Friday 14 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

पाइपबाट घरघरमा ग्यासः प्रधानमन्त्रीको मजाक हो ?

(0 votes)
कुपण्डोलमा प्राकृतिक ग्यास पाइपबाट चुल्होमा जोडेर बालिदै। तस्विरः टेकनारायण/नागरिक कुपण्डोलमा प्राकृतिक ग्यास पाइपबाट चुल्होमा जोडेर बालिदै। तस्विरः टेकनारायण/नागरिक
काठमाडौं–संविधान निर्माण प्रकृयामा घरेलु असन्तोषको मौका छोपेर छिमेकी प्रभाव बढेपछि पाँच महिनायता दैनिक उपभोग्य सामग्रीको चरम अभाव यथावत छ। जनता पीडा सहेर, आक्रोश दवाएर धैर्यवान छन्। पाँच महिनायताका कठोर दिनहरुमा पनि जनताको रौद्र रस बाहिर पोखिएको छैन। तर देशका प्रधानमन्त्री केपी शर्मा ओली भने बेलाबखत हास्य रसमा प्रस्तुत हुन्छन्। उनले हास्य रसमा प्रस्तुत गरेको पछिल्लो टुक्का हो–'पाइपबाट घरघरमा ग्यास पुर्याइदिन्छु।'

ट्वीटरमा 'पाइप' वा 'ग्यास' लेखेर सर्च गर्दा प्रधानमन्त्रीको त्यो नयाँ टुक्काबारे पोखिएका प्रतिकृया र टिप्पणी पढिनसक्नु छ। नेपालमा जलविद्युत छाडेर अन्यत्र ध्यान मोड्नु क्षणिक अावेग मात्रै भएको कतिपयको टिप्पणी छ।
nepali-patro-june

CYM1QqNUEAArDJ0

ट्वीटरमा भेटिएको व्यंग्य चित्र।

प्रधानमन्त्रीले के भनेका थिए ?

प्रधानमन्त्री ओलीले उपत्यकास्तरीय एमाले कार्यकर्ता भेलामा अब सिलिन्डर ग्यासको युग अन्त्य गर्ने घोषणा गरे। 'अब ग्यास काँधमा बोकेर, गाडी, मोटरसाइकलमा बोकेर हिँड्नु पर्दैन। सिलिन्डर ग्यासको युग समाप्त गरिदिन्छु।' ओली अझ अगाडि बढेर बोले– 'कति बुलेट आए भनेर गन्ने दिन अब गए, मलाई केही समय दिनु, पाइपबाट ग्यास घरघरमा पुर्याइदिन्छु।' प्रधानमन्त्रीले चुट्की मार्दै भने 'पिटिक्क..पिटक्क.. खोल्दा सिलिन्डरबाट आउने ग्यास अब पाइपबाटै आउँछ।'

सायद प्रधानमन्त्रीको हास्य रसले काम गर्यो– कार्यकर्ता मज्जाल हाँसे, हल गुन्जियो। जब समाचारमा प्रधानमन्त्रीको त्यो भाषण बाहिर आयो त्यसले देश, दुनिया नै गुन्जायमान पार्यो।

ग्यासका कुवा चाहार्दै उद्योग मन्त्री

som-prasad-pandey-1

ओली मन्त्री मण्डलका एक मन्त्री जो यतिबेला वैकल्पिक उर्जाको संभावना खोज्दै निकै दोडधुपमा छन्। ति हुन्- उद्योग मन्त्री सोमप्रसाद पाण्डे। बिहीबार उद्योग मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पाण्डेले नेपालमै प्राकृतिक र पेट्रोलियम ग्यासको भण्डार रहेको बताएका थिए। विभिन्न समयमा नेपालमा गरिएका अध्ययन र अनुसन्धानको प्रतिबेदनलाई आधार देखाएर मन्त्री पाण्डेले मुलुकका विभिन्न क्षेत्रमा इन्धन रहेको पुष्टि भइसकेको भन्दै त्यसको उपभोग गरिछाड्ने अठोट सुनाए। 'प्रधानमन्त्रीसँग यसबारे धेरैपटक कुरा गरिसेको छु,' मन्त्री पाण्डेले भने 'उत्खनन् नहुँदा भण्डार भएर बसेको हाम्रो अमूल्य उर्जा त्यसै खेर गएको छ।'

मन्त्रिपरिषद बैठकबाटै आवस्यक निर्णय गराउने प्रधानमन्त्रीको आस्वासन पाएको उल्लेख गर्दै मन्त्री पाण्डे उत्साहि देखिन्थे। यता मन्त्री पाण्डेको सक्रियतापछि देश भित्रै रहेको प्राकृतिक र पेट्रोलिय ग्यासको उपभोग गर्ने योजना साकार हुने ठानेरै होला प्रधानमन्त्रीले हौसिएर 'सिलिण्डर ग्यासको युग अन्त्य गर्ने' अति महत्वाकांक्षी योजना सुनाए।

