8 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

मुन्ना बिबी एमबीबीएस र राजेश हमालको उठबस

(32 votes)
मुन्ना बिबी एमबीबीएस र राजेश हमालको उठबस

नामः आफूलाई डा. सुहाना, अदिति, सृष्टि केसी बताउने भगवती केसी
उमेरः अन्दाजी २३ वर्ष
ठेगानाः गुल्मी, हस्तिचौर– ९ (हालः काठमाडौँ, पोखरालगायत स्थानमा बस्दै आएको)
सम्पर्क नम्बरः ९८६०७०७५६५, ९८०३१९६३६२, ९८१३६८४८१४, ९८१३६८४८२०, ९८०३६४२६०६, ९८६७२८४३५५, ९८२५१६२४१८, ९८१४११५२९६, ९८१३०५८८७१।

अपराध आरोप- चिकित्सक हुँ भन्दै विभिन्न अस्पतालका चिकित्सकलाई नै ठगेको। बिहेको बहानामा कैयौँ धनाढ्य युवकहरूलाई फसाएको। बेहोस बनाएर धनमालसमेत लुटेको। डीआईजीकी छोरी हुँ भनेर होटल तथा स्टोरका सञ्चालकहरूलाई धम्काएर, ढाँटेर ठगेको। नक्कली चिकित्सक बनेर पोखराका अस्पतालहरूमा बिरामी जाँचेको।


nepali-patro-june
अनेकथरी परिचयमा थरी–थरी ठगी धन्दा चलाउँदै आएकी यी युवती अहिले प्रहरी खोरमा छिन्। आफूलाई कहिले डाक्टर त कहिले डीआईजीकी छोरी भनेर चिनाउने उनी एक युवकलाई भगाएर दिल्ली पुर्याेएको अवस्थामा पक्राउ परेकी हुन्। भारतीय प्रहरीसँगको समन्वयमा दिल्लीबाट काठमाडौँ झिकाइएकी उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

यस्तो छ ठगी शृंखला
अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार गत वैशाखसम्म पोखरालाई आधार बनाएर ठगी धन्दा चलाउँदै आएकी उनले त्यहाँका चिकित्सक, कलाकार, ठूला व्यापारी र सम्पन्न परिवारका युवकहरूलाई 'मुर्गा' बनाउँदै आएकी थिइन्। फेसबुक र भाइबरबाट केटा पट्याउँदै आएकी उनी पोखराका स्थानीय मिडियामा उनको ठगी धन्दाबारे खबर सार्वजनिक भएपछि राजधानी पसेकी थिइन्। प्रहरीका अनुसार पोखराको गण्डकी, मणिपाल र फेवा अस्पतालका केही चिकित्सक उनीबाट ठगिए।

भगवती राजधानी पसेलगत्तै उनको ठगी जालमा परिहाले, यहाँका चिकित्सक, व्यापारी र धनाढ्य युवकहरू। बिहे, प्रेम र रोमान्सको नाटक रचेर उनले कैयौँलाई ठगिन्। केही युवकलाई त बेहोस हुने औषधी खुवाएरसमेत धनमाल लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

यसरी सुरु भयो प्रहरी पिछा
उनी राजधानीको ठमेलस्थित पान्डा होटलमा लामो समयदेखि बस्दै आएकी थिइन्। होटल सञ्चालकले पैसा मागेपछि उनले आफ्नो बुबा भन्दै एउटा पाको व्यक्तिसँग होटल सञ्चालकको भाइबर कुराकानी गराउँथिन्। जो व्यक्तिले आफू सशस्त्र प्रहरीको डीआईजी सनत केसी भएको बताउँदै आफ्नी छोरीको पैसा 'म पठाइदिन्छु, छोरीलाई दुःख नदिनू' भन्थे। काठमाडौँमा पनि आफ्नो ठगी धन्दाबारे अरूले सुइँको पाएको पत्तो लागेपछि उनले काठमाडौँबाट फरार हुने योजना बनाइन्। यसैक्रममा १२ कक्षा पढ्ने होटल सञ्चालकको छोरालाई प्रेमका नाममा आफ्नो जालमा फसाइहालिन् उनले। एक्कासि ती युवती फरार भइन् होटलबाट। होटल सञ्चालकका छोरासमेत बेपत्ता भए। होटल साहूजीले छोरा खोजी पाउँ भन्दै प्रहरीमा उजुरी दिए। उजुरीकै आधारमा महिलाको पृष्ठभूमि नियाल्दै जाँदा धेरैलाई ठगेको पाइएपछि प्रहरी उनको ठगी धन्दा खोतल्न लाग्यो। युवकलाई दिल्ली पुर्याएको अवस्थामा ती युवती त्यहीँ पक्राउ परिन्।

