Friday 12 Jestha, 2074 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

'गोर्खा रेजिमेन्टमा मधेसी लेऊ'

(1 Vote)
'गोर्खा रेजिमेन्टमा मधेसी लेऊ'
पटना (भारत)- तेइस वर्षअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नयाँदिल्ली पुग्दा पत्रकारले सोधेका थिए, 'मधेसीलाई सेनामा प्रवेश निषेध किन?' जवाफमा भट्टराईले भनेका थिए, 'गोर्खा रेजिमेन्टमा भारत सरकारले किन मधेसीलाई रोकेको छ?'

०४७ सालको संविधानले मधेसीलाई अपेक्षित अधिकार नदिएको भन्दै सद्भावना पार्टीले त्यतिबेला असन्तोष प्रकट गरेको थियो। त्यसबेला सद्भावना पार्टीका प्रवक्ता रहेका राजेन्द्र महतो सम्झन्छन्, 'त्यो बेला हामीले नागरिकता, सेनामा मधेसीको प्रवेश लगायत मुद्दा उठाएका थियौं,' मधेसीको सेनामा प्रवेशको विषय त्यसबेला नेपालमा 'हटकेक' बनेको महतो सम्झन्छन्।

नेपाली सेनामा मधेसी प्रवेशको ढोका खोल्न भारतीय गोर्खा रेजिमेन्टमा मधेसी प्रवेशलाई सटिक उपाय ठान्दै मधेसी नेता महतोले ११ वर्षअघि पनि पहल गरेका थिए।

'त्यतिबेला तत्कालीन भारतीय रक्षामन्त्री प्रणव मुखर्जीलाई पत्रमार्फत आग्रह गरेको थिएँ,' उनले सुनाए, 'त्यसमा सन्धि बाधक रहेको जानकारी गराएका थिए।'

२३ वर्षपछि मधेसी नेताले बिहार र भारतका सत्ताधारी नेतासँग पुनः गोर्खा रोजिमेन्टमा मधेसी युवा प्रवेशको विषय उठाएका छन्।

गोर्खा रेजिमेन्टमा पहाडी समुदाय मात्र भर्ना हुन पाउने भारतीय नीतिमा पुनर्विचार हुनुपर्ने तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले माग गरे।

'गोर्खा रेजिमेन्टमा मधेसीले पनि प्रवेश पाउनुपर्छ,' यादवले पटनामा सत्ताधारी दलसँग भनेका थिए। बिहारको राजधानी पटनाको आइएमए हलमा मिडिया फोर सोसल हार्मोनीद्वारा आयोजित मधेस बहस कार्यक्रममा उनले भने, 'मधेसीलाई नेपाली सेना र भारतको गोर्खा रेजिमेन्टमा पनि प्रवेश निषेध छ, भारत सरकारले गोर्खा रेजिमेन्टमा मधेसीको प्रवेश खुला गरोस्।'

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतीय नेतासँगको 'ब्रिफिङ' मा भने, 'मधेसका सबै कुरा भारतसँग मिल्छ तर प्रादेशिक सीमा चाइनासंग मिलाइदियो।' मधेसमा मधेसीलाई नै अल्पसंख्यक बनाउने योजनाअनुरुप नेपाली सत्ताले मधेसीको राजनीतिक भविष्य समाप्त पार्ने खेल सुरु गरेको यादवले बिहारी नेतालाई सुनाए।

'मधेस र भारतबीच 'यौनिक' सम्बन्ध छ जुन सबै सीमाभन्दा उच्च हो,' यादवले बिहारका नेतासमक्ष भने, 'यो संविधानले यौनिक सम्बन्ध पनि तोड्ने काम गरेको छ।' मधेसीलाई अधिकार दिइए आफ्नो सत्ता र शक्तिमा भएको आधिपत्य गुम्ने सोचेर मधेसमाथि रंगभेद गरिएको उनको तर्क थियो।

पटना मधेस बहसमा उपेन्द्रले भने, 'नेपालमा हामीभन्दा पनि पीडित कर्णालीका जनता छन्। उनीहरु हरेक हिसाबले राज्यको पहँुचबाट वञ्चित छन्।'

शिक्षा, राज्यमा पहुँच लगायत अधिकारबाट कर्णालीका पहाडी, जनजाति समुदायलाई राज्यले वञ्चितीमा राखेको उपेन्द्रले बिहारी नेतालाई सुनाए।

मधेस मुद्दामा भारतको साथका लागि कुनै सीमाले नछेक्ने महतोले तर्क गरे। उनले भारतीय सत्ता र बिहारका सत्ताधारी पार्टीका नेतालाई भने, 'मधेसको शान्तिपूर्ण आन्दोलन असफल भएर अशान्ति फैलिए त्यसको असर खुला सीमाका कारण भारतमा पर्छ। त्यसैले भारतले मधेसको शान्तिपूर्ण आन्दोलनको माग सम्बोधन गर्न नेपाल सरकारलाई दबाब दिनुपर्छ।'

छिमेकीको लोकतान्त्रिक मान्यता र खुला सीमाका कारण पनि भारतले मधेस आन्दोलनमा गम्भीर चासो देखाउनै पर्ने उनको जोड थियो।