मन्त्री पाण्डेका अनुसार देशका १० ठाउँमा पेट्रोलिय ग्यास मौज्दात छ। उनले धनगडी ब्लक नम्बर १, कर्णाली २, नेपालगन्ज ३, लुम्बिनी ४, चितवन ५ लगायतका १० ब्लकहरुको सूचि पेस गरे। ब्लक नम्बर १० मोरङमा पेट्रोलियम पदार्थको भण्डारण सबैभन्दा धेरै छ। प्राविधिक टोलीलाई मुलुकभरका सबै पेट्रोलिय खानीको अवस्थाबारे अध्ययन गर्न खटाइने पाण्डेले बताए।
Untitled-2
३ नम्बर ब्लक दैलेख पुगेर मन्त्री पाण्डे फर्किका छन्। दैलेखमा कति परिमाणमा ग्यास छ भन्ने अध्ययन गर्न प्राविधिक टोलीलाई १ महिनाको समय दिएको उनले बताए।

ग्यास दुई किसिमको हुन्छ। एउटा प्राकृतिक र अर्को पेट्रोलियम ग्यास। दैलेख र मुस्ताङ जिल्लाको मुक्तिनाथ क्षेत्रमा पाइने पेट्रोलियम ग्यास सिलिन्डरमा स्टोरेज गर्न सकिन्छ। काठमाडौं मुनिको मिथेन ग्यास हो। मिथेन ग्यास सिलिन्डर वा बुलेटमा भर्न सकिदैन। कुवाबाट पाइपलाइनमार्फत घरघर पठाउन सकिन्छ।

ललितपुरको कुपन्डोलस्थित बीमा समितिको केन्द्रीय कार्यालयका कर्मचारी जमीनमुनिको प्राकृतिक (मिथेन) ग्यास बालेर चिया, खाजा, खाना बनाउँछन्। प्राकृतिक ग्यास प्रणाली जोडिएको चुल्हो छ। करिब ७० जनाका कर्मचारीका लागि दैनिक चिया र खाजा यही ग्यासबाट पाक्छ। (विस्तृत समाचार)

२६ बर्ष अघि नै पाइपबाट चुल्होमा ग्यास

राजधानी काठमाडाैंमा पाइपबाट घरघरमा ग्यास पुगेको आजभन्दा २६ वर्ष पहिले नै हो। प्रधानमन्त्रीले देशभर पाइपबाट चुल्होमा ग्यास पुग्ने भावमा भाषण नगरेर कम्तिमा उपत्यका भित्र केही क्षेत्रमा घरघरमा पाइपबाट ग्यास जोड्न संभव छ भनेको भए यति विघ्न अालोचना हुने थिएन।

जाइका, चीन र ब्रिटेन लगायतका दातृ निकायले गरेको अध्ययनमा पेट्रोलियम पदार्थ छ र त्यो प्रयोग योग्य छ भन्ने प्रतिबेदन आएको थियो। जाइकाको रिर्पोट अनुसार २६ स्क्वायर किलोमिटरमा मिथेन ग्यास छ। ७२ वटा कुवा खनेर ३० करोड घनमिटर ग्यास निकाल्न सकिन्छ। २० हजार परिवारलाई ५० वर्षलाई पुग्ने रिर्पोटमा उल्लेख छ।

रिपोर्ट अनुसार उपत्यका मुनि करिब ३० करोड घनमिटर ग्यास छ। मिथेन ग्यासलाई गोबर ग्यास प्लान्ट जस्तै मुहानदेखि खाना पकाउने चुल्होसम्म पाइपलाइन विस्तार गरी बाल्न सकिन्छ। मन्त्री पाण्डेका अनुसार काठमाडौंको टेकुदेखि त्रिपुरेश्वर, तीनकुने, कोटेश्वर, ललितपुरको इमाडोल, टीकाथलीलगायत क्षेत्रमा ग्यासको अन्वेषण भइसकेको छ। उद्योग मन्त्री सोमप्रसाद पाण्डेको अध्ययनले के भेटायो?

मन्त्री पाण्डेसँग नागरिकन्युजले गरेकाे संवादकाे यो भिडियो हेर्नुस्ः 

उपत्यकामा जिमन खोस्रदा यसरी निस्कन्छ ग्यास, चाैरमै पाक्छ कुक्करमा भात। युटुवमा भेटिएको यो भिडियो हेर्नुस्ः

चुल्होमै प्राकृतिक ग्यासको पाइप जोडेर यसरी पाक्छ खाना, नागरिकन्युजले तयार पारेको यो भिडियो हेर्नुस्ः

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...