Friday 10 Bhadra, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

नेपालको गोलरहित सुरुआत

(0 votes)
नेपालको गोलरहित सुरुआत
काठमाडौं- नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलमा शनिबार साबिक विजेता मलेसियासँग गोलरहित बराबरी खेलेको छ। कम्तीमा सेमिफाइनल पुग्ने लक्ष्यसहित ढाका गएको नेपाललेे शाम उल हुडा रंगशालामाक्लबस्तरीय मलेसियन टोली फेल्डा युनाइटेडविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न भने सकेन।
nepali-patro-june
विराज महर्जनको कप्तानीमा नेपाली यु–२३ टोलीले पहिलो हाफमा केही गोल गर्ने अवसर खेर फाल्यो। तेस्रो मिनेटमै पाएको राम्रो अवसरमा फरवार्ड विमल घर्तीमगर नेपाललाई अग्रता दिन असफल भए। उनको प्रयासलाई फेल्डाका युनाइटेडका गोलकिपरले विफल तुल्याइदिए। पहिलो हाफको अन्तिममा नवयुग श्रेष्ठले अर्को मौका खेर फालेका थिए।

बराबरीसँगै नेपालले १ अंक जोडेको छ। नेपाल सम्मिलित समूह 'ए' मा आयोजक बंगलादेश ३ अंकसाथ शीर्ष स्थानमा छ। शुक्रबार यसै रंगशालामा भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकामाथि ४–२ को जित पाएको थियो। नेपाल दोस्रो स्थानमा रहँदा समान अंकको फेल्डा युनाइटेड तेस्रो स्थानमा छ। श्रीलंकाअंकविहीन छ।

नेपालले मंगलबार श्रीलंकाविरुद्ध खेल्नेछ भने बिहीबार आयोजक बंगलादेशको सामना गर्नेछ। केही साताअघि भारतमा सम्पन्न साफ च्याम्पियनसिपको समूह चरणमा नेपाल श्रीलंकासँग १–० ले पराजित भएको थियो। त्यही हारकै कारण नेपालको सेमिफाइनल यात्रा कठिन बन्यो। तथापि प्रशिक्षक बालगोपाल महर्जनले ढाका जानुअघि साफमा भएको कमजोरी सुधार्दै बंगबन्धुमा श्रीलंकालाई पराजित गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए।

यस प्रतियोगितालाई दक्षिण एसियाली खेलकुद (साग) को तयारीस्वरुप लिएकाले नेपाली टोलीमा प्रशिक्षक महर्जनले अधिकांश यु–२३ का खेलाडी समावेश गरेका छन्।

फेल्डा मलेसियन सुपर लिगमा पाँचौं स्थानको टोली हो।

नेपाली टोलीमा कप्तान विराज महर्जन, रविन श्रेष्ठ, विक्रम लामा र नवयुग श्रेष्ठ मात्र सिनियर टोलीका खेलाडी हुन्। साफका १३ खेलाडी यस प्रतियोगितामा पनि सामेल छन्, जसमा १० नयाँ अनुहार छन्।

मलेसियन फेल्डाको बल पोसेसन राम्रो भए पनि गोलका लागि राम्रो अवसर बनाउन भने सकेन। फेल्डाका केही राम्रा प्रहारनेपालका गोलकिपर विकेश कुथुले विफल पारेका थिए।

चोटका कारण नवयुगले मैदान छाडेपछि अग्रपंक्तिमा एकल जिम्मेवारी पाएका विमलअन्तिम दस मिनेटमा पुनः गोल गर्न चुके। अञ्जन विष्टको पासलाई पेनाल्टी बक्समा रहेका विमलले राम्रो नियन्त्रणमा लिन सकेनन्।

विमलले त्रिवेन्द्रममा भारतविरुद्ध गोल गर्दै नेपालको १२ खेलसम्मको गोलविहीन यात्रामा पूर्णविराम लगाएका थिए। अन्तर्राष्ट्रिय स्तरमा विमलको त्यो दोस्रो गोल थियो।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...