Sunday 19 Mangshir, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

फेसबुकबाटै जुट्यो स्कुललाई २१ लाख

  • सोमबार २७ पुष, २०७२
  • महेश्वर चामलिङ राई
  • Be the first to comment!
(0 votes)
ताम्लिछा (उदयपुर)–समस्या आई परेपछि समाधानका उपाय अनेक हुन सक्छन्। खाली इच्छाशक्ति र काम गर्ने जाँगर हुनुपर्छ, नहुने भन्ने कुरै हुन्न। यहाँको एक विद्यालयका शिक्षक अभिभावकले यही कुरालाई प्रमाणित गरेर देखाएका छन्।

nepali-patro-june
गाउँको शैक्षिक सुधारका लागि उदयपुरको ग्रामिण पहाडी गाविस ताम्लिछास्थित महेन्द्रदीप उच्च माविले यस्तै उदाहरण देखाएको छ। शिक्षक र अभिभावकको प्रयासले भनसुनकै भरमा विद्यालयलाई अहिलेसम्म २१ लाख रुपंयाँ आर्थिक सहयोग जुटाइसकेको छ। अझ जुट्ने क्रम जारी छ। ताम्लिछा १ मा सञ्चालित सो विद्यालयले वर्षअघि सुरु गरेको 'फेसबुक सहयोग अभियान' मार्फत सो सहयोग जुटाएको हो।

प्राथमिक तहसम्म मात्र स्वीकृत उक्त विद्यालय आर्थिक शंकटमा परेपछि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक ढकबहादुर राईलाई निकै समस्या थियो। आर्थिक शंकटबाट मुक्ति पाउने उपायबारे छलफल गर्दैगर्दा पूर्व विद्यार्थी ताम्लिछा ५ स्थायी घर भई हाल अस्टे«लियामा कार्यरत वीरबहादुर राईबाट एउटा धारणा फु¥यो– फेसबुकमार्फत आर्थिक सहयोगको अपिल गर्दै अभियान चलाउने। सो अवधारणालाई विद्यालयले अनुमोदन गरेर प्रचार अभियान थालियो। 'विद्यालयको प्रशासनिक नेतृत्वको जिम्मेबारी अभिभावकले सुम्पेपछि कंगाल विद्यालय कसरी चलाउने भन्नेबारे निकै चिन्ता बढ्यो,' प्रअ राईले विगत सम्झे, 'केही महिना आर्थिक उपायको खोजीमा भौतारिरह्यौं। साथीभाइसँग छलफल गर्दै जाँदा वियनजीबाट फेसबुक अभियान चलाउने सुझाव आएपछि त्यसैलाई फलो ग¥यौं।'

स्कुलले ०७२ कात्तिक १६ गते विद्यालय व्यवस्थापन समिति बैठकबाटै फेसबुक अभयान चलाउने निर्णय गराएर अपिल गर्दा यस्तो सफलता हात परेको प्रअ राईले बताए। अभियान सुरुको वर्षदिनमै २१ लाख ४७ हजार सातसय ९४ रुपैयाँ सहयोग प्राप्त भएको प्रअ राईले बताए।

ताम्लिछा स्थायी घर भई वैदेशिक रोजगारीमा बिभिन्न देशमा कार्यरत युवालाई लक्षित गरी चलाइएको फेसबुक अभियानले लक्षित वर्गलाई तुरुन्तै आकर्षित गरेको स्कुलले जनाएको छ। अहिलेसम्म एकसय ५४ जनाबाट सहयोग प्राप्त भइसकेको छ। अभियानका सुत्रधार विएन स्वयंले सबभन्दा बढी एकलाख १५ हजार एकसय १५ रुपैंया सुरुमा सहयोग गरेका छन्। उनलाई पछ्याउँदै ताम्लिछा ७ घर भई अमेरिकामा रहेका टीकम राईले एकलाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग गरेर दोस्रो ठूलो दाता बनेका छन्। बाँकी सहयोगदाताले एक हजारदेखि माथि सहयोग गरेका छन्। थप ४८ जनाबाट आठलाख बढी सहयोगको प्रतिबद्धता आएको विद्यालय व्यवसथापन समिति अध्यक्ष जयराम राईले बताएका छन्

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...