Monday 10 Ashwin, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

राजेन्द्र महतो फेरि बिरामी

(0 votes)

राैतहट– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरि विरामी परेका छन्। मोरङको विराटनगरमा प्रदर्शनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका महतो डेढ साता भारतको दिल्लीमा उपचार गराई चार दिनअघि मात्र नेपाल फर्किएका थिए।
rajendra1.jpg

 

nepali-patro-june
स्वेदश फिर्तीभएसँग उनी राजनीतिक भेटघाटमा व्यस्त भएपछि उनलाई पुरानो चोट दुख्न थालेको, ब्लड प्रेसर र सुगरको मात्रा बढेको, रिँगटा लाग्ने जस्ता समस्या देखिएको उनको उपचारमा संलग्न डा. चन्द्रशेखर यादवले बताएका छन्। अध्यक्ष महतो दिल्लीबाट काठमाडौं ओर्लिए लगत्तै राजनीतिक गतिविधिमा सक्रिय भएका थिए। मंगलबार बलिदानी दिवस मनाउन उनी काठमाडौं अाएर उपलब्ध शीर्ष नेताहरुलाई भेटी फर्किएका थिए।

महतो बिरामी परेपछि सिरहाको माडरमा मोर्चाले बुधबार दिउँसो आयोजना गरेको आमसभामा पनि सहभागि भएका छैनन्। चिकित्सकको सल्लाहअनुसार अध्यक्ष महतो हाल लाहानस्थित मारुती होटलको कोठा नं. १५५ मा भर्ना भएर आराम गरिरहेको उनको उपचारमा संलग्न चिकित्सकलाई उदृत् गर्दै सद्भावना पार्टीका सहमहासचिव राजु गुप्ताले बताए। अध्यक्ष महतोको स्वास्थ्य अवस्थाबारे बुझ्न सिरहाका सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा, प्रहरी नायब उपरीक्षक उमा चतुर्वेदी उनी अाराम गरिरहेकाे हाेटलमै पुगेक थिए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...