15 Shrawn, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

बिजुली २४ सै घन्टा, महसुल १ रुपैयाँ!

(0 votes)
बिजुली २४ सै घन्टा, महसुल १ रुपैयाँ!
पोखरा- मादी नदीको किनारै किनार सोंधा पुग्दा एउटा दृश्यले अतिथिहरुको ध्यान खिच्यो। चिया खान पसल छिरेका पाहुनाहरुले दिउँसोको उज्यालोमा बिजुलीको बल्ब बलिरहेको देख्दा सोधिहाले, 'बत्ती त निभाउनै बिर्सनुभएछ नि?' उत्तर उनीहरुले अपेक्षा गरेजस्तो आएन। पसले गोमा खत्रीले भनिन्, '२४ सै घन्टा बल्छ, निभाए पनि उही पैसा, बाले पनि उही।'


nepali-patro-june
त्यत्ति जवाफले पाहुनाको चित्त बुझेन। गाउँ साक्षर घोषणा कार्यक्रमका लागि पुगेका ती अतिथिलाई थाहा भयो— गाउँमा २४ सै घन्टा बिजुली आइरहँदोरैछ र जति बाले पनि महसुल घटीबढी लाग्दोरहेनछ। देशका प्रमुख सहरका बासिन्दा बिजुली नआएर हैरान परिरहँदा पनि कास्कीको पार्चे गाविसका गाउँटोल त्यस्तो खबरबाट बेखबरै छन्। सिक्लेस गाउँकी रसमाया गुरुङ भन्छिन्, 'हाम्रो गाउँमा त पोखरामा जस्तो लोडसेडिङ हुँदैन।' उनका छोराछोरी टुकीको उज्यालोमा पढ्नुपर्ने बाध्यता छैन।

गुरुङ जातिको बस्ती सिक्लेसमा २४ सै घन्टा बिजुली हुन थालेको पनि २४ सै वर्ष पुग्न लाग्यो। २०५१ सालमा सिक्लेस लघुजलविद्युत आयोजना बनेदेखि गाउँलेलाई बिजुलीको पिरचिन्ता छैन। झन्डै ६ सय घरमा बिजुलीको उज्यालो पुगेको मात्रै छैन, कुटानीपिसानीका मिलहरु पनि चलेका छन्। फर्निचरका ससाना उद्योगलाई पनि गाउँकै बिजुलीको भर छ।

संरक्षणकर्मी चन्द्र गुरुङको अगुवाइमा सिक्लेसमा बिजुलीको योजना बनेको हो। उनले बेलायती दाताको सहयोग जुटाए भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पनि हातेमालो गर्योह। ऊ बेलै १ करोड रुपैयाँ खर्चेर बिजुली निकालिएको बताउँछन् व्यवस्थापक कुमबहादुर गुरुङ। उनका अनुसार गाउँकै गज खोलाको पानीले टर्बाइन घुमाएर बिजुली निकालिएको छ। बिजुली बल्ने भयो भनेपछि दाताको सहयोग पाउँदा गाउँलेले श्रमदान गरेका थिए।

रातदिन आइरहनु त गज्जब भइहाल्यो नै त्यसमाथि पैसा पनि सस्तो हुनु सिक्लेसे बिजुलीको अर्काे सुखद पक्ष हो। घरमा बिजुलीका जति वाटका बल्ब छन्, तिनकै आधारमा पैसा बुझाउनुपर्छ। एक वाटको १ रुपैयाँ बिजुलीको शुल्क छ। एउटा घरमा जति वाटका जति वटा बल्छ हुन्छन्, त्यसकै आधारमा हिसाब गरेर पैसा उठाउने गरिएको कुमबहादुरले बताए। कतिपयले ५० वाट बालेर महिनाको ५० रुपैयाँ तिरिरहेका छन् भने कतिपयले २ सय वाट बालेर २ सय।

