Thursday 4 Magh, 2074 |
Menu

अर्थ

istl

दाताले काम थाले, बजेट निकासा हुन सकेन

(0 votes)
काठमाडौं- भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माण गरिदिने भन्दै चीन सरकार लगायत केही दाताले भदौ महिनामै सरकारसँग सम्झौता गरे पनि सरकारले बजेट निकासा गर्न सकेको छैन। दातालाई पुनःनिर्माणका लागि ढोका खोलिदिए पनि सरकारले चालु आर्थिक वर्षको साढे चार महिनामा डेढ अर्ब रुपैयाँ निकासा गर्न नसकेको हो।

nepali-patro-june
चीनसँगै युनेस्कोमार्फत जापनिज फन्ड इन ट्रस्ट र हङकङसहित अन्तर्राष्ट्रिय संस्था हेरिटेज एन्ड इन्भाइरोमेन्ट कन्जरभेसन फाउन्डेसनले सरकारसँग यस्तो सम्झौता गरेको पुरातत्व विभागले जनाएको छ।

सबै दाताले ५ वर्षसम्म आफ्आफ्नो जिम्मेवारी क्षेत्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख रहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। दाताले गर्ने कामको इस्टमेट दाता आफैंले तयार पारेर काम अगाडि बढाउने पनि उनले जानकारी दिए।

'दाताले भदौमै केही सम्पदा पुनःनिर्माण गरिदिन्छु भन्दै सम्झौता गरिसकेका छन्,' कुँवरले भने, 'तर सरकारले आफंैले गर्ने पुनःनिर्माणको अहिलेसम्म टुंगो छैन।' सम्पूर्ण सम्पदा क्षेत्रको पुनःनिर्माणका लागि सरकारले २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ।

उनका अनुसार युनेस्कोमार्फत आएका संस्थाले काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका केही मठमन्दिर पुनःनिर्माण गर्नेछन्। यसबाहेक अरु अहिलेसम्म छनोट भइनसकेको उनले जानकारी दिए।

सो अन्तर्राष्ट्रिय संस्थाले चागुनारायण पुनःनिर्माण गर्ने सम्झौता भइसकेको छ भने चीनले हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार पुनःनिर्माण गर्ने सम्झौता भइसकेको उनले जानकारी दिए। यसबाहेक चीनले नुवाकोट दरबारमा पनि इच्छा देखाएको तर दिने/नदिने निधो भइनसकेको उनले जानकारी दिए।

यसबाहेक विभागले बेलायतको दुर्हाम विश्वविद्यालयसँग मिलेर काठमाडौंका मुख्य तीन स्मारक (हनुमानढोका, भक्तपुर र पाटन दरबार) क्षेत्रको भूमिगत अध्ययन पनि सकाइसकेको छ। नतिजाका आधारमा पुनःनिर्माण गर्न सहज हुने भन्दै विभागले युनेस्काको आर्थिक सहायतामा सम्पन्न गरेको कुँवरले जानकारी दिए।

'हामीले सम्झौता गरेपछि कुनलाई कुन क्षेत्र जिम्मेवारी दिन सकिन्छ, त्यसको अध्ययन गरेर जिम्मेवारी दिन्छौं,' उनले भने, 'यसका लागि अहिले धमाधम लागत इस्टमेटको काम भइरहेको छ।'

भूकम्प गएको ७ महिना बितिसक्दा सरकारले गर्ने पुनःनिर्माणको काम भने बजेट निकासा नहुँदा अलपत्र छ। सरकारले पुनःनिर्माण प्राधिकरणबाट काम थाल्ने भने पनि अहिलेसम्म गठन हुन सकेको छैन। 'सरकारले प्राधिकरणबाट पुनःनिर्माणको काम थाल्ने भन्छ,' उनले भने, 'तर अहिलेसम्म गठन हुँदैन।' अहिले विभाग सम्पूर्ण क्षतिग्रस्त सम्पदाको विस्तृत नक्सा बनाउने र लागत इस्टमेट तयार पार्ने काममा व्यस्त रहेको उनले बताए। अहिलेसम्म ६० मठमन्दिरको नक्सांकन र ड्रइङको काम भइसकेको पनि उनले जानकारी दिए। त्यसमध्ये करिब ४५ वटाको लागत अनुमान पनि भइसकेको उनले बताए।

विभागले सम्पूर्ण सम्पदा पुनःनिर्माण काम सुरु भएको ५ देखि ७ वर्षमा सकिने बताउँदै आएको छ। तर अहिलेसम्म स्थलगत काम हुन नसक्दा सम्पदा बन्ने समय विभागले पनि अनुमान गर्न सकेको छैन। 'हामीले काम सुरु गरेको ५ देखि ७ वर्षमा सम्पूर्ण पुनःनिर्माण सक्ने योजना बनाएका छौं,' उनले भने, 'तर अहिले काम नै सुरु हुने समय यकिन गर्न गाह्रो छ।'

विभागका महानर्देशक भेषनारायण दाहालका अनुसार बजेट निकासामा ढिलाइ भए पनि विभागले लागत इस्टमेट र सम्पदाको ड्रइङ/डिजाइन तयार पारिरहेको छ। 'हामीले आफ्नो तर्फबाट तयारी गरिरहेकै छौं,' उनले भने, 'दाताहरुले गर्ने क्षेत्रमा उनीहरु अध्ययन गर्न थालिसकेका छन्।'

सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार भारतले ललितपुर जिल्लाका ७ सम्पदाको पुनःनिर्माण गर्न लागेको छ। 'भारतले पनि सम्पदाको पुनःनिर्माणका लागि चासो दिएको छ,' उनले भने, 'तर सम्झौता हुनै बाँकी छ।' यसबाहेक श्रीलंकाले पनि केही सम्पदा पुनःनिर्माणमा चासो दिएको तर सम्झौता भइनसकेको विभागले जनाएको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको कार्यक्रम तयार पार्न राष्ट्रिय योजना आयोगले पछिल्लो पटक मन्त्रालयलाई निर्देशन दिएको छ। त्यही बजेटमा रहेर चालु वर्षमा पुनःनिर्माण सुरु गर्न सकिने क्षतिग्रस्त सम्पदाको जानकारी आयोगले मागेको मन्त्रालयले जनाएको छ।

'धेरैमा एकै हप्तामा हामीले रकम निकासाका लागि कार्यक्रम पठाउँछौं,' उनले भने, 'त्यसपछि रकम निकासा हुन्छ।'

राष्ट्रिय योजना आयोगले सयौं वर्ष पुराना मठमन्दिर, दरबार, पाटीपौवा लगायतमा भूकम्पबाट १९ अर्ब २२ करोड ३० रुपैयाँ क्षति भएको र पुनःनिर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने जनाएको छ। आयोगले भूकम्पले देशभरको भौतिक क्षतिको पुनःनिर्माणका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ चाहिने बताएकामा त्यसको ३.१ प्रतिशत रकम मात्र सांस्कृतिक सम्पदाको पुनःनिर्माण तथा जिर्णोद्धारमा लाग्ने अनुमान गरेको छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...