ठग्ने युवती पक्राउ परेको खबर सार्वजनिक भएपछि त्रिवि शिक्षण अस्पतालका डाक्टरसमेत गरी आठजनाले उजुरी दर्ता गरिसकेको एसएसपी खनालले बताए। ५० भन्दा बढी व्यक्ति उनीबाट ठगिएको प्रहरी आँकलन छ। उनी नौवटा सिमकार्ड प्रयोग गर्थिन्। केही युवकको मोटरसाइकलसमेत चोर्न पछि पर्थिनन् उनी।

अनुसन्धानका क्रममा 'डाक्टर हुँ' भन्दै वैवाहिक सम्वन्ध राख्न खोज्दा एक चिकित्सकसँग भएको विवादका कारण भगवती गत वर्षको असोज २६ गते सातदोबाटो प्रहरी हिरासतमा एक रात बसेको समेत खुलेको छ।

राजेश हमालसँग उठबस
ठगीको महाजाल बिछ्याउँदै राजधानी पसेकी भगवतीको अभिनेता राजेश हमालसँग समेत बाक्लै उठबस देखिएको अनुसन्धानमा खटेका प्रहरीले जनाएका छन्। उनले फेसबुकमा राजेश हमालसँग खिचेका ताल–तालका फोटा पोस्ट गरेकी छिन्। हमाललाई पनि उनले ठगेको हुनसक्ने आकलनसाथ प्रहरीले यसबारे पनि अनुसन्धान अघि बढाएको छ। 'अनुसन्धान गर्दै जाँदा उनी त ठूलै नटवरलाल पो देखिइन् त,' एसएसपी खनालले भने, 'उनको ठग्ने धन्दा थाहा पाउनेहरू उनलाई 'मुन्ना बिबी एमबीबीएस' भन्दा रहेछन्। उनलाई ठगीलगायत मुद्दामा हदैसम्मको कारबाहीका लागि अनुसन्धान भइरहेको छ। उजुरी पर्ने क्रम जारी छ। ठगिनेहरू कति छन् भन्ने नै यकिन गर्न सकिएको छैन। केही उच्च पदस्थ व्यक्तिहरूसमेत उनीबाट ठगिएको हुन सक्ने देखिएको छ।' अनुहार, जीउडाल र लवाइखवाइ देखेर धेरैले उनका गफमा सीधै विश्वास गर्ने गरेको प्रहरीको बुझाइ छ।

एक सहकारी संस्थामा काम गर्ने क्रममा भगवतीको एक युवकसँग प्रेम सम्बन्ध झाँगिएको थियो। प्रेमीले धोका दिएपछि त्यो केटोलाई देखाउनैका लागि उनमा बदला भाव आएको र विरक्तिएर ठगी गर्दै हिँडेको अनुसन्धानमा खुलेको छ। उनले हातमा 'आई लभ यू शक्ति' लेखेर ट्याटू खोपेकी छिन्। गत वैशाखमा भूकम्प गएका बेला उनी काठमाडौँको गोंगबु क्षेत्रका एक दर्जनभन्दा बढी होटलमा बसेर पैसासमेत नतिरी भागेको त्यस क्षेत्रका होटल सञ्चालकहरूले बताएको एसएसपी खनालले जानकारी दिए। उनको ठग्ने प्रपञ्च नै फरक थियो। एउटा पनि प्रमाण फेला नपर्नेगरी काम गर्ने उनको बानी रहेको प्रहरीले जनाएको छ। उनका चारवटा 'फेक फेसबुक आईडी' थिए। उनले नक्कली डाक्टर बनेर पोखराको फेवा अस्पतालमा काम गरेको पनि भेटिएको छ।

दिल्ली पुग्नासाथ पान्डा होटल मालिकका छोरालाई बन्धक बनाएर उनले नेपालमा रहेका उनको परिवारसँग मोटो रकम माग गरेको प्रहरीले जनाएको छ। युवकका बाबुले छोरो हराएको जानकारी प्रहरीसमक्ष गराएपछि खोजी गर्ने क्रममा प्रहरीले उनको फेसबुक एकाउन्ट पहिचान गरेको थियो। त्यही फेसबुक एकाउन्ट ट्र्याक गरेको भरमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको खनालले बताए।

Leave a comment

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...