अहिलेको सीमांकन सम्बन्धी व्यवस्थाले मधेसी पहिचान खतरामा परेको मधेसी नेताले भारतीय नेतालाई बुझाएका थिए। चुरेभन्दा तलको ताल, नदी र जमिन मधेस प्रदेशमा हुनुपर्छ जो अहिलेको प्रस्तावित सात प्रदेशको सीमांकनले खोसेको यादवले सुनाएका थिए।

लालुले सीमामा सभा गर्ने

मधेसी नेतासँगको भेटमा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भने, 'बिहारका सीमावर्ती सहरको मधेस सभालाई अब म सम्बोधन गर्छु, भारतका जनता मधेस आन्दोलनको पक्षमा आन्दोलित भएपछि भारत सरकारले स्वतः नेपाल सरकारलाई मधेसको माग सम्बोधन गर्न दबाब दिने लालुले मधेसी नेतासँगको भेटमा आश्वासन दिएका थिए।

'लोकतन्त्रमा जनताभन्दा शक्तिशाली कोही छैन, जनता उत्रेपछि व्यवस्था फेरिन्छ,' उनले भने, 'तपार्इंहरुको लडाइँ त जायज माग पूरा गराउन हो।'

रंगभेदविरोधी आन्दोलनको अगुवाइ भारतले गरेको इतिहासलाई सबै भारतीयले साथ दिने लालुको भनाइ थियो।

'भारतीय जनता मधेस आन्दोलनको पक्षमा उठेपछि भारत सरकारले सक्रियता बढाउँछ,' उनले भनेका थिए, 'म पनि मधेस आन्दोलनका पक्षमा भइरहेको भारत मधेस मैत्री सद्भाव यात्रा सभालाई सम्बोधन गर्छु।'

दिल्लीस्थित नेपाली दूतावास घेर्ने तयारी

भारत सरकारका पूर्व केन्द्रीय मन्त्री रहिसकेका राष्ट्रिय जनता दल (आरजेडी) का उपाध्यक्ष रघुवंश सिंहका अनुसार अहिले सीमावर्ती भारतीय सहरमा भइरहेको भारत–नेपाल सद्भाव यात्रा भारतीय जनतालाई मधेस आन्दोलनको यथार्थ दृश्य बुझाउन हो। युपी बिहार उत्तराखण्डलगायत भारतको पाँच राज्यका मुख्यमन्त्रीलाई आफूले पत्राचार गरेर मधेस आन्दोलनका पक्षमा अभियान चलाउन भनेको सिंहले बताए। 'उहाँहरु (ती मुख्यमन्त्री) पनि सकारात्मक छन्,' उनले भने, 'अब भारतका जनता मधेसका पक्षमा आवाज र अभियान तीव्र पार्छन्।'

नेपाल–भारत करिब १८ सय किलोमिटर सीमामध्ये लगभग १६ किलोमिटर बिहार र उत्तरप्रदेशसँग जोडिएको छ। सिंहले भने, 'यस क्षेत्रका जनता सीमाबाट भइरहेको चुहावट रोक्छ, मधेसी सीमामा बस्छ।'

आउँदो फ्रेबुअरी २०, २१ र २२ तारिख मधेस बहसलाई दिल्लीकेन्द्रित गर्ने तय भएको सिंहले जानकारी दिए। 'जन्तरमन्तर' मा सत्ताधारी र विपक्षी दलका नेता, विधायक, बुद्धिजीवी सहभागी सभामा गरेर 'मधेस आन्दोलन र भारतको भूमिका' बारे बृहत छलफल गर्ने नेता सिंहले जानकारी दिए। २२ तारेखमा नयाँदिल्लीस्थित नेपाली दूतावास घेराउ गरेर नेपाल सरकारमाथि दबाब दिने कार्यक्रम रहेको सिंहले जनाए।

प्रतिक्रिया

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा...

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

कुखुराबाट ३३ अर्ब ७२ करोड रूपैयाँ आम्दानी !

चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

रोजगारपीडितलाई क्षतिपूर्ति पाउन सकस

काठमाडौं- मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा अचेल बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिले मलेसियाको सेङ इप फर्निचर उद्योगका लागि पठाएका थापा साढे एक महिनामै घर फर्र्किएपछि निराश हुन पुगेका हुन्।

सेयर परिसूचक उक्लेको उक्ल्यै

सेयर परिसूचक उक्लेको उक्ल्यै

काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र...

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

अलैचीको अस्थीर मूल्यले किसान चिन्तित

पाँचथर-सिदिन–७ का एकुका टेकवहादुर केरुङले गत मंसिरमा अलैचीको मूल्य प्रतिमन (४० केजी) ९० हजार रुपैयाँ पुगेपनि थप बढ्ने आस गरे। अघिल्लो सिजनमा प्रतिमन एक लाख १६ हजार रुपैयाँसम्ममा बिक्रि भएको...

एकै दिन २ अर्बको सेयर किनबेच

एकै दिन २ अर्बको सेयर किनबेच

काठमाडौं- पछिल्लो समय क्रमशः बढ्दै आएको सेयर कारोबार आइतबार दुई अर्ब रुपैयाँ नजिक पुगेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँको सेयर...