Friday 24 Mangshir, 2073 |
Menu

अर्थ

istl

चोरी-तस्करी समूह वीरगन्जबाट छोटीतिर

(0 votes)
काठमाडौं- भारतको अघोषित नाकाबन्दी र करिब आधा वर्ष लामो तराई आन्दोलनका कारण वीरगन्ज नाका ठप्प भएपछि यहाँबाट हुने चोरी तस्करी अन्य नाकातिर सरेको छ। भन्सार कर्मचारी र नाकामा खटिएको सुरक्षा निकायसँगको साँठगाँठमा वीरगन्जमार्फत वर्षौंदेखि चोरीतस्करीमा संलग्न व्यापारिक समूह अहिले सुनौलीलगायत विभिन्न छोटी नाकामा सक्रिय भएका हुन्।

nepali-patro-june
भन्सार नाकाबाट हुने अवैध व्यापारलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको राजस्व अनुसन्धान विभागले केही दिनअघि सुनौली नाकाबाट भन्सार छलेर आएका कन्टेनर नियन्त्रणमा लिएपछि चोरी तस्करीमा सक्रिय समूह वीरगन्जबाट अन्यत्र सरेको देखिएको हो।

'यसअघि वीरगन्जलाई आधार बनाएर चोरी तस्करी गर्दै आएका व्यापारिक समूह अहिले सुनौली नाकामा सक्रिय भएको देखिएको छ,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, 'वीरगन्ज नाका लामो समयदेखि बन्द भएकाले यो समूह अन्यत्र लागेको हो।'

उनका अनुसार वीरगन्जस्थित कालिका ट्रेडर्सले करिब २ करोड रुपैयाँका सामान सुनौली नाकाबाट भन्सार नतिरी नेपाल भित्याउने क्रममा विभागको टोलीले नियन्त्रणमा लिएको थियो।

कालिकाका प्रोप्राइटर राजेन्द्र थापा हुन्। उनले वीरगन्जकै बालाजी ट्रान्सपोर्ट कम्पनीका वीरेन्द्र गुप्तासँग मिलेमतो गरी उक्त सामान चोरी पैठारी गराएका हुन्। विभागले कालिका ट्रेडर्सलाई बिगोसहित तीन करोड ४२ लाख रुपैयाँ जरिवाना तोकेको छ। यसले रेडिमेड गार्मेन्ट, हार्डवेर, मोटर पार्ट्सजस्ता महँगा वस्तु ल्याएको थियो।

नाकाबन्दीपछि चोरी तस्करी बढेका बेला सक्रिय बनेको राजस्व विभागले कालिका जस्तै वीरगन्जकै विवेक इन्टरप्राइजेज र बालाजी इम्पेक्सले पनि सुनौली नाका प्रयोग गरेर दुई कन्टेनर सामान नेपाल भित्याउने क्रममा नियन्त्रणमा लिएको थियो। सस्ता सामान ल्याएका यी व्यापारिक समूहलाई विभागले बिगोसहित ३७ लाख रुपैयाँ जरिवाना तोकेको छ।

'तराई आन्दोलन र नाकाबन्दीपछि वीरगन्जबाट हुने चोरी तस्करी सुनौलीसँगै अन्य छोटी नाकामा पनि सरेको फेला परेको छ,' अर्थका ती अधिकारीले भने, 'विभागले महोत्तरी, सर्लाही, धनुषा लगायत जिल्लामा पर्ने छोटी नाकाबाट भन्सार नतिरी छिरेका धेरै सामान नियन्त्रणमा लिएको छ।'

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले पनि सुनौली नाकामार्फत आएका केही कन्टेनरमा समस्या देखिएको जानकारी दिए।

'वीरगन्जका व्यापारीले आयात गरेका केही ट्रकमा समस्या देखिएको थियो,' उनले सोमबार नागरिकसँग भने, 'यसबारे मैले सबै जानकारी लिइसकेको छैन।' उनले नाकाबन्दी लगायत कुनै पनि बहानामा अवैध व्यापार गर्नेले छुट नपाउने भन्दै यस्तो व्यापारमा संलग्न व्यापारीलाई कडा कारबाही गर्ने बताए। अवैध व्यापारमा सहयोग पुर्याेउने कर्मचारी वा अन्य जोसुकैलाई पनि कारबाही गरिछाड्ने प्रतिबद्धता उनले व्यक्त गरे।

नेपाल–भारतबीच व्यापारमध्ये करिब ६० प्रतिशत हिस्सा वीरगन्ज नाकामार्फत मात्रै हुँदै आएको छ। ठूलो व्यापारिक हिस्सा मात्र नभएर वीरगन्जलाई अवैधानिक व्यापारको राजधानी पनि भन्ने गरिन्छ। यहाँ वषर्ौंदेखि चोरी तस्करीमा ठूलो संख्यामा व्यापारिक घराना सक्रिय छन्।

तराई आन्दोलन र भारतीय नाकाबन्दीको असर भारतसँग जोडिएका अन्य नाकालाई भन्दा बढी वीरगन्जलाई पारेको छ। तराई आन्दोलन सुरु भएयता छिटफुट रुपमा सामान नेपाल भित्रिए पनि असोज ७ बाट सुरु भएको नाकाबन्दीपछि एक कन्टेनर सामान पनि वीरगन्ज नाकाबाट आउन सकेको छैन।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध कार्यकर्ताले वीरगन्जस्थित दसगजा क्षेत्रमा धर्ना दिएकाले यो नाकाबाट वैधसँगै अवैध व्यापार गर्न पनि सम्भव छैन। पछिल्लो एक महिनादेखि भने वीरगन्जबाहेक मुलुकका अन्य सबै प्रमुख नाकाबाट आयातनिर्यात सुरु भएको छ। लामो समय वीरगन्ज नाका अवरुद्ध हुँदा छटपटाएका व्यापारी अहिले खुला भएका अन्य नाकातर्फ लागेका हुन्।

नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले अघोषित नाकाबन्दी लगाएपछि सीमा नाकाबाट अहिले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको खुलमखुला चोरी तस्करी भइरहेको छ। यस्तो व्यापारमा संलग्न हुनेलाई सरकारले नै अप्रत्यक्ष सहयोग गर्दै आएको छ।

व्यापारीका अनुसार सीमामा भइरहेको अवरोध र असहज अवस्थाको मौका छोपेर बिनाभन्सार सामान भित्याउने व्यापारिक समूह अहिले सक्रिय भएका छन्। नाकामा राज्यको उपस्थिति दह्रो नभएको मौकामा भन्सारका कर्मचारीसँग मिलेमतो गरी फाइदा लिने गरिएको छ।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...