Monday 10 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सहमति खोज्न तीनदल–मोर्चा कार्यदल बैठक

(0 votes)
काठमाडौं–मधेस आन्दोलन र सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलगायतका विषयमा सहमति खोज्न गठिन तीन दल–मोर्चा कार्यदलको बैठक सिंहदरवारमा बसेको छ। कार्यदलको बैठकमा मधेसी मोर्चाका मागका विषयमा छलफल हुने तीन दलीय कार्यदलका सदस्य महेश आचार्यले जानकारी दिए।
nepali-patro-june
यसअघि आइबार बसेको कार्यदलको तीन दलीय कार्यदलले तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत संविधान संशोधनलगायतका विषयमा सहमति खोज्ने प्रस्ताव राखेको थियो। मोर्चाले राजनीतिक संयन्त्र गठनप्रति आफू सकारात्मक भएपनि त्यसको कार्यक्षेत्र र वैधानिकताका विषयमा स्पष्ट खाका ल्याउन तीन दलीय कार्यदललाई आग्रह गरेको थियो। 'आज तीन बजे बैठक बस्ने कुराको जानकारी भर्खर मात्रै आएको छ, ' मोर्चाकातर्फबाट कार्यदल सदस्य हृदयेश त्रिपाठीले नागरिकन्युजसँग भने,' हामीले यसअघि पेश गरेका विषयमा नै छलफल हुने हो।'

मोर्चाले तीन दलीय कार्यदलसमक्ष ११ बुँदे प्रस्ताव राखेको थियो। 'सरकारी कार्यदलले तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत सीमाकंनलगायत विवादित विषयमा सहमति जुटाउने प्रस्ताव आएको थियो। हामीले त्यसको कार्यक्षेत्र र वैधानिकताका विषयमा स्पष्ट भएर आउन तीन दलीय कार्यदललाई आग्रह गरेका थियौं,' मोर्चाका तर्फबाट कार्यदल सदस्य रामनरेश रायले भने,' हामी वार्ता सकारात्मक हुनेमा आशावादी छौं।' उनले राजनीतिक सहमझादारी छिटो टुंग्याउनु पर्ने पक्षमा आफूहरु रहेको जानकारी दिए।

कार्यदलको बैठकमा तीन दलीय कार्यलयले मोर्चाका मागप्रति सकारात्मक रहँदै तीन महिनाभित्र राजनीतिक संयन्त्रमार्फत सीमाकंनललगायतका विषमया सहमति जुटाउने प्रस्ताव गरेको थियो। यसअघि कार्यदलको बैठक सोमबार बस्ने भनिएपनि कार्यव्यस्तताको कारण देखाउँदै बस्न सकेको थिएन। दुवै पक्षबीच सहमति भए करिब पाँच महिनादेखिको मधेस आन्दोलन र चार महिनादेखि भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी अन्त्य हुने बताइएको छ। यसअघि सरकारले पुस ५ मा मधेसी मोर्चाका माग सम्बोधन गर्न बन्दै तीन बुँदे विशेष प्रस्ताव ल्याएको थियो, जसलाई नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाएको भारतले समेत स्वागत गरेको थियो। तर मधेसी मोर्चाले भने सरकारी प्रस्ताव अपूर्ण रहेको भन्दै आफूहरुलाई स्वीकार्य नहुने बताउँदै आएको छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...