Monday 9 Shrawn, 2074 |
Menu

अर्थ

istl

भूकम्पपीडितलार्इ अाएकाे राहत चामल जलाएर नष्ट

(0 votes)

सिन्धुली– भूकम्प पीडितलाई आएको चामलसहितका खाद्यन्न जिल्ला विकास समिति सिन्धुलीले जलाएर नष्ट गरेको छ।

chamal_photo_sindhuli_11.jpg

लामो समयदेखि सभागृह भवनमा गोदाम गरी राखेको खाद्यन्न कुहिएपछि जिल्ला विकास समिति सिन्धुलीकै कर्मचारीसहितको टोलिले जलाएर नष्ट गरेको हो। गत वैशाख १२ र त्यसपछि लगातार आएको विनाशकारी भूकम्पबाट प्रभावित बनेका पीडितलाई विभिन्न दातृ संस्था तथा नेपाल सरकारले दिएको राहत सामाग्री समयमा वितरण नगरी गोदाम गरेर राख्दा कुहिएर किरा परेपछि सयौं बोरा चामल डढाइएको हो।

सभागृहमा झन्डै दुई सय बढी बोरा चामल आपत्कालिन परिस्थितिका लागि भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले गोदाम गरस् राखेको थियो। तर, भूकम्प गएको ९ महिना बित्दा पनि भूकम्पपिडितलाई बितरण नगर्दा कुहिएर गन्हाउन थालेपछि जिल्ला विकास समितिले जलाएर नष्ट गरेको हो।

वर्षायाममा थप विपद् आउन सक्ने र त्यस्तो अवस्थाका लागि भन्दै जोहो गरेर हालसम्म वितरण नगर्दा दैनिक कार्यक्रम हुने सभाहलसमेत सुचारु हुन सकेको थिएन । हल सुचारु गर्नुपर्ने भन्दै स्थानीयको माग भएपछि हलभित्र कुहिएको चामल जिविसले जलाएको जिविस स्रोतले जनाएको छ। तर जिल्ला विकास समितिले भने भुईंमा पोखिएको चामल बढारेर नष्ट गरेको जनाएको छ । 'गाँउमा खासै खान नपाउने पीडित छैनन्, स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईंले भने, 'समयमा लिन पनि आएनन,् सभागृहमा छरिएर कुहिएको चामल नष्ट गरिएको हो।' सभागृह हलमा रहेको सयौं बोरा चामल तथा अन्य खाद्यन्न जलाइएको स्थानीयले बताए पनि जिविसले भने भुईंमा छरिएको बढारेर बाहिर नष्ट गरेको जनाएको छ। चामल डढाउने कसैको मनसाय हुँदैन,' स्थानीय विकास अधिकारी हुँमागाईले नागरिकसँग भने, 'लामो समयदेखि चिसोमा थन्किएको भएकाले पुरै गन्हाउने भएर सुगुरले पनि नखाने भएछ, त्यसैले जलाइएको हो।' चामल सर्वसाधारणले जलाएको देख्छन् भनेर सभागृह पछाडी सर्वसाधारणको नजरलाई ओझेलमा पारेर जलाएको थियो ।

स्थानीय युवा काजीमान थिङ भूकम्पपिडित नागरिक बिहान खाए बेलुका के खाने भन्ने समस्यामा रहेको बेला गोदाममै राहत कुहिँदा जलाउन ध्यान दिने निकायले वितरण गर्न ध्यान नदिएको भन्दै आक्रोश पोख्छन्। भूकम्प गएको लामो समय बित्दा पनि जिल्ला सदरमुकामका विभिन्न स्थानसहित गाविसमा पुगेको राहत समेत वितरण हुन नसकेर कुहिएको अवस्थामा छ। गाविसमा पुगेको खाद्यन्न राहत समेत जलाउने तयारी भएको स्रोतको दाबी छ। राहतमा आएको दाल चामल तथा अन्य सामाग्रीमा किरैकिरा परेर सभागृह छेउ पुग्दै गन्ध आउन थालेपछि जिल्ला विकास समितिका कर्मचारीसहितको टोलिले सभाहल सफा गरेको भन्दै बोराका बोरा चामल बाहिर निकालेर जलाएको थियो। जिल्लामा २५ गाविस र एक नगरपालिका भूकम्पले क्षतिग्रस्त बनाएपछि त्यस स्थानका ४१ हजार बढी घर परिवारलाई तत्काल वितरण गर्न आएको खाद्यन्न राहत जिल्ला विपद् व्यवस्थापन समितिले वितरण गर्नुको साटो आपतकालिन समयलाई भन्दै जोहो गरेको जनाएर गोदाममा थन्क्याएर राखेको थियो । पीडितलाई आएको राहत जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति तथा गाविसका कर्मचारीको लापरबाहीमा कुहिएर गएको हो।

'हामीले समयमै बाड्न निर्देशन गरेका हौं,' निमित्त प्रजिअ बासुप्रसाद काफ्लेले नागरिकसँग भने, 'केहि फुड आइटम विपद्को समयमा बाड्ने भनेर गोदाम गरेका थियौं, त्यो पनि बाँड्न निर्देशन गरेका छांै।' जिल्लाका भूकम्प पीडितलाई अझै पर्याप्त खाद्यन्न नपुगेको भएपनि स्थानीय विकास अधिकारी हुमागाईले भने त्यस्तो गरिबी नभएको भन्दै गरिखाने स्थान भएको जनाए। जिल्लाको महाभारत क्षेत्रका विकट गाविसमा चामलको ठुलै महत्व हुने गरेको छ। यस क्षेत्रमा धान फल्ने खेत नभएर सामान्य खाद्यन्न मकै र कोदो मात्र फल्छ। तर सदरमुकामका हलमा चामल कुहिएर जाँदासमेत वितरण नगरेको भन्दै स्थानीय आक्रोशित समेत बनेका छन् । यस क्षेत्र पनि भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भए पनि चामल जिल्ला सदरमुकामै कुहाएर जलाउनसमेत सम्बन्धित निकाय पछि नपरेकोे पीडितहरुको गुनासो छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...