५ वर्षअघिसम्म त अझ त्यो शुल्क पनि ५० पैसा थियो। पछि ७५ पैसा हुँदै अहिले आएर १ रुपैयाँ बनाइएको जानकारी कुमबहादुरले दिए। 'मर्मतसम्भार खर्च पनि बढ्न थाल्यो, भोलिपर्सि के पर्छ पर्छ भनेर मूल्य बढायौं,' उनले भने, 'पैसा बचत भइरह्यो भने भोलिपर्सि फेरि बिजुलीकै लागि प्रयोग हुन्छ वा गाउँको विकासमा।'

टिभी पनि हेर्ने घरका लागि २ सय वाटको हिसाब लगाइन्छ भने फ्रिज र राइस कुकर लगायत उपकरण भए त्यहीअनुसार पैसा लिने गरिएको उनले सुनाए। भन्छन्, 'फ्रिज त सबैकहाँ छैन, यसो होटलतिरचाहिँ छ।' होटलहरुले १ हजार वाटसम्मको बिजुली सुविधा लिएका छन्। तिनीहरुले तिर्ने शुल्क महिनाको १ हजार रुपैयाँमात्रै हो। पार्चे गाविसमा कुटानीपिसानीका ४ वटा मिल, आधा दर्जनजति होटल र काठका २ मिल छन्।

तर, कुटानीपिसानी गर्ने मिलसँग अरुलाई भन्दा सस्तोमा बिजुली दिइएको छ। मिल आएपछि छोरीबुहारीलाई ढिकीजाँतो गर्नुपर्ने दुःख छैन, त्यसैले वाटको १० पैसाका दरले शुल्क लिने गरिएको छ। 'गाउँको सेवा गरेका हुनाले थोरै पैसा लिने गरेको हो,' उनले भने।

गाउँकै खोलाको पानी, गाउँकै आयोजना भएकाले गाउँलेहरुसँग बिजुलीको अर्काे विकल्प भने छैन, कहिले बाढी पैहिरो आएर खोलामा केही गडबढ गर्योन भने वा मेसिनरी उपकरणमा खराबी आयो भने कहिलेकाहिँ अँध्यारो हुन्छ। 'तर, एकदुई दिनमै समस्या समाधान हुँदै आएको छ,' स्थानीय गेहेन्द्र गुरुङ भन्छन्, 'हप्तौं अँध्यारोमा बस्नुपरेको छैन।' मेसिनरी उपकरण बेलाबेला मर्मत गर्नाले अहिलेसम्म ठूलो समस्या नआएको आयोजना व्यवस्थापक कुमबहादुर बताउँछन्।

४ जना कर्मचारी राखेर आयोजना सञ्चालन गरिएको छ। मासिक आम्दानी १ लाख रुपैयाँ जति हुन्छ। मर्मतसम्भार र कर्मचारी खर्च कटाएर अहिलेसम्म आयोजनाले ३८ लाख रुपैयाँ बचत गर्न सफल भइसकेको छ। त्यो पैसा अहिले बैंकमा जम्मा गरिराखिएको र भविष्यमा केही आइपरे बिजुलीकै लागि खर्च गर्ने योजना रहेको कुमबहादुरले सुनाए। बिजुली जोडिएका घरहरुमा मिटर बक्स नभए पनि फ्युज भने छ। थोरै शुल्क तिरेर धेरै बिजुली बाल्न खोजे त्यही फ्युज झर्छ र बिजुली बन्द हुन्छ।

अहिले बिजुली आयोजनाको क्षमता १ सय किलोवाट हो। गाउँले त्यसलाई बढाएर दोब्बर बनाउने योजनामा छन्। २ सय किलोवाट बनाउन सके बढेका घरधुरीलाई पनि चाहिने जति बिजुली दिन सकिने र अरु उद्योगधन्दा आइहाले पनि समस्या नपर्ने हुँदा क्षमता वृद्धिको योजना बनेको हो।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...