Wednesday 12 Ashwin, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

'नेपाल पन्धौं भ्रष्ट देश'

(1 Vote)
काठमाडौं- नेपालमा भ्रष्टाचारजन्य गतिविधि बढिरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ। भ्रष्टाचार नियन्त्रण क्षेत्रमा क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई विश्वमा १५ औं भ्रष्ट मुलुक रहेको प्रतिवेदन सार्वजनिक गरेको हो।
nepali-patro-june
ट्रान्सपरेन्सीले बुधबार सार्वजनिक गरेको 'करप्सन पर्सेप्सन्स इन्डेक्सभ २०१५' मा नेपाललाई दक्षिण एसियामा बढी भ्रष्टाचार हुने तेस्रो मुलुक भनिएको छ। अफगानिस्तान एक नम्बर र बंगलादेश दुई नम्बरमा परेका छन्।

'भ्रष्टाचार मौलँदो छ तर २०१५ मा केही आशा देखिएका छन्' शीर्षक रिपोर्टले अघिल्लो वर्षबाट ४ स्थान झर्दै नेपालले २७ अंकसाथ सय र्यां कमा १ सय ३० औं स्थान बनाएको जनाएको छ। यो क्षेत्रको सबभन्दा कम भ्रष्ट मुलुक भुटानले १ सय ६८ देशमा २७ र्यांयकसहित ६५ अंक बनाएको छ।

अघिल्लो वर्ष नेपाल २९ अंकसाथ १ सय २६ औं स्थानमा थियो। प्रतिवेदनका अनुसार नेपाल १५औं भ्रष्ट मुलुक हो र यसो हुनुमा कमजोर शासन र राजनीति जिम्मेवार छ।

दक्षिण एसियामा भुटानपछि भारतको ३८ अंकसाथ दोस्रो र्यांतक छ। त्यस्तै, श्रीलंका ३७ अंकसाथ तेस्रो र ३० र्यां्कका साथ पाकिस्तान चौथो स्थानमा छ। रिपोर्टले माल्दिभ्सलाई भने समावेश गरेको छैन।

'गत वर्ष जुनजुन सूचकांकले भ्रष्टाचार बढाउने काम गरेका थिए, ती अझ मजबुत भएको यो वर्षको प्रतिवेदनमा देखिन्छ,' ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष भरतबहादुर थापाले भने, 'यसबाट नेपाल पछाडि धकेलिएको देखिन्छ।'

अध्ययनमा संलग्न पाँच संस्थाले नेपाललाई फरकफरक अंक दिएका छन्। २०१५ मा बर्टेल्सम्यानले २३, विश्व बंैकले ३५, वर्ल्ड इकोनोमीले ३३, जस्टिस प्रोजेक्टले २४ र ग्लोबलले २२ अंक दिएका छन्।

गत वर्ष फाउन्डेसनले २८, विश्व बंैकले ३५, इकोनोमी फोरमले ३१, जस्टिस प्रोजेक्टले ३१ र ग्लोबलले २२ अंक गरी २९ औसत अंक प्राप्त गरेको थियो।

यस वर्षको तथ्यांकमा ९१ अंक प्राप्त गर्दै डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ। सोमालिया र उत्तर कोरिया ८ अंक प्राप्त गर्दै पुछारमा छन्। उनीहरु १६७ स्थानमा छन्। ग्रिस सेनेगल र बेलायत गत वर्षभन्दा उँभो लाग्दैछन् भने अस्टे्रलिया, ब्राजिल, स्पेन र टर्की भ्रष्टाचार वृद्धि गर्दै आएका छन्।

प्रतिवेदनले नेपालको निजामती सेवालाई राजनीतिबाट बाहिर राख्ने प्रमुख चुनौती रहेको समेत औंल्याएको छ।

सन् २०१३ मा केही सुधार गर्दै नेपालले ११६ औँ स्थान हासिल गरेको थियो भने २०१४ मा १० स्थान तल झर्दै १२६ मा पुगेको थियो।

'उच्च तहमा हुनेहरूले शक्ति दुरुपयोग गर्दा ठूला भ्रष्टाचार हुने गर्छन्, यसले धेरैको खर्चमा केही सीमितलाई मात्र लाभ पुर्या्उँछ,' ट्रान्सपरेन्सीले भनेको छ, 'यसले व्यक्ति र समाजमा गम्भीर र भयावह क्षति पुर्याीउँछ तर यस्तोमा दोषीले मुस्किलले सजाय पाउँछन्।'

प्रतिवेदनका अनुसार नेपालले लगातार कमजोर प्रदर्शन गरिरहेको छ र यो एउटा भ्रष्ट मुलुक बन्न पुग्यो। संघर्ष र द्वन्द्व, कमजोर शासन, कमजोर सार्वजनिक संस्थाजस्तो प्रहरी, न्यायालय र सञ्चारमा स्वतन्त्रता कमीजस्ता पक्षले कम र्यांदक हुने ट्रान्सपरेन्सीले जनाएको छ।

उच्चता हासिल गर्ने राष्ट्रले केही महŒवपूर्ण गुण देखाएको प्रतिवेदनमा उल्लेख छ। प्रेस स्वतन्त्रताको बलियो स्थिति, बजेट सूचनामा पहुँच, ता कि पैसा कहाँबाट आउँछ र कसरी खर्चिइन्छ भन्ने सर्वसाधारणले थाहा पाऊन्। साथै, धनी–गरिबमा न्यायालयले भेदभाव नगरोस्। अनि, सरकारका अन्य पक्षबाट समेत न्यायालय साँच्चिकै स्वतन्त्र होस्।

ट्रान्सपरेन्सीका अनुसार जर्मनीको बर्लिनस्थित संस्थाले अनुगमन गर्ने भ्रष्टाचार परसेप्सन्स सूचकांकले भ्रष्टाचारबारे शून्यदेखि सय अंकसम्म राखेर देशभित्रकै सीमाको मापन गर्छ। धेरै अंक ग्रहण गर्ने देश कम भ्रष्ट तथा कम अंक ल्याउने बढी भ्रष्टमा अंकित हुन्छन्। ५० भन्दा मुनिको अंक ल्याउने उच्च भ्रष्ट तथा सय ल्याउने 'स्वच्छ' मानिन्छन्।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...