपछि पनि स्पष्ट दुई खेमा देखिएपछि एन्फाको पछिल्लो अवस्था बुझ्न एएफसीले कट्टेललाई खटाएको थियो । कट्टेलले फुटबलका विवादित दुवै पक्ष, खेलकुदमन्त्री,सदस्यसचिव र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग एन्फाका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...